सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौतामा थरूहट आन्दोलन पनि समेटियो (पूर्ण पाठसहित)

सरकार र जेनजी प्रतिनिधिहरूबीच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री निवास सिंहदरबारमा बुधबार दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता पत्रमा जेनजी आन्दोलनका शहीद र घाइतेको त्याग तथा बलिदानीलाई सम्मान, न्याय तथा अर्थपूर्ण स्मृतीकरणहितको परिपूरण, भदौ २३ र २४ का घटनाको अनुसन्धान, अभियोजन र पुनरावृत्ति हुन नदिन आवश्यक संस्थागत सुधार, राजनीतिक तथा नीतिगत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबण्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनको सुनिश्चितता, नेपालको संविधानमा गर्नुपर्ने सुधार, पूर्ण समानुपातिक समावेशिता र सहभागितामूलक प्रतिनिधित्व, पारदर्शिता, अभिव्यक्ति स्वतन्त्रता र डिजिटल स्वतन्त्रता, जेनजी परिषद्‍को गठन र सम्झौता लागू हुने मिति र सम्झौताको कार्यान्वयनका विषय समेटिएको छ।

प्रस्तावना

देशमा व्याप्त भ्रष्टाचार, कुशासन, दण्डहीनता, भेदभाव, बहिष्करण तथा आर्थिक-सामाजिक असमानता र अन्याय जस्ता संरचनात्मक कारणहरूबाट सिर्जित द्वन्द्वको समयमै सम्बोधन नहुँदा उत्पन्न आम वितृष्णा र निराशाले जेन-जीको नेतृत्वमा वि.सं. 2082 साल भाद्र 23 र 24 गते भएको राजनीतिक-सामाजिक जनआन्दोलन निम्त्याएको वास्तविकतालाई स्वीकार गर्दै,

जनआन्दोलनका क्रममा जीवन बलिदान गर्ने शहीद, घाइते एवं तिनका समस्त परिवारजनप्रति सम्मान प्रकट गर्दै,

जनआन्दोलनकाक्रममा भएका अपूरणीय मानवीय, सामाजिक, मानसिक, भौतिक, आर्थिक तथा अन्य सबै प्रकारका क्षतिप्रति दु:खव्यक्त गर्दै,

जनआन्दोलनको सन्दर्भमा भएका सम्पूर्ण गम्भीर मानव अधिकार उल्लङ्घन तथा हिंसाजन्य ज्यादतीका घटनाहरूको स्वतन्त्र छानबिन गरी सत्य, न्याय, परिपूरण र संस्थागत सुधारका उपाय अवलम्बन गरी दण्डहीनताको अवस्था अन्त्य गर्नुपर्ने अपरिहार्यता बोध गर्दै,

जेन-जीकोनेतृत्वमा भएको जनआन्दोलन पश्चात सिर्जित असाधारण परिस्थितिमा जनआन्दोलनका मागहरूसम्बोधन गर्न एउटा गैरदलीय, पारदर्शी, जवाफदेही, समावेशी र सक्षम अन्तरिम नागरिक सरकारकोऐतिहासिक आवश्यकताको उपजको रूपमा वर्तमान सरकार बनेको तथा जनविश्वास गुमाइसकेको सङ्घीयसंसदको प्रतिनिधि सभाको विघटन गरी निर्वाचनको मिति तय गरिएको ऐतिहासिक तथ्यलाईस्वीकार गर्दै,

नेपालमा विभिन्नकालखण्डमा नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, नारीवादी आन्दोलन, आदिवासी आन्दोलन, दलित आन्दोलन, मुस्लिम आन्दोलन, मधेश आन्दोलन, थरुहट आन्दोलन लगायतका हरेकआन्दोलनहरूबाट हासिल गरिएको प्रत्येक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हक, अभिव्यक्ति तथा साङ्गठनिक स्वतन्त्रता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानतामा आधारितसमानुपातिक समावेशी राज्य प्रणाली, सामाजिक र आर्थिक न्याय सुनिश्चित गर्दै नेपालीजनताले संविधान सभा मार्फत जारी गरेको नेपालको संविधानको सान्दर्भिकता र वैधतालाईआत्मसात गर्दै,

नेपाली जनतालेप्रयोग गर्ने डिजिटल माध्यमलाई नागरिक अभिव्यक्तिको वैध माध्यमको रूपमा ग्रहण गरी यसजनआन्दोलनका क्रममा आन्दोलनकारीहरूले प्रयोग गरेका नयाँ डिजिटल माध्यम, सांस्कृतिक प्रतीकर सिर्जनात्मक अभिव्यक्तिलाई वैध नागरिक राजनीतिक संलग्नताको रूपमा स्वीकार गर्दै,

सामाजिक, राजनीतिक, धार्मिक, साँस्कृतिक, संरचनागत विभेदतथा आर्थिक शोषणको कारणले सिर्जना भएको वर्गीय, जातीय, लैङ्गिक तथा यौनिक असमानता, गरिबी, सिमान्तीकरण एवम्‌ बहिष्करण अन्त्य गर्ने दृढ सङ्कल्प लिँदै,

राज्यका स्रोतसाधनसम्म हरेक नेपालीको न्यायिक पहुँच र ती स्रोत साधनको समतामूलक वितरण, बाँडफाँट र दिगोप्रयोग गर्नुपर्ने आवश्यकतामा जोड दिँदै,

सुशासन, समावेशिता र जनसहभागिताकामान्यतामा आधारित सङ्घीयता, स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको सुदृढीकरणबाटशिक्षा, स्वास्थ्य, रोजगार, आवास, भूमि, भाषा, संस्कृति, लैङ्गिक तथा सामूहिक अधिकारहरूको कार्यान्वयन तथा उद्यमशीलता, नवप्रवर्तन रअन्वेषण राज्यका भावी नीति र कार्यक्रमका मुख्य प्राथमिकता बन्नुपर्ने आवश्यकतामाजोड दिँदै,

जनआन्दोलनपश्चातको नवनिर्माणका हरेक क्रियाकलापहरूलाई सुशासनका मूल्यमान्यताबाट अनुप्राणितगरी भ्रष्टाचारमुक्त, पारदर्शी, जवाफदेही, चुस्त, मितव्ययी, समावेशी, प्रभावकारी र स्वार्थको द्वन्द्वरहित बनाउनेप्रण गर्दै,

नेपाली जनताकोसुशासनको तीव्र आकांक्षाबाट प्रेरित भै जेन-जीको नेतृत्वमा भएको जनआन्दोलनबाट प्राप्त जनादेश एवं संविधानलेअङ्गीकार गरेका मूल्य मान्यतालाई आत्मसात गर्दै नेपाल सरकार र जेन-जी जनआन्दोलनका प्रतिनिधिबिचयो सम्झौता सम्पन्न गरिएको छ। सम्झौताका उल्लिखित प्रावधानहरूको इमानदारिताकासाथ प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्ष दृढ प्रतिज्ञा व्यक्त गर्दछन्।

१. शहीद र घाइतेको त्याग तथा बलिदानलाई सम्मान, न्याय तथाअर्थपूर्ण स्मृतीकरणसहितको परिपूरण

१.१ वि.सं. २०८२ साल भाद्र २३ र २४ गते जेन-जीको नेतृत्वमा भएकोजनआन्दोलनको क्रममा तत्कालीन सरकारबाट भएको दमन र व्यापक हिंसाका घटनामा सहादतप्राप्त गर्नु भएका व्यक्तिलाई शहीद घोषणा गर्ने लगायत शहीद परिवारको माग रभावनाको यथाशीघ्र सम्बोधन गर्ने व्यवस्था गरिनेछ।

१.२ शहीद परिवार तथा घाइतेको तत्कालीन र दीर्घकालीन आवश्यकताकोयथोचित सम्बोधन गर्न सम्बन्धित शहीद परिवार र घाइतेसँगको परामर्श तथा समन्वयमातत्काल एक उच्चस्तरीय कार्यदल गठन गरी अन्तरिम राहत, क्षतिपूर्ति, निःशुल्क स्वास्थ्य उपचारतथा मनोसामाजिक परामर्श, निःशुल्क शिक्षा, रोजगारी, सामाजिक सुरक्षा एवं अर्थपूर्ण स्मृतीकरण (मेमोरियलाइजेशन) समेतको परिपूरणीयव्यवस्था सुनिश्चित गरिनेछ।

१.३ जेन-जी आन्दोलनका शहीदपरिवार तथा घाइतेको सामूहिक माग अनुरूप मुलुकमा सदाचार तथा सुशासन प्रवर्द्धन, भ्रष्ट्राचार निवारण तथा दण्डहीनता अन्त्य गर्न छुट्टै स्थायीप्रकृतिको आयोग गठन गरिनेछ।

२. भाद्र २३ र २४ का घटनाको अनुसन्धान, अभियोजन र पुनरावृत्तिहुन नदिन आवश्यक संस्थागत सुधार

२.१ नेपाल सरकारले गठन गरेको भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगलाई देहायबमोजिमको कार्यादेश थप गरिनेछः

(क) यस जनआन्दोलनको क्रममा भएको अत्यधिक बल प्रयोगकोपरिणामस्वरूप गैरन्यायिक हत्या लगायतका मानव अधिकार उल्लङ्घन सम्बन्धी आरोपहरूको बिनाविभेद छानबिन गरी सत्य तथ्य खोज गरी फौजदारी जवाफदेहिता वहन गर्न सिफारिस गर्ने।

(ख) जाँचबुझ, सत्य निरूपण तथा मेलमिलापको मान्यतालाई ध्यानमा राखीउपयुक्त प्रक्रिया अपनाई जनआन्दोलनको प्रकृति तथा भाद्र २३ र २४ को विशिष्ट परिस्थितिजन्यअवस्थालाई दृष्टिगत गरी जनआन्दोलनको क्रममा भएका घटना र अन्य व्यक्ति वा समूहलेआपराधिक मनसायका साथ सुनियोजित तथा सङ्गठित तरिकाले गरेका हिंसात्मक कार्यहरूकोभेदलाई पूर्वाग्रह-रहित रूपमा छुट्याई छानबिन गरी प्रतिवेदन पेश गर्ने।

(ग) कसैलाईआन्दोलनमा सहभागी भएकै कारण अनुसन्धान वा अभियोजनको दायरामा पारिएको छ भनीआन्दोलनकारी स्वयं वा निजको तर्फबाट अन्य कसैले अनलाइन, लिखित वा हटलाइनमार्फत उजुरी दिएमा सो सम्बन्धमा सम्बन्धित निकायबाट विवरण झिकाई सो विवरणकोआधारमा यो सम्झौता भएको मितिले १५ दिनभित्र स्क्रिनिङ तथा छानबिन गर्ने।

(घ) स्क्रिनिङ तथा छानबिनबाट सम्बन्धित व्यक्ति ज्यान मार्नेकसुर वा सुनियोजित/सङ्गठित रूपमा कुनै आपराधिक गिरोहद्वारा भएका हुनसक्ने गम्भीरअपराधमा संलग्न रहेको नदेखिएमा पछि जाँचबुझ आयोगको प्रतिवेदनबमोजिम हुनेगरी सोव्यक्तिलाई तत्काल हिरासत/थुनामुक्त गर्न र निजविरुद्ध दायर भएका मुद्दा फिर्तालिन नेपाल सरकारलाई सिफारिस गर्ने।

2.2 नेपाल सरकारका सम्बन्धित निकायले माथि उल्लिखित सिफारिसबमोजिमको कारबाही यथाशीघ्र अगाडि बढाउनेछन्‌।

2.३ यस जनआन्दोलनसँग सम्बन्धित राजनीतिक विरोधको गतिविधिमासहभागी भएकै कारण कसै उपर फौजदारी मुद्दाको अनुसन्धान वा अभियोजन गरिने छैन।

२.४ यस जनआन्दोलन सहित नेपालका विभिन्न आन्दोलनका क्रममा सुरक्षा निकायबाटभएका अन्यायपूर्ण तथा गैरकानुनी बलप्रयोग सम्बन्धी घटनाको आवश्यक जाँचबुझ गरीभविष्यमा यस्ता घटनाको पुनरावृत्ति हुनबाट रोक्नका लागि नेपालको प्रचलित कानुन, सुरक्षा निकायकाकमीकमजोरी, सुरक्षाकर्मीलाई सामाजिक, मानसिक सुरक्षाको अभाव लगायत अन्य कारणहरूपहिचान गरी सम्बन्धित कानुन तथा सुरक्षा निकायमा आवश्यकसंस्थागत सुधारका उपायहरूको अध्ययन तथा सिफारिस गर्न छुट्टै संयन्त्र गठन गर्ने र सो संयन्त्रले पेशगर्ने प्रतिवेदन सार्वजनिक गरी प्रतिवेदनमा उल्लिखित सिफारिसहरू तत्कालकार्यान्वयन गरिनेछ।

३. राजनीतिक तथा नीतिगत भ्रष्टाचार, सार्वजनिकसंस्थाहरूको दलीयकरण र दलीय भागबण्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य

३.१ राजनीतिक, नीतिगत तथा संस्थागत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबण्डाका आधारमागरिने नियुक्तिको अन्त्य लगायतका देहायका विषयमा निष्पक्ष छानबिन गरी सिफारिस गर्नएक उच्चस्तरीय आयोग गठन गरिनेछः

(क) सम्पूर्ण सार्वजनिक पदमा नियुक्त, निर्वाचित वा मनोनित व्यक्तिको जीवनशैली, आयस्रोत र अकुत सम्पत्ति आर्जनका सम्बन्धमा दोषीलाईकानुनबमोजिमको कारबाही गर्ने प्रक्रिया,

(ख) सार्वजनिक संस्थाहरूको दलीयकरण र भागबण्डाका आधारमा गरिने नियुक्तिको अभ्यास अन्त्य गर्न सम्बन्धित नीति र कानुनमा गर्नुपर्ने सुधार तथा मौजुदा कानुनको प्रभावकारी कार्यान्वयनको विषय,

(ग) विभिन्न सार्वजनिक पद धारण गरेका व्यक्ति तथा राजनीतिकदलले आफ्ना नेताहरूको नाउँमा सार्वजनिक जग्गा, सम्पत्ति र बजेटकोप्रयोग गरी देशभर सञ्चालन गरेका प्रतिष्ठान, कोष, ट्रष्ट, परिषद्‌, केन्द्र जस्ता निकायको कार्य तथा आर्थिकगतिविधि छानबिन गरी सम्बन्धित संस्थाले सार्वजनिक हित र उद्देश्य विपरित वा गैरकानुनीगतिविधि गरेको पाइएमा यस्ता निकायलाई खारेज गरी सम्पत्ति राष्ट्रियकरण गर्ने विषय,

(घ)नेपालको सार्वजनिक निकायमा हुने अनियमितता तथा भ्रष्टाचार निवारण, प्रशासकीय प्रणालीकोपुन:संरचना, सार्वजनिक सेवा प्रवाहको सरलीकरण, सहज पहुँच, गुनासो सुनुवाईको व्यवस्था र विद्युतीय सुशासन प्रवर्द्धनलगायतका विषय।

४. स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण रभयरहित निर्वाचनको सुनिश्चितता

४.१ आगामी प्रतिनिधि सभा तथा हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउन प्राथमिकताका साथ आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधार विकास गरी कार्यान्वयन गरिनेछ।

४.२ योग्य नेपाली नागरिक मतदाताको रूपमा नाम दर्ता गर्ने अभियानलाई सहज र प्रभावकारी बनाइनेछ। बेजिल्ला तथा अन्तरनिर्वाचन क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने मतदातालाई निजहरू रहेकै जिल्लाबाट आसन्‍ननिर्वाचनमा नै मतदान गर्ने व्यवस्था गरिनेछ। संसारकाविभिन्न देशमा औपचारिक तथा अनौपचारिक रूपमा श्रम गर्ने प्रवासी नेपाली नागरिकहरू, पेशा व्यवसायमा रहेका र प्रवासी नेपाली विद्यार्थीहरूकोमताधिकार सुनिश्चित गर्न नीतिगत, कानुनी तथा संस्थागतपूर्वाधार विकासको प्रक्रिया अगाडि बढाइनेछ।

४.३ निर्वाचनमा मनोनयन दर्ता गर्दाकै वखत उम्मेदवारले आफ्नो सम्पत्ति विवरण समेत बुझाउनु पर्ने लगायत राजनीतिक दल र उम्मेदवारको खर्च पारदर्शी बनाउन कानुनमा संशोधन गरिनेछ।

४.४ सबै राजनीतिक दलका सम्पत्ति तथा आर्थिक स्रोतको विवरण अनिवार्य रूपमा मागी सो उपर छानबिन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरी दोषी उपर कारबाही गर्न आवश्यक कानुनी प्रबन्ध गरिनेछ।

४.५ निर्वाचन प्रणाली सुधारका लागि माथि उल्लिखित कुराको अतिरिक्त प्रचलित कानुनमा तत्काल संशोधन गरी निम्न व्यवस्था लागू गरिनेछ:

(क) मतपत्रमा “माथिका कसैलाई मतदान गर्दिन (NOTA)” विकल्प राखिनेछ।

(ख) राजनीतिक दलभित्र अनिवार्य रूपमा प्राथमिक प्रतिस्पर्धा (प्राइमरी इलेक्सन) गरी छनोट भएको व्यक्ति मात्र निर्वाचनको लागिउम्मेदवार हुन पाउने कानुनी व्यवस्था गरिनेछ।

(ग) निर्वाचन आयोगद्वारा तयार गरिने मतपत्रमा दल/उम्मेदवारको क्रमाङ्क गोला प्रथाबाट निर्धारण गरिनेछ।

(घ) राजनीतिक दलमा अध्यक्ष वा सभापति अधिकतम दुई कार्यकालका लागि मात्रै हुन सक्ने प्रबन्ध गरिनेछ।

(ङ) निर्वाचन प्रयोजनका लागि मात्रै हुने अस्वस्थ गठबन्धन नियन्त्रणको लागि कानुनी प्रबन्ध गरिनेछ।

(च) आगामी निर्वाचनमा “पहिलो हुने निर्वाचित हुने” निर्वाचन प्रणालीमा समेतउम्मेदवार चयन गर्दा समानुपातिक समावेशी सिद्धान्तको पालना गर्न कानुनी प्रबन्धगरिनेछ।

५. नेपालको संविधानमा गर्नुपर्ने सुधार

५.१ नेपालको संविधानले सुनिश्चित गरेकोसार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्त, प्रतिस्पर्धात्मकसङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक बहुदलीय व्यवस्था, धर्मनिरपेक्षता, नागरिकस्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षमन्यायपालिका तथा कानुनी राज्यका आधारभूत मूल्य मान्यताहरूलाई अक्षुण्ण राख्दै सुशासनकायम गर्न, संविधानको प्रभावकारी कार्यान्वयन मार्फत सामाजिक-आर्थिक रूपान्तरण तथासमतामूलक समृद्धि, दिगो शान्ति र दिगो विकासका वाचा पूरा गर्न तथा बदलिँदोपरिप्रेक्ष्यमा नेपाली जनताको सामूहिक विवेक र आकाङ्क्षालाई समेट्न गरिनु पर्नेसंवैधानिक, कानुनी तथा संस्थागत सुधारका विषयहरूको पहिचान, अध्ययन र विश्लेषण गरी अग्रगामी परिवर्तनकालागि सुझावसहितको प्रतिवेदन पेश गर्न स्वतन्त्र विज्ञ, जेन-जी र युवासहित सरोकारवालाहरूको सहभागिता रहने गरी एक उच्चस्तरीय “संविधान संशोधनसुझाव आयोग” गठन गरिनेछ।

५.२ उल्लिखित आयोगले स्थानीय, प्रदेश र सङ्घीय तहमा व्यापक बहस, संवाद, अन्तरक्रिया तथानागरिक परामर्श गरी सुझावसहितको प्रतिवेदन तयार गर्नेछ।

५.३ संविधान संशोधन सुझाव आयोगको कार्यादेशमा अन्य कुराको अतिरिक्तनिम्नानुसारका विषयबस्तु समेत तोकिनेछः-

(क) संविधानकार्यान्वयनका दस वर्षको सिंहावलोकन गरी कार्यान्वयनका उपलब्धि र कमीकमजोरी पहिचान गर्ने तथाकार्यान्वयनको प्रभावकारिताका लागि ठोस सुझाव दिने,

(ख) सुशासन कायम गर्न, अख्तियारको दुरूपयोग तथा भ्रष्टाचार निवारण गर्न, स्वार्थको द्वन्द्वको निराकरण गर्न, संविधानको कार्यान्वयनलाई प्रभावकारी बनाउने उपाय खोज्न तथा बदलिँदो परिप्रेक्ष्यमा नेपाली जनताको सामूहिक विवेक र आकाङ्क्षाको समीक्षा गरी समयानुकूल संविधान संशोधनका लागि सुझाव दिने,

(ग) माथि प्रकरण 1.3 बमोजिमकोआयोगलाई संवैधानिक हैसियत प्रदान गर्ने सम्बन्धमा सुझाव दिने,

(घ) सङ्घीय संसद एवम्‌ प्रदेशसभाको संरचनाको सम्बन्धमा स्थानीय, प्रदेश र केन्द्रस्तरमा बहसएवम् अन्तरक्रिया मार्फत सुझाव सङ्कलन गरी देहायका विषयमा सिफारिस सहितको प्रतिवेदन पेश गर्नेः

(१) जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक तथासमावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन प्रणालीमा आवश्यक सुधार,

(२) अधिकतम परिपूरणीय, अधिकारपूर्ण र अर्थपूर्ण प्रतिनिधित्वको सिद्धान्तलाई आत्मसात गर्दै महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पछाडि पारिएकावर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक रूपमा विविध पहिचान गर्ने समुदाय, किसान, श्रमिक, उत्पीडित वा पछाडिपारिएका क्षेत्रका नागरिक तथा आर्थिक रूपमा विपन्न खस आर्य लगायतको प्रतिनिधित्वसुनिश्चित गर्न सुधारात्मक व्यवस्था,

(३) राज्यकोराष्ट्रप्रमुख, तीनै तहको सरकारका कार्यकारी प्रमुख र मन्त्रिपरिषद्का सदस्यको कार्यकाल १०वर्षमा नबढ्‌ने गरी दुई पूर्ण कार्यकालसम्म सीमित गर्ने विषय,

(४) प्रतिनिधि सभा, प्रदेश सभा रस्थानीय तहको जनप्रतिनिधिका लागि उम्मेदवार हुन न्यूनतम उमेर २१ वर्ष राख्ने विषय,

(५) न्यायपालिका, संवैधानिक परिषद्‌, संवैधानिक आयोग र न्यायपरिषद्‌लाईराजनीतिक तथा दलीय हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त राख्न र स्वायत्त तथा स्वतन्त्रढङ्गले कार्यसम्पादन गर्न सक्षम बनाउन र राज्यका संरचनामा युवाहरूको प्रतिनिधित्वर सहभागिता सुनिश्चित गर्न उक्त आयोगहरूको संरचना तथा पदाधिकारी नियुक्तिकोप्रक्रियामा सुधार,

(6) राजनीतिक दलहरूकोआन्तरिक समावेशी लोकतन्त्र र सुशासनका क्षेत्रमा गर्नुपर्ने सुधारका उपाय।

6. पूर्ण समानुपातिक समावेशिता र सहभागितामूलकप्रतिनिधित्व

6.1 यो सम्झौता बमोजिम बन्ने संयन्त्रहरूमा यथाशक्यसमावेशिता सुनिश्चित गरिनेछ। राज्यका संयन्त्रहरूमा अधिकतम परिपूरणीय, अधिकारपूर्ण रअर्थपूर्ण प्रतिनिधित्वका सिद्धान्तका आधारमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पछाडि पारिएका वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत, अपाङ्गता भएकाव्यक्ति, लैङ्गिक तथा यौनिक रूपमा विविध पहिचान गर्ने समुदाय, किसान, श्रमिक, उत्पीडित वा पछाडिपारिएका क्षेत्रका नागरिक तथा आर्थिक रूपमा विपन्न खस आर्य लगायतको प्रतिनिधित्वसुनिश्चित गर्न यस सम्झौताबमोजिम गठन हुने जेन-जी परिषद्‌ले सल्लाहकारको भूमिकानिर्वाह गर्नेछ।

७. पारदर्शिता

७.१ पारदर्शी र जवाफदेही सरकारको अवधारणाअनुरूप सरकारले आफ्ना कामकारबाही, निर्णय तथा खर्चमा पारदर्शिता सुनिश्चित गर्नकालागि विधि, प्रक्रिया, कानुन, प्रविधि तथा संयन्त्रहरूमा आवश्यक सुधार, समायोजन रपरिमार्जन गरिनेछ। सरकारका यस्ता निर्णय तथा कार्यलाई सूचनापाटी, वेबसाइट, सामाजिक सञ्जालर आम प्रयोगमा रहेका सूचना तथा सञ्चारका माध्यम मार्फत समेत सर्वसाधारणको सहजपहुँचमा पुर्‍याउने व्यवस्था मिलाइनेछ।

७.२ नेपालमा विगतमा भएका मानव अधिकार उल्लङ्घनतथा हिंसाका घटना र भ्रष्टाचारसँग सम्बन्धित छानबिन लगायतका विषयमा अध्ययनअनुसन्धान गर्न गठन गरिएका सम्पूर्ण छानबिन, जाँचबुझ आयोगका प्रतिवेदन प्रचलित कानूनकोअधीनमा रही सार्वजनिक गरिनेछ।

७.३ नेपाल सरकारको सार्वजनिक पदहरूमा हुने सबै नियुक्तिका लागिपारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय छनोट प्रक्रिया सुनिश्चित गर्न, अवसरको समानतासुनिश्चित गर्न तथा नातावाद, कृपावाद र भेदभावको अवस्था अन्त्य गर्न जेन-जीलगायत सरोकारवालासँग परामर्श गरी आवश्यक उपायहरू अबलम्बन गरिनेछ।

८. अभिव्यक्ति स्वतन्त्रता रडिजिटल स्वतन्त्रता

८.१ इन्टरनेट र डिजिटलमाध्यममा अभिव्यक्ति, सूचना प्रवाह र संवादमा कुनैकिसिमको स्वेच्छिक, गैरकानुनी नियमन, निषेध वा पूर्वाग्रहीसेन्सरसिप हुन नदिन आवश्यक कानुनी, भौतिक र प्राविधिक पूर्वाधारको व्यवस्था गरिनेछ।

८.२ सर्वसाधारण नागरिकको डिजिटल तथ्याङ्क (डेटा) माथि राज्य वातेश्रो पक्षको तर्फबाट गैरकानुनी निगरानी र दुरूपयोग हुन नदिने गरी कानुनी, भौतिक र प्राविधिक सुधार सहित आवश्यक पूर्वाधारको व्यवस्थागरिनेछ।

9. जेन-जी परिषद्‌कोगठन

9.1 जेन-जीआन्दोलनको मर्म र भावना अनुसार शासन व्यवस्था सञ्चालनमा सरकारलाई योगदान गर्न,खबरदारी गर्न, सुशासन, दिगो विकास तथा समृद्धिका लागि नेपाल सरकारलाई सल्लाह,सुझाव र सहयोग प्रदान गर्नका लागि जेन-जी परिषद् गठन गरिनेछ।

१०. सम्झौता लागू हुने मिति र सम्झौताको कार्यान्वयन

१०.१ दुवै पक्षका प्रतिनिधिद्वारा हस्ताक्षर भएको मितिदेखि यो सम्झौता लागू हुनेछ।

१०.2 यो सम्झौताको कार्यान्वयन नेपाल सरकार र जेन-जीजनआन्दोलनका प्रतिनिधिको आपसी सहमतिमा हुनेछ।

10.3 यो सम्झौताको अधीनमा रहेर दुबै पक्षकोसहमतिमा अन्य सम्झौता गर्न बाधा पुगेको मानिने छैन।

जेन-जी जनआन्दोलनका प्रतिनिधिको तर्फबाट

नेपाल सरकारको तर्फबाट

इति सम्वत्‌ २०८२साल मंसिर 24 गते रोज 4 मा शुभम्‌।

लामो रस्साकस्सीपछि सुनसरी ३ मा विजय गच्छदारसहित ३ जनाको नाम सिफारिस

फागुन २१ को निर्वाचनका लागि नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ बाट आफ्नो एकल नाम सिफारिस गर्ने पूर्वमन्त्री विजय कुमार गच्छदारको प्रयास असफल भएको छ। सुनसरीका अधिकांश क्षेत्रीय समितिले जिल्लामा नाम पठाइसके पनि क्षेत्र नम्बर ३ मा भने गच्छदारले एकल नाम सिफारिस गर्न दबाब दिएपछि बैठक लम्बिएको थियो।

२०२७ सालमा महेन्द्र मोरङ क्याम्पसबाट नेपाल विद्यार्थी संघमा आवद्द भएर राजनीतिक यात्रा सुरु गरेका र १८ पटक मन्त्री भइसकेका गच्छदार २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार भगवती चौधरीसँग पाँच हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए।पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदार ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिए पनि उनले विशेष अदालतबाट सफाइ पाएका थिए।

गच्छदारले एकल नाम सिफारिस गर्न दबाब दिएपछि दुहबीस्थित एक पार्टी प्यालेसमा बसेको क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिको बैठक लम्बिएको थियो । नाम सिफारिस गर्न बिहान ११ बजेपछि बसेको बैठक साँझ ५ बजेसम्म चलेको थियो । सुनसरी ३ नम्बर क्षेत्रीय समिति अध्यक्ष मेहदी हुसेनका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ गच्छदारसहित वेद नारायण गच्छदार र ओमकुमार थापाको नाम सिफारिस भएको छ। यसैगरी समानुपातिकतर्फ महेशप्रसाद बास्तोलाको नाम एक नम्बरमा सिफारिस हुँदा उनीसँगै दिलमाया डाँगी, प्रमिला गच्छदार, गोमा पराजुलीसहित १३ जनाको नाम सिफारिस भएको छ।

यसअघि गच्छदारलाई सुनसरी ३ मा सिफारिस नगर्ने निष्कर्ष निकालिएको छ। गच्छदारले एक सिफारिसको माग गरेपछि स्थानीय नेताहरूले जेनजी आन्दोलनको भावना नयाँ पुस्तालाई ल्याउनुरहेको पटक-पटक एकै व्यक्तिलाई दोहोर्‍याउन नहुने सुझाव दिएका थिए।

अन्ततः ज्यान गुमाएकी अञ्जु थारुकी ७ वर्षीया छोरीले पाइन् जन्म दर्ता

नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबारदेखि काम थालेको छ। समिति सदस्य तथा गृह मन्त्रलयका उपसचिव कुलशेखर अर्यालका अनुसार घटनास्थलमा पुगेर यथार्थ विवरण बुझ्दै मृतक अञ्जु थारुकी ७ वर्षीया छोरी अनिता थारुको जन्म दर्ता र मृतक अञ्जु थारुको मृत्यु दर्ता स्थानीय वडा कार्यालयमा गरिएको छ।

‘हामीले समग्र वस्तुस्थिति बुझ्दा मुख्य समस्या अञ्जुकी छोरीको जन्मदर्ता र उनको मृत्यु दर्ता नभएको भन्ने थाहा भएकोले त्यो समस्या अब निराकरण भएको छ,’ उनले भने, ‘हामीले आज वडा कार्यालयमै पुगेर अन्जुको मृत्यु दर्ता र उनको छोरीको जन्मदर्ता (अन्जुको श्रीमान् अनिलको नामबाट) गरेका छौं।’ अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा र पक्राउ पूर्जी जारी भएको भन्दै उनले मानवअधिकार आयोगले पनि छानबिन गरिरहेको जनाए।

समिति संयोजक सुरेश पन्थीको नेतृत्वमा सबै सदस्यहरु बढैयाताल-४ मा पुगेका थिए। समग्र वस्तुस्थिति बुझेर सर्वपक्षीय छलफल गरेको थियो। बर्दियाको बढैयाताल-४ दक्षिण भकारीकी २१ वर्षीया अञ्जु थारू पतिबाट उपेक्षित भएपछि अदालतले अंशको फैसला गरेको थियो, तर नागरिकता नहुँदा उनले अंश पाउन सकिनन्। गृह मन्त्रालयको मंसिर २१ गते सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव अर्याल र बर्दियाका सहायक सीडीओ अशोककुमार भण्डारी सदस्य रहेको छानबिन समिति गठन गरिएको छ। समितिलाई प्रतिवेदन बुझाउन पाँच दिनको समयावधि दिइएको छ।

डडेलधुराबाट अन्तिमपटक चुनाव लड्न चाहन्छु : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार हुने बताएका छन्। सभापति देउवाले अन्तिमपटक चुनावी प्रतिस्पर्धा गर्ने नेताहरुलाई बताएका हुन्। डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा राखेपछि सर्वसम्मत सिफारिस गरिने बताए।

अघिल्लो साता सभापति देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि देउवाले चुनाव लड्न चाहेको बताएको जानकारी गराए। सभापतिलाई भेटेका ती नेताले भने, ‘साथीहरुले तपाईं नै उठ्नुपर्‍यो भनेका छन्। म उठ्छु भन्नुभएको छ।’

मंगलबार बिहान सभापति देउवालाई भेट्न पुगेका नेविसंघका नेता भुवन भट्टले पनि सभापति देउवाले अन्तिमपटक चुनावमा उठ्ने जानकारी गराएको बताए। कांग्रेस यही महिनाको अन्तिमसम्म केन्द्रमा नाम सिफारिस गर्न परिपत्र गरेको छ। निर्वाचन क्षेत्रीय समितिले प्रदेश समितिलाई मंसिर २५ भित्र नाम पठाउन भनिएको छ। कांग्रेस विधान अनुसार एक महिला सहित तीन जनाको नाम उपल्लो तहमा सिफारिस गर्नुपर्ने व्यवस्था छ। देउवाले २०४८ सालदेखि निरन्तर डडेलधुरामा चुनाव जित्दै आएका छन्।

हङकङको आगलागीले चीनको शहरी योजनामाथि उठाएको प्रश्न

“तीव्र शहरीकरणसँगै चीन बाहिरबाट अत्यन्त प्रभावशाली देखिन्छ। तर यी रूपान्तरण भएका शहरहरूमा सतही चमकभन्दा भित्री वास्तविकता धेरै भिन्न छ,” ह्यारिसन हुले नोभेम्बर १०, २०१३ मा ‘चीनको घेट्टो’ शीर्षकको ब्लगमा लेखेका थिए। उनका अनुसार चीनमा ग्रामीण जीवन व्यापक रूपमा हराउँदै छ र किसानहरूलाई कम्युनिष्ट सरकारबाट शहरी क्षेत्रमा स्थानान्तरित हुन तीव्र दबाब दिइँदैछ। तर किसानहरूले यो कदमलाई सहज स्वीकार गरेका छैनन्, किनकि धेरै नयाँ शहरहरूमा दर्जनौँ संरचनात्मक र सामाजिक समस्या देखिन्छन्। कमजोर निर्माण गुणस्तर, उच्च बेरोजगारी, ग्रामीण क्षेत्रभन्दा अत्यधिक जीवनयापन लागत, र सरकारको परिणामविहीन हतारोले उत्पन्न चुनौतीहरू उनले त्यसबेलै संकेत गरेका थिए। उनका अनुसार, चीनका नीति निर्माताहरू परिणामलाई बेवास्ता गर्दै केवल विश्व मञ्चमा आधुनिकताको छवि प्रदर्शन गर्न व्यस्त देखिन्थे।

गत हप्ता हङकङको एक उच्च-आवासीय टावरमा लागेको भीषण आगलागीले १५० भन्दा बढी व्यक्तिको मृत्यु पुष्टि भएको छ, र बेपत्ताको संख्या १०० सम्म पुग्ने आँकलन गरिएको छ। यस घटनाले चीनले पछिल्ला वर्षहरूमा अवलम्बन गर्दै आएको तीव्र शहरीकरण नीतिको जोखिम फेरि एकपटक उजागर गरिदिएको छ।

हुले २०१३ मा उल्लेख गरेको शहरीकरण वास्तवमा हिमशिलाको टुप्पो मात्र थियो। त्यही वर्ष चीनले २०२५ सम्म २५ करोड ग्रामीण बासिन्दालाई नयाँ शहरहरूमा बसोबास गराउने महत्वाकांक्षी योजना अघि सारेको थियो। ती लाखौँ मानिसका लागि आवास निर्माणका उद्देश्यले मेगासिटीहरूले अनियन्त्रित रूपमा अग्ला अपार्टमेन्ट ब्लकहरू ठड्याए। आज ती भवनहरू संरचनागत रूपमा कमजोर साबित भइरहेका छन्म, र्मत लागत आकासिँदैछ, भवनहरू द्रुत बिग्रँदै छन्, बजार मूल्य खस्येको छ, र बासिन्दाहरू बासयोग्य नबनेका छिमेकमा फसिरहेका छन्।

हङकङमा बाँसको मचानबाट सुरु भएको आगोले एउटै टावर मात्र होइन, आठमध्ये सात टावरमा समेत क्षतिको उच्च जोखिम देखायो, यसले टावरहरू अत्यधिक नजिक निर्माण गरिएको, आगो सुरक्षा, प्रकाश, हावा सम्भावनाहरू बेवास्ता गरिएको, र निर्माण प्रक्रियामा हतारिएको पुष्टि गर्छ। संरचनागत अखण्डता कमजोर हुनु, जसलाई चीनमा “टोफु-जस्तो निर्माण” भनेर व्यंग्य गरिन्छ, कुनै संयोग होइन।

भ्रष्टाचारले अवस्था झन् बिगारेको छ। परियोजना कोषबाट रकम लुटिनु, कमसल निर्माण सामग्री प्रयोग गरिनु, र राजनैतिक पहुँच भएका कम्पनीलाई ठेक्का दिएर योग्यतासम्पन्न कम्पनीलाई पन्छ्याइदिनु सामान्य अभ्यास बनेको छ। हङकङमा समेत ठेकेदारहरूले निरीक्षण छल्न कमजोर जाली र मिश्रित सामग्री प्रयोग गरेको खुलासा भएको छ।

१९८०-९० को दशकमा निर्माण भएका धेरै गगनचुम्बी भवनमा आज व्यापक क्षय देखिँदैछ, बारम्बार लिफ्ट बिग्रिनु, पानी चुहिनु, र विद्युत प्रणाली कमजोर हुनुजस्ता समस्याले बासिन्दाको दैनिकी नै संकटग्रस्त बनाएको छ। मूल्य घट्दै जाँदा घरधनीहरू बिग्रँदै गरेका भवनमै बन्धक झैँ फसिरहेका छन्।

चीनमा आठ तल्लाभन्दा माथिका दश लाखभन्दा बढी आवासीय भवन छन्, विश्वका कुल गगनचुम्बी भवनको लगभग ६० प्रतिशत। १५० मिटरभन्दा अग्ला ३५८५ भवन, २०० मिटरभन्दा अग्ला १,३२८ भवन र ३०० मिटरभन्दा अग्ला १३२ भवन छन्। अमेरिकामा क्रमशः ९२९, २५९ र ३२ मात्र छन्। २०१७ मा चीनका २७ मिटरभन्दा अग्ला ६.१९ लाख भवनमध्ये ४२,००० भवनमा अवैध रूपमा ज्वलनशील इन्सुलेशन सामग्री प्रयोग गरिएको पाइएको थियो। त्यही वर्ष १०० मिटरभन्दा अग्ला ६,४५७ भवन निर्माण भइसकेका थिए, र यो संख्या विश्व औसतको साढे दुई गुणा गतिमा बढिरहेको थियो।

तेजीले शहरीकरण बढ्दै जाँदा गगनचुम्बी भवनमा आगलागीको दर पनि उकालो लागेको छ। २०२३ मा मात्रै २३,००० यस्ता भवनमा आगलागीको घटना दर्ता गरिएको थियो, जुन अघिल्लो वर्षभन्दा ३५ प्रतिशत धेरै हो। अत्यधिक उचाइका कारण आपतकालीन उद्धार कार्य कठिन हुने भएपछि उच्चतलामा बस्ने बासिन्दा झनै जोखिममा पर्छन्।

२०१७ मै चाइना डेलीले भवनका जोखिमबारे चेतावनी दिए पनि व्यवहारमा खासै परिवर्तन भएको छैन। ज्वलनशील इन्सुलेशन सामग्रीका कारण आगो तीव्र फैलन सक्छ भन्ने चेतावनी उसले तत्कालीन अधिकारीलाई उद्‌धृत गर्दै लेखेको थियो, यही कुरा पछिल्लो हङकङ दुर्घटनामा पुष्टि भएको छ।

चीनले ग्रामीण बासिन्दालाई शहरमा लैजान दुई प्रमुख कारण देखिन्छ, पहिलो, तेज गतिमा बढिरहेको निर्यात-केन्द्रित औद्योगिक क्षेत्रका लागि स्थिर श्रम आपूर्ति; दोस्रो, अहिले निर्यात घट्दै जाँदा त्यस्ता उद्योगका उत्पादनका लागि घरेलु माग सिर्जना गर्नु। २०२४ मा राज्य परिषद्ले ‘जनता-केन्द्रित नयाँ शहरीकरण रणनीति’ शीर्षकको पाँच वर्षे योजना पारित गर्दै स्थायी शहरी बासिन्दाको अनुपात ७० प्रतिशत पुर्‍याउने लक्ष्य राख्यो। तर व्यवहारमा यो नीति आवास माग बढाएर घरजग्गा क्षेत्रको गम्भीर मन्दीलाई न्यून गर्ने प्रयासजस्तै देखिन्छ, जसले लाखौँ मानिसलाई शहरमा धकेलिरहेको छ।

२०१० मा ५० प्रतिशत रहेको शहरी जनसंख्या २०२१ सम्म ६४ प्रतिशत र २०२४ सम्म ६७ प्रतिशत पुगेको छ। प्रतिशत अमेरिकाभन्दा कम भए पनि चीनको विशाल जनसंख्याका कारण शहरमा सर्नेको संख्या तुलनात्मक रूपमा अत्यन्त ठूलो छ, र यति ठूलो परिमाणका निर्माण परियोजनामा गुणस्तरमा गरिएको सानो सम्झौताले पनि विनाशकारी जोखिम निम्त्याउन सक्छ।

अमेरिका र पश्चिमा युरोपमा शहरीकरण शताब्दीयौंदेखि क्रमिक र स्वाभाविक रूपमा अघि बढेको छ। तर चीनले विकसित मुलुकलाई पछ्याउने भन्दै अत्यन्त तीव्र गतिमा ग्रामीण बस्तीहरू भत्काएर अग्ला भवन उभ्याइरहेको छ, जसले कृषि भूमि नष्ट गरिरहेको छ र गाउँलेहरूको जीवनशैलीलाई अचानक उल्ट्याइिरहेको छ।

यही पारम्परिक हतारो राजनीतिक वातावरणमा पनि प्रतिबिम्बित हुन्छ। हङकङमा भएको आगलागीपछि सरकारले आलोचनालाई दबाउन गत साता दर्जनौँ व्यक्तिलाई गिरफ्तार गर्यो। त्रासदीका कारणबारे जवाफदेहिताको माग गर्दै निवेदन लेख्नेहरूलाई समेत देशद्रोह उक्साएको आरोपमा पक्राउ गरिएको छ। हालसम्म १४ जनालाई पक्राउ गरिएको छ, र घटनाको छानबिनका लागि न्यायाधीशको नेतृत्वमा एक समिति गठन गरिएको छ।

‘हमार थारू घर एण्ड रेस्टुरेन्ट’मा निरज चौधरीको हत्या

नारायण खड्का/दाङ
बर्दियामा एक युवकको हत्या भएको छ। हत्या भएका युवक दाङको तुलसीपुर उपमहानगरपालिका-५ का २८ वर्षीय निरज चौधरी छन्। आइतबार बिहान ११ बजे बर्दियाको राजापुर नगरपालिका-४ स्थित एउटा रेस्टुरेन्टमा हत्या भएको हो।

बर्दिया प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार निरजको गोली हानेर हत्या गरिएको अनुमान छ। घटनापछि उनलाई बाँकेको नेपालगंजस्थित नरसिंङ होममा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यसपछि बल्ल बाँके प्रहरीले घटनाबारे जिल्ला प्रहरी कार्यालय बर्दियालाई खबर गरेको बर्दियाका प्रहरी निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए।

हत्या गरिएका चौधरीको गालामा दुई तर्फ गोलीले छेडेको जस्तो खत देखिएको छ। गोली प्रहार भए नभएको यकिन पोस्टमर्टम रिपोर्टपछि खुल्ने इन्स्पेक्टर कार्कीले बताए। अस्पताल पुर्‍याइएपछि मात्रै घटनाबारे जानकारी पाएको प्रहरीले तत्कालै अनुसन्धान अगाडि बढाएको थियो।

इन्स्पेक्टर कार्कीका अनुसार हालसम्म घटनामा संलग्न रहेको आशंकामा दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार हत्याका मुख्य अभियुक्त भने फरार छन्। कार्कीका अनुसार ‘हमार थारु घर एण्ड रेष्टुरेन्ट का सञ्चालकले नै निरजको हत्या गरेको खुलेको छ। उनी पनि दाङकै रहेको कार्कीले बताएका छन्।

निरज ‘हमार थारु घर एण्ड रेस्टुरेन्ट’को नजिकै पोल्ट्री फार्म सञ्चालन गर्दै आएका थिए। विगतमा ‘हमार थारू घर एण्ड रेस्टुरेन्टका सञ्चालक चौधरी र निरज सँगै बस्थे।

‘हत्या गरिएका निरजलाई हत्या फरार रहेका आरोपीले विदेश पठाइदिने भनेर पैसा लगेको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ,’ एसपी पौडेलले भने ‘त्यही पैसा माग्दा आपसमा विवाद भएको र होटेल भित्रै गोली हानेर साहु फरार भएको भन्ने हालसम्मको अनुसन्धानबाट खुलेको छ।’ एसपी पौडेलका अनुसार निरजमाथि गोली प्रहार गरिसकेपछि रेस्टुरेन्ट सञ्चालकले नै कसैलाई थाहा नदिई घाइते भएको भनेर उपचारका लागि दुई जनालाई अस्पताल लैजान लगाएका थिए।

उनले नजिकैको जिल्ला अस्पताल नपठाएर टाढा नेपालगन्जमा रहेको नर्सिङ होममा पठाएका थिए। प्रहरीले रेस्टुरेन्टका कर्मचारीसँग पनि सोधपुछ गरेको थियो। एक कर्मचारीले निरज पैसा माग्न आइतबार त्यहीँ गएका थिए। त्यस क्रममा विवाद बढेपछि फरार आरोपीले बन्दुक ताक्दा ‘एक्सिडेन्ट्ली’ गोली चल्न पुगेको भन्ने बयान दिएका छन्।

हत्या गरिएका निरजका बाबु आमा रोजगारीको खोजीमा छिमेकी देश भारतमा बस्दै आएको हुँदा उनीहरू आएपछि मात्रै पोष्टमार्टम गरिने प्रहरीले जानकारी दिएको छ।

सुपारी दिएर गराइएको थियो दिनेश चौधरीको हत्या

सुनसरीको रामधुनीका दिनेशकुमार चौधरीको हत्या स्थानीयकै योजनामा भएको खुलेको छ। दुई महिनाअघि रामधुनी २ मा भएको सिटी सफारी चालक चौधरी उपरका गोली हानी हत्याको घटनामा स्थानीय राजकिशोर साह र नन्दकिशोर साहको संलग्नता खुलेको हो ।

सुनसरी प्रहरीका अनुसार राजकिशोर र नन्दकिशोर दाजुभाइ हुन् । उनै साह दाजुभाइकै योजनामा सुपारी दिएर मान्छे बोलाई चौधरीको गोली हानी हत्या गराइएको हो। सिटी सफारी चालक धामीझांक्री भएको र तन्त्रमन्त्र गरी परिवारका सदस्यलाई बिरामी बनाई दुःख दिएको भन्दै हत्या गराइएको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव कुमार थेवले बताए।

जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार चौधरीको हत्यामा ६ लाखको लेनदेन भएको पाइएको छ । साह दाजुभाइले ६ लाखमा सुपारी दिएर मान्छे बोलाई चौधरी उपर गोली हान्न लगाएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। पत्रकार सम्मेलन मार्फत घटनाबारे जानकारी गराएको सुनसरी प्रहरीले हत्यामा संलग्न ७ जनालाई पक्राउ गरी कारबाही चलाइएको जनाएको छ।

सुनसरी प्रहरीले दिएको जानकारीअनुसार हत्यामा संलग्नताका आधारमा पक्राउ परेकाहरूमा झुम्काका साह दाजुभाइ ४३ वर्षका राजकिशोर र वर्ष ४० का नन्दकिशोर सहित सप्तरी राजविराजका २८ वर्षीय अङ्कित साह र प्रिन्सकुमार दास रहेका छन्। त्यसैगरी पक्राउ पर्नेहरूमा सुनसरी भोक्राहाका ३४ वर्षीय मोहमद इव्रान मिया, देवानगञ्ज्का ३७ वर्षीय गियास मन्सुरी र सोही गाउँपालिकाकै २५ वर्षीय मिथलेस यादव रहेका छन्।

प्रहरी नियन्त्रणमा रहेका ७ जनाको हकमा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य जारी रहेको सुनसरी प्रहरीले जनाएको छ । अशोज २५ गते शनिवार साँझ रामधुनी नगरपालिका वडा नम्बर २ मा रहेको शिननगर–झुम्का जाने नहरको भित्री सडक खण्डमा स्थानीय सिटी सफारी चालक दिनेश कुमार चौधरी उपर गोली प्रहार भएको थियो । गोली प्रहारबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो।

डा. गोपालकुमार चौधरी मेडिकल काउन्सिलको सदस्यमा नियुक्त

नेपाल मेडिकल काउन्सिलको सदस्यमा डा. गोपालकुमार चौधरी नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै डा. चौधरीलाई काउन्सिलको रिक्त रहेको सदस्य पदमा नियुक्त गरेको हो।

उनको कार्यकाल चार वर्षको हुनेछ। फरेन्सिक विज्ञ रहेका डा. चौधरी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का उपप्राध्यपक हुन्। उनको नियुक्तिसँगै मेडिकल काउन्सिलको १९ सदस्यीय पदाधिकारीको टिम पूरा भएको छ। मंसिरको पहिलो साता मन्त्री शर्माले डा. प्रकाश बुढाथोकी र डा. इन्द्रकुमार झालाई सदस्यमा मनोनित गरेकी थिइन्।

भ्रष्टाचार फाइल खुल्ने त्रासले देउवा-ओली गठजोड, एमालेपछि कांग्रेस पनि संसद पुनर्स्थापनाको मागसहित पुग्यो सर्वोच्च

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा चिनियाँ कम्पनीसँग मिलेमत्तो गरेको आरोपसहित कांग्रेस र एमालेका नेताहरूविरुद्ध मुद्दा दायर गरेपछि राष्ट्रिय राजनीति गरमागरम बनेको छ। मुद्दा सार्वजनिक भएपछि कांग्रेस र एमालेबीच संसद पुनर्स्थापना गर्ने साझा प्रयास देखिन थालेको छ।

शुक्रबार शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच भएको भेटपछि कांग्रेस पनि एमालेकै लाइन समात्दै सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको मागसहित रिट दायर गर्ने तयारी गरेको छ। यसअघि नै एमालेले संसद ब्युँताउनुपर्ने माग गर्दै अदालत पुगेको थियो। कांग्रेसको निर्णयले दुवै दल एकैधारमा उभिएको स्पष्ट देखिन्छ, जसले हालै उभिएको जेनजी आन्दोलनलाई कमजोर पार्ने उद्देश्य राखिएको विश्लेषकहरूको भनाइ छ।

अख्तियारले दायर गरेको मुद्दामा कांग्रेस-एमालेका नेताहरूविरुद्ध मुद्दा दायर गरेको छ। यसले पुराना नेताहरूलाई राजनीतिक जोखिममा पारेको बताइन्छ। पोखरा विमानस्थलको प्रकरण मात्र नभई अन्य ठूला परियोजनामा देखिएका अनियमितता र भ्रष्टाचारका मुद्दामा समेत कारबाही हुनसक्ने र आफूहरू पक्राउ पर्नसक्ने डरले देउवा र ओली नजिकिएको विश्लेषकहरूको अनुमान छ। विभिन्न कालखण्डमा बनेका ओली, देउवा र प्रचण्ड नेतृत्वका सरकारहरूका निर्णयहरू नै आज उजागर भइरहेका भ्रष्टाचार फाइलहरूको मूल जड भएको मूल्यांकन विशेषज्ञहरूको छ।

त्यस्तै ओली-देउवाको तीन दिनअघिको भेटघाटमा पनि संसद पुनर्जीवित गर्ने, आगामी चुनावलाई रोक्ने सम्भावना खुला राख्ने र नयाँ पुस्ताद्वारा सञ्चालित जेनजी आन्दोलनलाई कमजोर बनाउने रणनीतिबारे छलफल भएको स्रोतहरू बताउँछन्। विश्लेषकहरूका अनुसार, अख्तियारले थप मुद्दाहरू अघि बढाउने संकेत पाएपछि पुराना दलका नेताहरू ‘सुरक्षा कवच’ खोज्दै अदालतमार्फत संसद पुनर्जीवनका प्रयासतिर उन्मुख भएका हुन्।

यसबीच, नयाँ दलहरू र स्वतन्त्र शक्तिहरूले भने यो घटनाक्रमलाई पुराना दलहरूको ‘राजनीतिक बचाउ अभियान’ का रूपमा लिएका छन्। जेनजी आन्दोलनका अगुवाहरूले भ्रष्टाचारविरुद्ध उभिएको नेपाली समाजलाई दबाउन र नयाँ राजनीतिक शक्तिको उदयलाई रोक्न देउवा-ओली मिलेर कदम चालिरहेको आरोप लगाएका छन्। उनका अनुसार, संसद पुनर्जीवनको माग वास्तविक संवैधानिक मुद्दाभन्दा बढी, पुराना नेताहरूलाई बचाउने रणनीति हो।

फागुनमा तोकिएको निर्वाचनमा यसले प्रत्यक्ष प्रभाव पार्ने संकेत देखिँदैछ। विश्लेषकहरूका भनाइमा, यदि नयाँ शक्तिहरू एकजुट भएर चुनावमा बलियो रूपमा उत्रिएनन् भने, पुराना दलहरूले मुद्दाहरू रोक्ने, चुनाव स्थगित गर्ने र संसद पुनर्जीवन गरेर सत्ता संरचना जोगाउने खतरा बढ्दो छ। भ्रष्टाचारका सबै मुद्दा खुला पार्न र राजनीतिक उत्तरदायित्व सुनिश्चित गर्न जेनजी आन्दोलनदेखि नयाँ दलहरूसम्म सबैले एकसाथ उभिने समय आएको उनीहरूको सुझाव छ।

बिआरआई परियोजनामा भ्रष्टाचार, चिनियाँ दूतावासमाथि पनि छानबिन गर्न माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनअन्तर्गत बनेको भनिएको पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा ठूलो भ्रष्टाचार भएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले पाँच जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको हो। आयोगले चिनियाँ कम्पनी चाइना सीएएमसीविरुद्ध पनि मुद्दा दायर गरेको छ।

चिनियाँ पक्षले पटक-पटक पोखरा विमानस्थल बीआरआई परियोजनामा बनेको दाबी गर्दै आएको छ। २०७९ पुस १६ गते नेपालस्थित चिनियाँ दूतावासको ट्वीटर (एक्सबाट) पहिलोपटक उक्त दाबी गरिएको थियो। विमानस्थल उद्‍घाटन हुनु अघिल्लो दिन चिनियाँ दूतावासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल-चीन बिआरई सहयोगको मुख्य परियोजना रहेको उल्लेख गरेको थियो। त्यसको ६ महिनापछि चिनियाँ राजदूत छन् सोङले विमानस्थलमा आयोजित एक कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गत बनाइएको बताएका थिए। उनले भनेका थिए, ‘पोखरा विमानस्थल चीनले बनाइदिएको हो। यो बीआरआई परियोजनाअन्तर्गत नै बनाइएको हो।’

आयोगले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र आमात्य, डा. रामशरण महत र दिवंगत पोष्टबहादुर बोगटीको हकवाला श्रीमती राममाया बोगटी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्मा, सहसचिव रञ्जन कृष्ण अर्याल, मोहलकृष्ण सापकोटा, लोकबहादुर खत्री, नेपाल नागरिक उड्डयन प्राधिकरण समितिको तत्कालीन सदस्य मनरुप शाही, ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरिङ शेर्पा, सुरेश आचार्य, मदन खरेल, मुक्तिनारायण पौडेल र सूर्यप्रसाद आचार्य छन्।

त्यस्तै नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक त्रिरत्न मानन्धर, रतीश चन्द्रलाल सुमन, तत्कालीन उपमहानिर्देशक सुमन कुमार श्रेष्ठ, पर्यटन मन्त्रालयका उपसचिव हरिबहादुर खड्का, उपमहानिर्देशक रोशन चित्रकार, ऋषिकेश शर्मा, तत्कालीन उपनिर्देशक नारायण गिरी, उपनिर्देशक महेशकुमार बस्नेत, तत्कालीन निर्देशक बाबुराम पौडेल, उपनिर्देशक अशोककुमार सुवेदी, तत्कालीन प्रवन्धक मुरारी भण्डारी, उपनिर्देशक सुवर्ण राज उपाध्याय, निर्देशक प्रताप बाबु तिवारी, प्रबन्धक रुद्रप्रसाद फुयाल र रामचन्द्र सुवेदी छन्।

सर्वोच्च अदालतका रजिष्ट्रार डा. रामकृष्ण तिमिल्सिना, एयरपोर्ट इन्जिनियर डा. पुरुषोत्तम डंगोल, प्राधिकरणबाट सेवा निवृत्त निर्देशक विनोदानन्द चौधरी, निर्देशक मुकुन्द प्रसाद भण्डारी, प्रबन्धक गंगा सागर मान श्रेष्ठ, महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्राडा. रबिन्द्रनाथ श्रेष्ठ, उपप्रध्यापक सूर्य ज्ञवाली, उपप्रध्यापक सन्तोषकुमार श्रेष्ठ, प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डे, डा. पुण्यराज शाक्य, वरिष्ठ कानुन अधिकृत द्वारिका प्रसाद भट्टराई, प्रबन्धक कुलप्रसाद सिंखडा, अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी, उपसचिव लालबहादुर खत्री, शाखा अधिकृत कमल कुमार भट्टराई, उपसचिव प्रेम उपाध्याय, उपनिर्देशक ध्रुवदास भोछिभोयाको हकवाला यमुना देवी श्रेष्ठ, चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङ र सोका मुख्य व्यक्ति अध्यक्ष वाङ बो र लिउ सन्चङ रहेका छन्।

८ अर्ब बराबर विगो माग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध जनही ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँ ५० पैसा बिगो कायम गरिएको विशेष अदालतका सूचना अधिकारी शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए। स्वीकृत लागत अनुमान १६ करोड ९६ लाख ९७ हजार अमेरिकी डलरभन्दा अस्वाभाविक रूपमा ७ करोड ४३ लाख ४३ हजार ४५० अमेरिकी डलर बढाई, संशोधन गरी गराई २४ करोड ४० लाख ४० हजार ४५० अमेरिकी डलर लागत अनुमान कायम गरी अस्वाभाविक मूल्य तिरेर खरिद कार्यको सम्झौता गरी अनियमितता गरेको अख्तियारको आरोप दाबी रहेको सूचना अधिकारी रेग्मीले बताए।

मुद्दा दायर गरिएको मध्ये पूर्वमन्त्री पोष्ट बहादुर बोगटीको मृत्यु भएसकेकाले उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ। विमानस्थलमा भएको अनियमिततासम्बन्धी प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले २०८२ वैशाखमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो। उपसमितिले विमानस्थल निर्माणमा करिब १० अर्ब भ्रष्टाचार भएको दावीसहित प्रतिवेदन समितिलाई बुझाएको थियो। त्यसपछि समितिले थप अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाएको थियो।

चिनियाँ कम्पनीविरुद्ध पनि मुद्दा
आयोगले निर्माण सम्झौता गर्ने चिनियाँ कम्पनी ‘चाइना सीएएमसी’लाई पनि प्रतिवादी बनाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच २०१४ मा सम्झौता गरेको थियो।

राष्ट्रसेवक प्रतिवादीहरू र चाइना सीएएमसी तथा उक्त कम्पनीका पदाधिकारीहरूले सम्झौता बमोजिमको नगद वा गैरकानुनी लाभ प्राप्त गर्न उक्त अस्वाभाविक लागत अनुमान बढाउनुका आधार कारण तथा औचित्य पुष्टि गर्नलाई कानुन विपरीतको कार्य गरी गराई अरसम्भव प्रयास गरेको देखिएको आयोगको ठहर छ।

त्यस्तै विमानस्थलमा ५ किलोमिटर टाढाबाट माटो र ग्राभेल ल्याएर भर्नुपर्ने थियो । त्यसले गर्दा विमानस्थल अहिले भन्दा केही उचाइमा पनि हुन्थ्यो। तर, चिनियाँ कम्पनीले निर्माणस्थलकै माटो र ग्राभेल प्रयोग गर्‍यो। उसले त्यो कामका लागि मात्रै ८० लाख अमेरिकी डलर छुट्याएको देखिन्छ। त्यहींको माटो र ग्राभेल व्यवस्थापन गरी कम्पनीले विमानस्थल बनाउँदा माटो ओसारपसारको ठूलो खर्च जोगाएको आयोगको अभियोगमा उल्लेख छ।

बिआरआई परियोजनाको दाबी
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गत बनेको दाबी चिनियाँ पक्षले गर्दै आएको छ। नेपालका लाग चिनियाँ राजदूत छन् सोङले विसं २०८० असार ६ गते उक्त दाबी गरेका थिए। पोखरामा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण भएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीमा सुरुवात भएको हो। यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो। चाइनिज इन्जिनियरहरूबाट यो निर्माण भएको हो। अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा। यो बीआरआई परियोजना अन्तर्गतको हो।’ पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ।

नेपालस्थित चिनिया दूतावासमाथि पनि छानबिन गर्न माग
पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा देखिएको अनियमितताको त्रुटि अब केवल एक ठेकेदार कम्पनी वा केही नेपाली अधिकारीको व्यक्तिगत स्वार्थबीच सीमित रहने अवस्थामा छैन। अख्तियारले दायर गरेको मुद्दाले एउटा गम्भीर वास्तविकता उजागर गरेको छ, यो केवल प्रशासनिक कमजोरी होइन, कूटनीतिक प्रभावको दुरुपयोग समेत रहेको शंकालाई पुष्टि गर्ने तथ्यहरूसहितको घटनाक्रम हो।

विमानस्थल निर्माणको टेन्डरमा स्पष्ट प्रावधान थियो, ठेक्का दाबी गर्ने कम्पनीसँग कम्तीमा १२० मिलियन डलर बराबरको विमानस्थल परियोजना अनुभव हुनुपर्छ। तर, छानबिनले देखाएको तथ्य झनै चिन्ताजनक छ, ठेक्का प्रक्रियामा सहभागी तीनवटै चिनियाँ कम्पनीसँग यो योग्यताको आधार स्वयं थिएन। यहीँबाट सुरुवात हुन्छ अनुचित प्रभावको कथा।

जब प्राविधिक मूल्यांकनले सबै कम्पनीहरू ‘अयोग्य’ रहेको निष्कर्ष दियो, तब अप्रत्याशित रूपमा नेपालस्थित चिनियाँ दूतावासले आधिकारिक पत्र पठाएर ती सबै कम्पनी योग्य छन् भन्ने दाबी गर्यो। यसको कुनै प्राविधिक आधार थिएन, कुनै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको समीक्षा थिएन, तर त्यही पत्र नै ठेक्का निर्णयको ‘मुख्य आधार’ बनाइयो।

अख्तियारले अभियोगपत्रमा यसलाई प्रस्ट रूपमा उल्लेख गरेको छ, ‘प्राविधिक मापदण्ड, सार्वजनिक खरिद प्रक्रिया र पारदर्शिताविरुद्धको स्पष्ट उल्लंघन।’

अर्थात्, कूटनीतिक पत्रलाई प्राविधिक रिपोर्टभन्दा माथि राखियो, र राष्ट्रिय हितभन्दा बाहिरी दबाबलाई प्राथमिकता दिनेलाई राज्य संयन्त्रले पनि मौन समर्थन गरिदियो। यो केवल प्राधिकरण वा मन्त्रालयको कमजोरी मात्र होइन, नेपाल–चीन कूटनीतिक सम्बन्धमै अस्वस्थ अभ्यासको संकेत हो। अतःअख्तियारले सार्वजनिक पदधारीमाथि मात्रै होइन, नेपालस्थित चिनियाँ दूतावासको उक्त पत्राचार र त्यसको प्रक्रियागत औचित्यमाथि पनि छानबिन थाल्नुपर्छ।