१४ गतेको निर्णयबाट पछि हट्दै संस्थापक सदस्यहरू, एक्लिँदै रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टी (नाउपा)भित्रको विवाद उत्कर्षमा पुगेको छ। फागुन २१ गतेपछि बनेको माओवादी केन्द्र–एमालेसहितको नयाँ राजनीतिक समीकरण अनुसार सरकारमा जाने कि कांग्रेससहितको गठबन्धनमा जाने भन्नमा पार्टीभित्र विवाद चुलिएको हो।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइएपछि पाटी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत्र १४ गते कैलालीको टीकापुरमा केन्द्रीय संस्थापक सदस्यहरूको बैठक राखेकी थिइन्। सो बैठकले केन्द्रकै गठबन्धन अनुसार जाने र कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर सो निर्णयको पार्टीका एकथरी पक्षले कडा रूपमा विरोध जनायो।

पार्टीका संस्थापक नेता दामोदर पण्डितको साथले टीकापुर बैठकबाट माओवादी एमालेसहितको सत्ता गठबन्धनको सबै तहको सरकारलाई साथ दिनुपर्ने निर्णय गराएकी थिइन्। तर उनै पण्डितले सो निर्णयमा आफ्नो कुनै समर्थन नरहेको भन्दै विज्ञप्ति जारी गरेपछि उनी एक्लिन पुगेकी हुन्।

श्रीमान् र श्रीमती रहेका रेशम चौधरी र रञ्जितालाई मिलाउनको लागि पार्टी नेता पण्डितले टीकापुर बैठकबाट आफूले रञ्जितालाई साथ दिएको र निर्णयमा सहयोग गरेको बताएका छ । तर आफूले उनीहरूलाई मिलाउन नसकेको भन्दै सो निर्णयबाट पछि हटेको पण्डितले बताए।

टीकापुर बैठकमा १२ जना संस्थापक सदस्यहरूको सहभागिता रहेको थियो। बैठकमा सहभागी पार्टी संस्थापक तथा सामाजिक विकास मन्त्री लक्ष्मणकिशोर चौधरी, अर्का संस्थापक लक्ष्यबहादुर चौधरीले यसअघि नै टीकापुर बैठकको निर्णयमा आफूहरूको सहमति नरहेको घोषणा गरिसकेका छन्। पण्डितले पनि सो निर्णयमा समर्थन नरहेको घोषणा गरेपछि पार्टी अध्यक्ष श्रेष्ठ पार्टीभित्र अल्पमतमा परेकी हुन्। नाउपाका २१ जना केन्द्रीय संस्थापक सदस्य रहेका छन्।

लखन चौधरी/धनगढीबाट साभार

सुदूरपश्चिम सरकार छाड्न रञ्जिताको निर्देशन, विधान बमोजिम कारबाही गर्ने चेतावनी

नागरिक उन्मुक्ति पार्टीले कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आज नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभामा, संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउँदै, नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्।

‘नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटिको चैत १४ गते टीकापुरमा बसेको बैठकको निर्णयअनुसार पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय भएकाले सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दछु’ अध्यक्ष रञ्जिताले शुक्रबार पठाएको पत्रमा उल्लेख छ।

पत्रमा सरकारबाह बाहिर नआए विधानबमोजिम कारबाहीको चेतावनी पनि दिइएको छ। ‘सरकार बाहिर नआए पार्टीको विधान आकर्षित गरिनेछ’ पत्रमा भनिएको छ। उन्मुक्तिको चैत १४ गतेको टीकापुरमा भएको निर्णयलाई काउन्टर दिँदै उन्मुक्तिका दुई जना विना विभागीय मन्त्रीहरूले विहीबारमात्रै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

२१ जनाको केन्द्रीय कमिटिका १२ जना पदाधीकारीहरूले संघमा पनि नयाँ गठबन्धन र प्रदेशहरूमा पनि सोही गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको थियो। तर, मन्त्री भइसकेको उन्मुक्तिका प्रदेश सभा सदस्यहरू भने पार्टीको निर्देशनको पटक-पटक अवज्ञा गर्दै आएका छन्।

सुदूरपश्चिम सरकार छाड्न रञ्जिताको निर्देशन, विधान बमोजिम कारबाही गर्ने चेतावनी

नागरिक उन्मुक्ति पार्टीले कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आज नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभामा, संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउँदै, नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्।

‘नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटिको चैत १४ गते टीकापुरमा बसेको बैठकको निर्णयअनुसार पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय भएकाले सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दछु’ अध्यक्ष रञ्जिताले शुक्रबार पठाएको पत्रमा उल्लेख छ।

पत्रमा सरकारबाह बाहिर नआए विधानबमोजिम कारबाहीको चेतावनी पनि दिइएको छ। ‘सरकार बाहिर नआए पार्टीको विधान आकर्षित गरिनेछ’ पत्रमा भनिएको छ। उन्मुक्तिको चैत १४ गतेको टीकापुरमा भएको निर्णयलाई काउन्टर दिँदै उन्मुक्तिका दुई जना विना विभागीय मन्त्रीहरूले विहीबारमात्रै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

२१ जनाको केन्द्रीय कमिटिका १२ जना पदाधीकारीहरूले संघमा पनि नयाँ गठबन्धन र प्रदेशहरूमा पनि सोही गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको थियो। तर, मन्त्री भइसकेको उन्मुक्तिका प्रदेश सभा सदस्यहरू भने पार्टीको निर्देशनको पटक-पटक अवज्ञा गर्दै आएका छन्।

इलाम २ मा जनजाति पत्रकार मिलन लिम्बुलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र नं २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। रास्वपा प्राइमेरी इलेक्सनमार्फत छानिएका ६ जनाबीच बिहीबार भएको छलफलपश्चात लिम्बु सर्वसम्त बनेका हुन्।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार अन्य ५ जनाले उम्मेदवारी फिर्ता लिएका थिए। यसअघि लिम्बुसँगै गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, माबहादुर घिमिरे र डा. शेषरमन न्यौपाने प्रारम्भिक उम्मेदवारको सूचीमा छनोट भएका थिए।

किन बाक्लियो प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच भेटघाट ?

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संवैधानिक परिषद्को बैठक बोलाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बालुवाटारमा दौडधुप बढेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग मंगलबार राति छलफल गरेका प्रमुख प्रतिपक्ष दलका नेता देउवा आज बिहान बालुवाटारमा गएर पुन: छलफल गरेका हुन्।

बालुवाटार स्रोतका अनुसार बिहीबार बिहान प्रचण्ड र देउवाबीच संवैधानिक परिषद्‍बाट हुने नियुक्ति, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित र संसदमा जारी गतिरोध अन्त्य र समसामयिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदका सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहने व्यवस्था छ।

संसदीय समितिबाट संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा (टिआरसी) विधेयक पास गर्ने उद्देश्यले बोलाइएको बैठक तत्कालीन कानुन मन्त्री धनराज गुरुङले एक पटक पुन: प्रधानमन्त्रीसँग छलफल गर्ने भन्दै रोकेपछि प्रचण्ड असन्तुष्ट बनेका थिए। लगत्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालबीच ८ बुँदे सहमति गर्दै प्रचण्डले गत फागुन २१ गते नयाँ सत्ता समीकरण बनाएका थिए।

यद्यपी नयाँ समीकरण बन्नु अगाडिदेखिनै सरकारले यस अगाडिदेखि नै एमाले, कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग छलफल गरेर सर्वसम्मतरुपमा विधेयक पारित गर्ने तयारी थालेको थियो।

यता नयाँ सत्ता समीकरण बनेसँगै जुनसुकै समयका भ्रष्टाचारका फाइल खोल्ने उद्घोष गरेपछि सरकारसँग कांग्रेस सशंकित बनेको छ। कांग्रेसले सहकारी ठगीमा संलग्न भएको आरोप लगाउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेर संसद अवरुद्ध गरिरहेको छ।

आजदेखि एसईई सुरु, पाँच लाखभन्दा बढी परीक्षार्थी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । एसईई बिहान ८ बजेबाट सुरु भएको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हो ।

यस वर्षदेखि नयाँ पाठ्यक्रम अनुसार सञ्चालन हुने एसईईमा देशभरबाट १० हजार ८ सय ६ विद्यालयबाट ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी रहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

त्यसमध्ये छात्र २ लाख ५३ हजार ७ सय २७ छन् भने छात्रा २ लाख ५० हजार ७ सय ७२ र अन्य १५ जना सहभागी छन् ।

यसपालि जापानको एउटा विद्यालयबाट २३ नेपाली विद्यार्थी पनि सहभागी भएका छन् । विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षालाई स्वच्छ, व्यवस्थित र भयरहित वातावरणमा सञ्चालन गर्न र निर्धक्क रुपमा दिन परीक्षा नियन्त्रण बोर्डले आग्रह गरेको छ ।

देशभरका २ हजार ६४ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन हुँदैछ । केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी गरी ७७ हजार जनशक्ति परिचालन गरिँदै छ । एसईईमा २० वटा विषयमा परीक्षा सञ्चालन हुनेछ । यस वर्ष एसईई पास हुन ७५ पूर्णांकको सैद्धान्तिक परीक्षामा हरेकमा ३५ प्रतिशत अर्थात् २७ अंक अनिवार्य ल्याउनुपर्छ ।

रेशम चौधरी जापानमा, सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने रञ्जिता पक्षको निर्णय

प्रदेश सरकार गठनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा बुधबार टीकापुरमा बसेको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य दामोदर पण्डितले जानकारी दिए। बैठकमा २१ जना संस्थापक केन्द्रीय सदस्यमध्ये १२ जनामात्रै उपस्थित थिए।

केन्द्रीय सदस्य पण्डितले केन्द्रमा तयार भएको नयाँ गठबन्धनअनुसार प्रदेशमा पनि जाने निर्णय भएको बताए। ‘केन्द्रमा जुन गठबन्धनलाई साथ दिएको छौं, प्रदेशमा पनि त्यहीँ गठबन्धनलाई पनि लैजाने निर्णय भएको छ,’ उनले भने।

बाँकी केन्द्रीय सदस्यले बैठक बहिष्कार गरेको बतायएको छ। रेशम लाल चौधरी यतिबेला जापान भ्रमणमा छन्। उनको अनुपस्थितिमा बैठक बोलाएको भन्दै केही केन्द्रीय सदस्यले बैठक बहिष्कार गरेको बताएको छ। उनीहरूले रञ्जिता चौधरीले बोलाएको बैठकको निर्ण नमान्ने बताएका छन्।

बैठकमा सहभागीसमेत रहेका प्रदेश सांसद लक्ष्मणकिशोर चौधरीले आफूले फरक मत राखेको बताए। उनले पार्टी संरक्षक, बहुसंख्यक संस्थापक र सांसदहरूको उपस्थिति बिना बैठक राखेकोमा आपत्ति जनाए। उनले बैठकको निर्णयमा आफूले हस्ताक्षर नगरेको बताए।

त्यस्तै सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताए। अध्यक्ष रञ्जिताको नेतृत्वमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरू सम्मिलित बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपनि चौधरीले आफूहरूको समर्थन कायमै रहने बताए। उनले आज भएको निर्णयबारे आफूहरूलाई जानकारी नभएको बताए।

नयाँ पार्टी खोल्दै राजेन्द्र महतो

लोसपा त्यागेका राजेन्द्र महतोले नयाँ पार्टी खोल्ने तयारी गरेका छन्। यसका लागि उनले हालै तराई-मधेस, र पहाडी जिल्लाको भ्रमण गरेका थिए। त्यसअघि उनी राजनीतिक संवादका लागि दिल्ली गएका थिए।

बहुल राष्ट्रिय राज्य निर्माणका लागि ‘राष्ट्रिय मुिक्त क्रान्तिको माध्यमबाट’ नयाँ पार्टी खोल्न लागेको महतोले बताए। नेता महतोको समूहले फागुन १४ गते लोपसा त्यागेको थियो।

राष्ट्रिय मुक्ति क्रान्तिका योजनाकार बुद्ध छिरिङ मोक्तानका अनुसार बहुल राष्ट्रिय राज्य स्थापनाका लागि ‘राष्ट्रिय मुक्ति क्रान्ति’को अबधारणापत्र सार्वजनिक गरिएको छ। पार्टी गठनका लागि सामाजिक, सांस्कृतिक र वैचारिक छलफल भइसकेको छ।

मोक्तानले भने, ‘माक्र्सवाद र समाजवादले हाम्रो समस्या समाधान गरेन। त्यसैले हिमाल, पहाड, तराई जोड्न राष्ट्रिय मुक्ति क्रान्तिका लागि स्वदेशवादको नयाँ आवधारणा ल्याएका हौं। यसको आधारमा हाम्रो पार्टी निर्माण हुन्छ।’

राजकुमार लेखी बने गृह, सञ्चार तथा कानुन मन्त्री

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका हुन्। शनिबार नेकपा एमालेका थप चार सांसदले मन्त्री र राज्यमन्त्रीको शपथ लिएका हुन्।

राजकुमार लेखीले गृह, सञ्चार तथा कानुन, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका हुन्।

यस्तै, केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीको रुपमा शपथ लिएका हुन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

यस्तै शपथ ग्रहण समारोहमा रामचन्द्र मण्डलको उपस्थितिमा मुख्यमन्त्री यादवले राज्यमन्त्री केशव रायलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

भारतीय भूभागमा चीनको कूटनीतिक चाल र बेतुका दाबी

भारतको विदेश मन्त्रालयले मंगलबार चीनको पिपुल्स लिबरेशन आर्मीले गत शनिबार अरुणाचल प्रदेशलाई चिनियाँ भूभाग भएको दाबीलाई बेतुका भनेको छ। यसै क्रममा एक साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाचल प्रदेशको रणनीतिक दृष्टिले महत्वपूर्ण सहरलाई सबै मौसमी कनेक्टिभिटी प्रदान गर्ने सेलामा सुरुङमार्गको उद्घाटन गर्न गएको चिनियाँ विदेश मन्त्रालयले आपत्ति जनाएको थियो । तवाङ, चीनको सिमाना नजिक।

यद्यपि विश्लेषकहरू भन्छन् कि चिनियाँ कम्युनिष्ट पार्टीका चतुर नेताहरूले जानाजानी बेतुका दाबी गर्छन् र अन्य देशहरूको भूभागमा आफ्नो नियन्त्रण प्राप्त गर्न विदेशी आपत्तिहरू उठाउँछन्। दक्षिण चीन सागरको स्प्रेटली टापुहरूमा भियतनाम र फिलिपिन्सको भूभागमा अवैध चिनियाँ दाबी पनि त्यस्तै चिनियाँ रणनीतिको उदाहरण हो। पीडित देशको पिठ्युँमा छुरा प्रहार गर्ने अवसर सृजना गर्न, चिनियाँ नेताहरूले आफ्ना अभिप्रेत पीडितहरूलाई अरू कुनै प्लेटफर्ममा मैत्रीपूर्ण इशाराहरू पनि गर्छन्; बेइजिङले हालैका महिनाहरूमा भियतनाम र भारत दुवैलाई यस्तो इशारा गरेको छ।

“जांगनान चीनको अन्तर्निहित क्षेत्र हो र चीनले कथित अरुणाचल प्रदेशमा भारतको गैरकानूनी स्थापनालाई कहिल्यै मान्यता दिँदैन र दृढताका साथ विरोध गर्दैन,” चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल झाङ यियाओगाङले मार्च 16 मा पत्रकार सम्मेलनमा भने; अरुणाचललाई राम्रो नामले बोलाउने। चाखलाग्दो कुरा के छ भने, मार्च 13 मा, चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने, तथापि, सीमा मुद्दाले भारत-चीन द्विपक्षीय सम्बन्धलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्दैन र “वास्तविक नियन्त्रण रेखामा सेनाको सङ्ख्याले हामीलाई राम्रोसँग सेवा दिएको छैन।” चिनियाँ विदेश मन्त्रालयको यो टिप्पणीको तीन दिन भित्र, पीएलएले एलएसीमा भारतीय सेनाको परिचालनको बिरूद्ध आपत्ति उठायो; एकै समयमा सम्पूर्ण अरुणाचल दावी गर्दै। विश्लेषकहरू भन्छन्, भारतीय संस्थापनलाई निष्क्रिय पार्ने र त्यसपछि तवाङ जस्ता अरुणाचलका रणनीतिक क्षेत्रहरू कब्जा गर्ने उद्देश्य स्पष्ट छ।

चीन दक्षिण चीन सागरमा यस्तै रणनीति लिएर अगाडि बढिरहेको छ, स्प्रेटली टापुहरूमा पनि; भियतनाममा ट्रोङ सा टापुहरू भनेर चिनिन्छ। उल्लेखनीय रूपमा, डिसेम्बर 2023 मा, चीनका राष्ट्रपति सी जिनपिङले भियतनामको भ्रमण गर्नुभयो र चीन र भियतनामको “दुई देशहरू बीच साझा भविष्य” भएको समुदाय निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गर्नुभयो। एक महिना भन्दा कम समयमा, चीनको विदेश मन्त्रालयले पारासेल र स्प्रेटली टापुहरूमा चीनको दाबीलाई इतिहासले समर्थन गरेको बताएको छ। भियतनामले १७ औं शताब्दीदेखि पारासेल र स्प्रेटली टापुहरूमा प्रभावकारी कब्जा कायम राखेको तर्क गरेको छ। चीनले सन् १९७४ मा बल प्रयोग गरेर स्प्रेटली टापुहरू कब्जा गरेको थियो।
नक्सामा एक नजरले भियतनाम र फिलिपिन्सको स्प्रेटली टापुहरूमा वैध दाबी छ भनेर विश्वस्त हुनेछ, दक्षिण चीन सागरमा रहेको टापु समूह दुई देशहरू बीच लगभग बराबर समुद्री दूरीमा रहेको छ। चीनको किनारहरू धेरै उत्तरमा छन्।

स्प्रेटली टापुहरूमा 100 भन्दा बढी साना टापुहरू र चट्टानहरू छन्। तीमध्ये ४५ दक्षिण चीन सागरका विभिन्न तटीय देशहरूले ओगटेका छन्; तीमध्ये ठूलो हिस्सा चीनले ओगटेको छ। भियतनाम र फिलिपिन्सले पनि टोकन उपस्थिति बनाउँछन्। चीनले स्प्रेटली टापुहरूमा सात सैन्य चौकीहरू राख्छ; तीमध्ये तीनवटा एयरबेस, हेलिप्याड, एयरक्राफ्ट ह्याङ्गर, नौसेना बन्दरगाह सुविधाहरू, निगरानी रडार र वायु रक्षा र एन्टी-शिप मिसाइल साइटहरू छन्। भियतनामले स्प्रेटली टापुहरूमा आर्थिक, वैज्ञानिक र प्राविधिक सेवा स्टेशनहरू भनेर चिनिने प्लेटफर्महरू छन्।

भियतनामले रक्षात्मक स्थिति र पूर्वाधार सहित आफ्नो चौकीहरूमा निरन्तर सुधार गर्दै आएको छ। सम्पूर्ण दक्षिण चीन सागरमा आफ्नो वर्चस्व विस्तार गर्न खोजिरहेको बेइजिङ यो कुरा मान्न तयार छैन। फिलिपिन्सले पनि स्प्रेटली टापुहरूमा नौ विशेषताहरू ओगटेको छ; र एक हवाई पट्टी र एक तटरक्षक स्टेशन को रखरखाव गर्दछ। चिनियाँ नौसेनाले सक्रिय रूपमा फिलिपिन्सलाई स्प्रैटली टापुहरूमा विशेष गरी दोस्रो थोमस शोलमा राशन आपूर्ति गरिएको स्टेशनहरू राख्नबाट रोकिरहेको छ। वासिङ्टनसँग सुरक्षा सम्झौता भएको मनिलाले फिलिपिन्ससँगको मित्रता कायम राख्ने प्रयास गरेको छैन। यहाँ यो खुला जबरजस्ती को मामला हो। यस वर्षको मार्चको सुरुमा, चिनियाँ तटरक्षकले फिलिपिन्सका जहाजहरू विरुद्ध अवरुद्ध र पानीको तोप प्रयोग गर्‍यो जसले दोस्रो थोमस शोल नजिकै फिलिपिन्स एडमिरल र उनका चार जना नाविकहरू घाइते भएका थिए। चिनियाँ कारबाहीमा चिन्ता व्यक्त गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मार्च १९ मा चिनियाँ जहाजहरूले पानीको तोपको प्रयोग, युद्धाभ्यासलाई अवरुद्ध गर्ने, छाया लगाउने र अन्य खतरनाक कार्यहरू गरेको उल्लेख गरे।

दक्षिण चीन सागर प्रशान्त महासागर र हिन्द महासागरलाई जोड्ने प्रमुख समुद्री मार्ग हो। विश्वको समुद्री व्यापारको एक चौथाई स्प्रैटली टापुहरूको सिमानामा पर्ने समुद्री गल्लीहरू मार्फत जान्छ। स्प्रेटली समूहको टापुहरू कब्जा गरेर चीनले यी समुद्री मार्गहरूलाई नियन्त्रण गर्न सक्छ। चीनले जापानलाई सजिलैसँग हातमा मोड्न सक्छ जसले आफ्नो ऊर्जा आवश्यकताको ठूलो हिस्सा यी समुद्री मार्गहरूबाट आयात गर्दछ। यो बेइजिङको रणनीतिक स्वार्थ रहेको विश्लेषकहरू बताउँछन्, जसरी भारतको अरुणाचल प्रदेशलाई आफ्नो नियन्त्रणमा लिन बेइजिङको रणनीतिक हितमा छ ताकि भुटानलाई सजिलैसँग हात हालेर चटगाउँको न्यानो पानी बन्दरगाहमा प्रवेश गर्न सकियोस्। बंगलादेश उत्तर बङ्गाल को मैदानहरु मार्फत।

त्यहाँ एक विचारधारा छ जसले तर्क गर्दछ कि ऐतिहासिक र राजनीतिक कारणले गर्दा चीन सुरक्षाको अभावको भावनाबाट ग्रस्त छ। त्यसकारण चीनको दक्षिणी भागमा समुद्री आक्रमणको सम्भावनालाई रोक्नको लागि यसले सम्पूर्ण दक्षिण चीन सागरको नियन्त्रण प्राप्त गर्न चाहन्छ। चीनका अपोलोजिस्टहरूले पनि तिब्बतमा चिनियाँ कब्जाको रक्षा गर्न यस्तै तर्क अघि बढाएका छन्: दक्षिण-पश्चिमबाट चीनमाथिको आक्रमण रोक्न।

यी सबै तर्कहरू, तथापि, तर्कको परीक्षण खडा गर्दैनन्। चीनले सन् १९५९ देखि तिब्बतमाथि कडा नियन्त्रण गरेको छ। चिनियाँ सेनाले भारतसँगको वास्तविक नियन्त्रण रेखाको विवादित क्षेत्र किन कब्जा गरिरहेको छ भन्ने कुनै स्पष्टीकरण छैन। न त चीनले सन् २०२२ मा सोलोमन टापुसँग सुरक्षा सम्झौता गरी इन्डो-प्यासिफिकका टापुहरूको समूहमा यथास्थितिलाई खलबलाउन र आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको छ भन्ने कुराको व्याख्या गरिएको छैन। वास्तविक कारण चीनको विश्वव्यापी रूपमा वर्चस्व विस्तार गर्नु हो।