रवि लामिछानेलाई सत्ता हुनसक्छ भारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विवादित बन्दै आएका छन्। विभिन्न काण्डका कारण सांसद बनेयता विवादमा मुछिदै आएका लामिछानेलाई एमाले-माओवादी गठबन्धन भारी पर्ने सम्भावना उतिकै छ।

पछिल्लो निर्वाचनमा रास्वपाले अप्रत्यासित विजय हासिल गर्दै संसदको चौथो ठूलो दल बन्यो। जनताको मतले चौथो दल बने पनि सत्ताको भोकले रास्वपाले भविष्यमा क्षति पुर्‍याउने सम्भावना पनि उतिकै रहेको विश्लेषकहरू बताउँछन्।

नयाँ शक्ति बनेसँगै पटक-पटक सत्ताको स्वाद चाख्दै जाने हो भने अर्को चुनावसम्म रास्वपाको शाख पनि गुम्ने उनीहरूको भनाइ छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको खेल पनि रवि लामिछाने र राप्रपालाई बदनाम गराउनु नै हो। आगामी निर्वाचनमा आफ्नो दललाई स्थापित गराउन उनीहरूले नयाँ शक्तिको रूपमा उदाएका रास्वपा र राप्रपालाई बदनाम गराउन सत्ताको आकर्षण देखाएर लोभलाग्दा मन्त्रालयको जिम्मेवारी दिने गरेको कतिपयको भनाइ छ।

गत वर्ष सम्पन्न निर्वाचनमा रास्वपाले एमाले-माओवादीकै सिट खोसेको थियो। त्यसैले पनि एमाले-माओवादीलाई रास्वपा र राप्रपा दुवैबाट आरिस रहेको बताइन्छ। सत्ता बाहिर रहेर यी शक्ति अर्को निर्वाचनसम्म पुगे एकल ठूलो पार्टी बन्ने डर एमाले र माओवादीलाई रहेको विश्लेषकहरूको भनाइ छ। एमाले अध्यक्ष ओलीले सार्वजनिक कार्यक्रममै नयाँ पार्टीको भविष्य नरहेको बताउँदै आएका छन्। नयाँ शक्तिको लोकप्रियता बढ्ने डर ओलीमा व्याप्त रहेको यसले पुष्टि गर्छ। त्यतिमात्र होइन, रास्वपालाई भ्रष्टाचारको दलदलमा फसाउने ग्रान्डडिजाइन एमाले-माओवादीको रहेको बताइन्छ।

त्यसकारण यी नयाँ उदीयमान शक्तिहरूले सत्ता प्राप्तिको लागि नभई विचारधाराले सञ्चालित रहेको पार्टीको रूपमा स्थापित गर्दै जानुपर्छ। यसले पनि वामपन्थी दलको फन्दामा पर्नुको सट्टा समान दलहरूलाई समर्थन गरेर आफ्नो लोकतान्त्रिक साखलाई बलियो बनाउनुपर्छ।

त्यतिमात्र होइन, टिआरसी विधेयकमार्फत् प्रचण्डले आफ्ना र आफ्ना नजिकका साथीहरूको गलत काम, भ्रष्टाचार र असहाय नागरिकहरूमाथिको हिंसाको बचाउमा लाग्ने कुरा रास्वपाले बुझ्नुप्छ।

अर्कोतर्फ, सत्ता बाहिर बसेर नेपाली कांग्रेसलाई फाइदा छ। प्रमुख प्रतिपक्षी बनेर जनताका एजेण्डालाई बोकेर हिंड्ने हो भने कांग्रेसले आफ्नो महत्वपूर्ण भोट बैंकलाई बचाइराख्न सक्छ। सत्ता रहेका दुई कम्युनिस्ट ठूला पार्टीलाई पक्कै पनि आफ्नो छबि बचाइराख्न चुनौती छ।

राप्रपालाई एमाले-माओवादी गठबन्धन भन्दा बाहिरै फाइदा

हिन्दु राष्ट्रको एजेण्डा बोकेकै कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एमाले-माओवादी गठबन्धनले चर्को आलोचना गर्दै आएको छ। माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलले राप्रपालाई प्रतिगामी शक्तिको भिल्ला भिडाएर आफूलाई प्रगतिशील दलको रूपमा व्यखाया गरेका छन्।

हिन्दू बाहुल्य रहेको नेपालमा हिन्दु धर्मलाई समर्थन गरेकै कारण प्रतिगामी शक्तिको भिल्ला भिडाउने एमाले-माओवादीसँग राप्रपाले पक्कै पनि स्पष्टीकरण खोज्नुपर्छ। कुनै पनि दलले आ-आफ्ना एजेण्डा प्रस्तुत गर्न सक्छन्। हिन्दु धर्मलाई एजेण्डा बोकेकै कारण कसैले प्रतिगामी शक्तिको व्याख्या गर्न नमिल्ने राप्रपाका नेताहरू बताउँछन्।

पछिल्लो निर्वाचनमा नेपाली कांग्रेस ठूलो दल बन्यो। तर कांग्रेसका करिब ४० प्रतिशत नेता/कार्यकर्ताहरूले राप्रपाले समर्थन गरेको हिन्दु राष्ट्रको एजेण्डालाई समर्थन गरेका छन्। ललितपुरको गोदाबरीमा हालै सम्पन्न भएको कांग्रेसको महासमिति बैठकमा पनि हिन्दु राष्ट्र कायम गर्ने विषयमा छुट्टै बहस सिर्जना भएको थियो। कांग्रेस नेता शंकर भण्डारीले हिन्दु राष्ट्र कायम गर्नुपर्ने एजेण्डासहित सभापति शेरबहादुर देउवालाई हस्ताक्षरसमेत बुझाएको थियो। त्यसैले राप्रपा वैचारिकरूपमा कम्युनिस्टभन्दा कांग्रेससँग नजिक छ।

माओवादी सशस्त्र जनयुद्धमा माओवादी कार्यकर्ताहरूले थुप्रै हिन्दू मन्दिरहरूमा आक्रमण गरेका थिए। माओवादी आक्रमणबाट थुप्रै पुजारी र संसंकृति शिक्षकहरूको मृत्युसमेत भएको थियो। त्यसैले सधैं सनातन हिन्दु भावना विपरीत काम गरर्ने माओवादी पार्टी सम्मिलित गठबन्धनमा राप्रपा जानु उचित नरहेको सो पार्टीका नेताहरूले बताएका छन्।

हालै माओवादी नेता एवं संस्कृति तथा पर्यटन मन्त्री रहेका सुदन किरातीले पशुपति विकास कोषको प्रमुखमा गैरहिन्दु निकायलाई नियुक्त गरेका थिए। यसले पनि माओवादीको हिन्दु धर्मप्रतिको विचार सजिलै बुझ्न सकिन्छ। किरातीको उक्त निर्णयलाई राप्रपाका नेताहरूले विरोध गरेका छन्।

हिन्दु धर्मविरोध गतिविधिमा संलग्न एमाले-माओवादी नेताहरूलाई क्रिश्चियन निकायहरूबाट आर्थिक लाभ हुने गरेको बताइन्छ। उनीहरूले नेपालमा सनातन हिन्दु अवधारणालाई समाप्त पार्न त्यस्ता तत्वहरूको निर्देशनमा काम गरिरहेको बताइन्छ।

त्यसैले राप्रपाले हिन्दु राष्ट्रको मूल एजेण्डालाई थप बलियो बनाउँदै लैजानुपर्छ। यही एजेण्डालाई स्थापित गर्दै लैजाने हो भने राप्रपाले आगामी निर्वाचनमा सिट संख्या बढाउनेमा सन्देह छैन। हिन्दुविरोधी माओवादी-एमालेसँग मेलमिलाप गरेर सत्ता प्राप्तिका लागि सरकारमा जाने हो भने राप्रपा पनि हिन्दु भावनाको दुरुपयोग गर्ने शक्तिको रूपमा चिनिने पक्का छ।

एमाले-माओवादी गठबन्धन एक महिना पनि टिक्दैन : मेटमणि चौधरी

नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले एमाले-माओवादी गठबन्धन एक महिना पनि नटिक्ने बताएका छन्। रिपोर्टर्स क्लबले लिएको अन्तर्वार्तामा उनले गलत नियतले एमाले-माओवादी गठबन्धन बनेको आरोप लगाए।

‘एमाले-माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि टिक्दैन। यो सरकार गलत नियतले बनेको छ। यो गठबन्धनले ठूला चुनौतीको सामना गर्नुपर्छ,’ उनले भने।

उनले वर्तमान गठबन्धनमा आफ्नो पार्टी सहभागी भए पनि त्यसले केही फरक नपार्ने र सरकारको आयु महिना दिन बढी नरहने दाबी गरे। ‘सरकारमा आफ्नो पार्टीको सहभागिता भए पनि यसको दीर्घायुमा थोरै पनि विश्वास छैन। सम्भवतः यो सरकार एक महिनाभन्दा बढी रहँदैन,’ उनले भने।

निर्वाचन आयोगको निर्णयविरुद्ध रेशम चौधरी अदालत जाने

नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगको निर्णय विरुद्ध अदालत जाने भएको छ । निर्वाचन आयोगको निर्णय प्रतिशोधपूर्ण र आफूहरूलाई अन्याय नै गर्ने गरी आएकोले अदालत जानुको विकल्प नरहेको नाउपाले बताएको हो ।

नाउपाका संरक्षक रेशमलाल चौधरीले रातोपाटीसँग भने, ‘नेपालमा महाधिवेशनलाई मान्यता नदिने हो भने कसले गर्छ महाधिवेशन ? महाधिवेशनको रिस्क कसले उठाउँछ ? महाधिवेशनको फैसला निर्वाचन आयोगले गर्ने भए कसले गर्छ महाधिवेशन ? अदालत जानुको विकल्प रहेन ।’

निर्वाचन आयोगले बिहीबार मात्रै नाउपाको अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन अस्वीकार गरेको छ । नाउपाको हालै सम्पन्न भएको महाधिवेशनले चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।

चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिएका थिए । तर उनले दिएको निवेदन दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले नागरिक उन्मुक्तिको अध्यक्ष बन्न रेशम चौधरीलाई गर्‍यो ‘रिजेक्ट’

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले २७ पुसमा कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो । त्यस अनुसार नाउपाले दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा २९ माघमा निवेदन दिएको थियो ।

उक्त निवेदनमाथि निर्वाचन आयोगले बिहीबार निर्णय दिँदै उनलाई नाउपाको अध्यक्ष मान्न अस्वीकार गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार नाउपाको निर्वाचन आयोगमा यसअघि रहेको अभिलेख अद्यावधिक हुन नसक्ने निर्णय भएको छ । निर्वाचन आयोगमा भएको अभिलेखमा नाउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी रहेकी छन् ।

कैलालीको टीकापुरमा २०६२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक झडपमा जन्मकैदको सजाय पाएका रेशम चौधरी गत १५ जेठमा गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा पाएर रिहा भएका थिए । कारागारमै रहेका बेला आफ्नो सक्रियतामा गठन भएको नागरिक उन्मुक्ति पार्टीको अधिवेशन गरेर रेशमले आफैं अध्यक्ष बनेका थिए ।

उनले निर्वाचन आयोगमा दलको अभिलेख अद्यावधिक गर्न दिएको निवेदनविरुद्ध दुईवटा उजुरीसमेत परेका थिए । त्यसमा चौधरी ज्यान मुद्दामा दोषी ठहर भई राष्ट्रपतिबाट कैद छुट पाएका व्यक्ति हुनाले दलको अध्यक्ष बन्नु कानुन विपरीत भएको उल्लेख थियो । उजुरी परेपछि आयोगले नाउपा र अध्यक्ष चौधरीसँग जवाफ मागेको थियो ।

त्यस विषयमा चौधरीले जवाफ पठाएपछि बिहीबार दलको अभिलेख अद्यावधिक गर्न नसक्ने निर्णय गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।

सुदूरपश्चिम वा लुम्बिनी जहाँ भए पनि मुख्यमन्त्री थारू बन्नुपर्छ : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम वा लुम्बिनी प्रदेशको मुख्यमन्त्री दावी गर्ने भएको छ । नयाँ समीकरणमा जाने वा नजाने भन्ने प्रष्ट निर्णय नगरिसकेको नाउपाले मुख्यमन्त्रीको अडान लिने भएको छ ।

‘हाम्रो सांसदहरुसँग छलफल गरेको छु, साथीहरुको एउटा थारु मुख्यमन्त्री हुनुपर्छ भन्ने सुझाव छ’ अध्यक्ष रेशम चौधरीले भने, ‘त्यो सुदूरपश्चिममा भए पनि हुन्छ, लुम्बिनी भए पनि हुन्छ ।’

गत वर्ष चुनावमा भाग लिइरहँदा नै ‘थारु मुख्यमन्त्री’ एजेण्डा बनाएको उनले बताए । ‘पहिचान सहितको संघीयता, राजबन्दीहरुको रिहाइ र थारु मुख्यमन्त्री भनेर हामी चुनावमा भाग लिएका थियौ’, चौधरीले भने ।

नाउपाले नयाँ सरकारमा जाने वा नजाने भन्ने निर्णय लिने अधिकार अध्यक्ष चौधरीलाई नै दिएको छ । सरकारबारे निर्णय गर्नुपर्ने भएकाले पार्टी बैठक भने स्थगित गरेको छ ।

यही फागुन २७–२८ बस्ने भनिएको संस्थापक नेताहरु सहित संघ र प्रदेश सांसदहरुको बैठक अब वैशाख १३–१५ मा बस्ने भएको छ ।

समावेशी लोकतान्त्रिक शक्ति बनाउँदै देउवा, ठाकुर, राउत र चौधरीसँग छलफल

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले वैकल्पिक गठबन्धनका लागि साना दलहरूसँग संवाद थालेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले निजी निवास बुढानीलकण्ठमा लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसँग छलफल थालेका हुन्।

छलफलमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउत र नागरिक उन्मुक्तिका अध्यक्ष रेशम चौधरी सहभागी छन्। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइराला पनि बैठकमा सहभागी छन्। समावेशी लोकतान्त्रिक शक्ति बनाउने विषयमा छलफल केन्द्रीत रहेको स्रोतले बताएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य तोडेर एमाले, रास्वपा, जसपालगायतका दललाई समेटी नयाँ गठबन्धन निर्माण गरेपछि कांग्रेस सभापति देउवा पनि वैकल्पिक गठबन्धनको प्रयासमा छन्। उनले प्रधानमन्त्री दाहालले विश्वासको मत आर्जन गर्न नसक्ने भएकाले अर्को गठबन्धन बनाउनुपर्ने प्रस्ताव गरिरहेको नेताहरूले बताएका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा दोहोरिइन् भगवती चौधरी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रचण्ड नेतृत्वको सरकारमा नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठ, अर्थ मन्त्री वर्षमान पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीमा शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हितबहादुर तामाङ रहेका छन्।

एमालेले ८ वटा मन्त्रालय पाएको छ। एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रघुवीर महासेठ, कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा ज्वालाकुमारी साह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयसहित ४ वटा मन्त्रालयको जिम्मेवारी पाएको छ। पार्टी बैठकको निर्णय अनुसार गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सुमना श्रेष्ठलाई पठाइएको रास्वपाका महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए। बुधबार साँझ मन्त्रीहरुको शपथ ग्रहण हुँदैछ।

सोमबार भएको नयाँ सत्ता समीकरणमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा छन्। उनीहरुले अन्य दललाई पनि गठबन्धनमा भित्र्याउन पहल गरिरहेका छन्। सोमबार नै एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ, रास्वपाबाट डीपी अर्याललाई बिना विभागीय मन्त्रीको सपथ ग्रहण गरेका थिए। तामाङलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

जनता समाजवादी र नेकपा एकीकृत समाजवादी पनि सरकारमा जाने तयारीमा छ। जसपा नेता मोहम्मद इस्तिहाक राईले नयाँ सत्ता समिकरणलाई समर्थन गरेको भएपनि सरकारमा सहभागी हुने/ नहुने भन्ने टुंगो लाग्न बाँकी रहेको जानकारी दिए।

चीनको रणनीतिक खेलमा प्यादा बनेको माल्दिभ्स

हालैका वर्षहरूमा, माल्दिभ्सले यस टापु राष्ट्रको सार्वभौमसत्ता र स्वायत्ततामा शंका उत्पन्न गर्दै चिनियाँ प्रभावको छायाको साक्षी देखेको छ। चीन र माल्दिभ्सबीच मार्च ४ तारिखमा भएको रक्षा सहयोग सम्झौतामा हस्ताक्षरले माल्दिभ्सले बेइजिङको विस्तारित प्रभावको क्षेत्रमा मात्र उपग्रह राज्य बन्न नजिक पुगेको खतरनाक बाटोको स्मरण गराउने काम गर्छ। यो सम्झौता, कथित रूपमा द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले, माल्दिभ्सको भविष्यको लागि गम्भीर नतिजाहरू प्रस्तुत गर्दै, जबरजस्ती कूटनीति र रणनीतिक अधीनताको गहिरो एजेन्डा लुकाउँछ।

चीन र माल्दिभ्स बीचको हालैको रक्षा सहयोग सम्झौताले खतरनाक नतिजाहरूले भरिएको टापु राष्ट्रका लागि खतरनाक मार्गको प्रतिनिधित्व गर्दछ। चीनबाट नि:शुल्क सैन्य सहायता स्वीकार गर्दा, माल्दिभ्सले बेइजिङको प्रभावको जालोमा फस्ने जोखिम बढाउँछ र अन्ततः आफ्नो सार्वभौमसत्ता र सुरक्षामा सम्झौता गर्छ। यस सम्झौताको विवरणको वरिपरि पारदर्शिताको अभावले चिनियाँ जबरजस्ती र हेरफेरको लागि मालदिभ्सको संवेदनशीलताको बारेमा चिन्ता बढाउँछ। यसबाहेक, भारत जस्ता परम्परागत सहयोगीहरूको खर्चमा चीनसँग आफूलाई पङ्क्तिबद्ध गर्न राष्ट्रपति मुइज्जुको उत्सुकताले यस क्षेत्रलाई अस्थिर बनाउने र हिन्द महासागरमा शक्तिको रणनीतिक सन्तुलनलाई कमजोर बनाउने खतरा छ। कुनै समय स्वतन्त्रता र प्रजातन्त्रको ज्योति मानिएको माल्दिभ्स अहिले प्रकोपको चुचुरोमा उभिएको छ, किनकि यो चीनको भूराजनीतिक खेलमा केवल प्यादाको रूपमा मात्रै झर्ने जोखिममा छ। यदि अनचेक गरिएको छ भने, यस दुर्भाग्यपूर्ण गठबन्धनको परिणामहरू माल्दिभ्सका लागि विनाशकारी हुन सक्छ, क्षेत्रीय सुरक्षा र स्थिरतामा दूरगामी प्रभावहरू सहित।

माल्दिभ्समा चीनको अतिक्रमणको केन्द्रमा यसको कपटी ऋण-जाल कूटनीति छ। विगत एक दशकमा, चीनले आर्थिक विकासलाई प्रोत्साहन गर्न ऋण र पूर्वाधार परियोजनाहरूद्वारा मालदिभ्सलाई डुबाएको छ। यद्यपि, यी वित्तीय जीवनरेखाहरू ऋणको बन्धनमा परिणत भएका छन्, जसले मालदिभ्सलाई निर्भरता र आर्थिक दासताको चक्रमा फसाएको छ। यसको खजाना खस्किदै गएको र यसको अर्थतन्त्र ध्वस्त हुने छेउमा रहेको माल्दिभ्सले बेइजिङद्वारा सञ्चालित ऋणको जालमा फसेको छ, जसले आफ्नो सार्वभौमसत्ता र स्वायत्ततालाई खतरामा पारेको छ।

राष्ट्रपति मोहम्मद मुइज्जुको नेतृत्वले माल्दिभ्सको अनिश्चित अवस्थालाई मात्र बढाएको छ। चीन समर्थक अडानलाई अंगाल्दै, मुइज्जुले आफ्नै राष्ट्रको भन्दा बेइजिङको हितलाई प्राथमिकता दिने नीतिहरू अपनाएका छन्। माल्दिभ्समा तैनाथ भारतीय सेनाका कर्मचारीहरूलाई उनको हालैको अल्टिमेटम, चीनसँग घनिष्ठ सम्बन्ध बनाउन उनको प्रशासनको उत्सुकताले राष्ट्रिय सार्वभौमसत्ता र रणनीतिक दूरदर्शिताको लागि चिन्ताजनक उपेक्षालाई जोड दिन्छ। चिनियाँ मागहरूप्रति आत्मसमर्पण गरेर र भारतजस्ता परम्परागत सहयोगीहरूलाई सीमान्तकृत गरेर, मुइज्जुले माल्दिभ्सको सुरक्षा र स्थायित्वलाई खतरामा पारेको छ र बेइजिङको आधिपत्यवादी महत्वाकांक्षाहरूलाई आफ्नो अधीनमा पार्ने बाटो प्रशस्त गरेको छ।

माल्दिभ्समा तैनाथ भारतीय सैनिकहरूलाई राष्ट्रपति मुइज्जुको निर्लज्ज अल्टिमेटमसँग मेल खाँदा चीनसँग रक्षा सहयोग सम्झौताको समय विशेष गरी अशुभ छ। यो कदमले भारत र माल्दिभ्सबीचको लामो समयदेखिको सुरक्षा साझेदारीलाई मात्र कमजोर बनाउँदैन तर माल्दिभ्सलाई चिनियाँ जबरजस्ती र हेरफेरको खतरामा पनि पर्दाफास गर्छ। चिनियाँ अनुसन्धान जहाजहरू र सैन्य प्रतिनिधिमण्डलहरूद्वारा बन्दरगाह कलहरू जस्ता रणनीतिक चालहरू मार्फत, चीनले हिन्द महासागर क्षेत्र (IOR) मा आफ्नो पाइला बलियो बनाउन खोज्छ, आफ्नो रणनीतिक स्वार्थलाई अगाडि बढाउन माल्दिभ्सको कमजोरीहरूको शोषण गर्दै र यस क्षेत्रमा आफ्नो प्रभुत्व कायम गर्न चाहन्छ।

यसबाहेक, रक्षा सहयोग सम्झौताको वरपरको अस्पष्टताले माल्दिभ्स सरकारको लोकतान्त्रिक मान्यता र पारदर्शिताप्रतिको घृणालाई जोड दिन्छ। बन्द ढोका पछाडि यस्तो परिमाणको सम्झौताहरू दलाली गरेर, राष्ट्रपति मुइज्जुको प्रशासनले आफ्ना नागरिकहरूको विश्वासलाई धोका दिन्छ र देशको लोकतान्त्रिक आधारलाई कमजोर बनाउँछ। गोपनियता र ब्याकरूम डिलिङको यो संस्कृतिले माल्दिभ्समा आफ्नो प्रभाव जमाउन चीनको प्रयासलाई प्रोत्साहन गर्छ, राष्ट्रको सार्वभौमसत्तालाई खलल पार्छ र जनताको इच्छालाई खलल पार्छ।

माल्दिभ्सले चिनियाँ दबाबको सामना गर्नुको असर गहिरो र दूरगामी छ। यसले भारत र चीनबीचको तनाव बढाएर क्षेत्रीय स्थायित्वमा मात्रै असर गर्दैन, यसले सार्वभौमसत्ता र आत्मनिर्णयको सिद्धान्तलाई पनि कमजोर बनाउँछ जसले अन्तर्राष्ट्रिय व्यवस्थालाई निम्त्याउँछ। हिन्द महासागर क्षेत्रमा रणनीतिक लिन्चपिनको रूपमा, माल्दिभ्सले यस क्षेत्रको भूराजनीतिक परिदृश्यमा ठूलो महत्त्व राख्छ। चिनियाँ स्वार्थमा यसको अधीनताले यसको आफ्नै सार्वभौमसत्ता मात्र होइन, सम्पूर्ण क्षेत्रको सुरक्षा र स्थायित्वलाई पनि खतरामा पार्छ।

मुइज्जुको प्रशासनलाई लोकतान्त्रिक मानदण्ड, पारदर्शिता र जवाफदेहिताको उपेक्षा गरिएको छ, जसलाई महत्त्वपूर्ण सम्झौता र निर्णयहरूको अपारदर्शी ह्यान्डलिङले प्रमाणित गरेको छ। आफ्नो जनताको हितमा चीनप्रतिको निष्ठालाई प्राथमिकता दिने उनको उत्सुकताले राष्ट्रिय सार्वभौमसत्तालाई विदेशी स्वार्थको अधीनमा राख्ने चिन्ताजनक प्रवृत्तिलाई झल्काउँछ। यसबाहेक, मुइज्जुको प्रशासनले बाह्य दबाबको सामना गर्दा माल्दिभ्सको लचिलोपनलाई कमजोर पार्दै आर्थिक अस्थिरता र सामाजिक असमानता जस्ता दबाबका घरेलु मुद्दाहरूलाई सम्बोधन गर्न असफल भएको छ। चीनको रणनीतिक अतिक्रमण र मुइज्जुको शासन असफलताको संयोजनले माल्दिभ्सको लागि एक अन्धकार चित्र चित्रण गर्दछ, जिम्मेवार नेतृत्वको तत्काल आवश्यकता र राष्ट्रको हित र स्वायत्तताको रक्षा गर्न दृढ प्रतिबद्धतालाई हाइलाइट गर्दछ।

यी घटनाक्रमहरूको प्रकाशमा, अन्तर्राष्ट्रिय समुदायले माल्दिभ्सको अवस्थालाई नजिकबाट अनुगमन गर्न र देशको सार्वभौमसत्ता र स्थायित्वमा खलल पार्ने कुनै पनि कार्यका लागि यसको नेतृत्वलाई जवाफदेही बनाउन आवश्यक छ। माल्दिभ्सका जनतालाई उनीहरूको स्वतन्त्रताको रक्षा गर्न र उनीहरूको मौलिक अधिकार र स्वतन्त्रतालाई खतरामा पार्ने बाह्य दबाबहरूको प्रतिरोध गर्न सहयोग गर्न ठोस प्रयासहरू गरिनुपर्छ।

माल्दिभ्स चौराहेमा उभिएको छ, आफ्नो सार्वभौमसत्ता जोगाउन र चिनियाँ जबरजस्तीको साइरन कलको बीचमा फसेको छ। चीनसँग भएको रक्षा सहयोग सम्झौताले माल्दिभ्स र फराकिलो क्षेत्रका लागि विपत्ति निम्त्याउन सक्ने खतरनाक ग्याम्बिटलाई प्रतिनिधित्व गर्दछ। चीन समर्थक अडान र लोकतान्त्रिक सिद्धान्तहरूको बेवास्ताबाट चिनिने राष्ट्रपति मुइज्जुको नेतृत्वले देशको कमजोरीलाई मात्र बढाउँछ। मालदिभ्सले आफ्नो सार्वभौमसत्ता पुन: दावी गर्नुपर्दछ र विदेशी प्रभाव र हेरफेरको बन्धनबाट मुक्त, आफ्नै मार्ग चार्ट गर्नुपर्दछ। प्रजातन्त्र र स्वाधीनताको दियोलाई चिनियाँ आधिपत्यको अतिक्रमण छायाँले धमिलो पार्नु हुँदैन।

निजामती सेवामा थारूलाई ६.६ प्रतिशत कोटा, खस आर्यलाई २७.७ प्रतिशत

निजामती सेवालाई समावेशी बनाउन खस आर्य र थारुलाई समेत आरक्षण प्रस्ताव गरिएको छ । साथै महिला आरक्षणलाई पनि समावेशी गराई पदपूर्ति गरिने छ।यसअघि निजामती सेवामा खस आर्य र थारु समुदायका लागि आरक्षण थिएन । महिला आरक्षण भित्र पनि समावेशी बनाउने व्यवस्था समेत थिएन ।

संसदमा सोमबार दर्ता भएको संघीय निजामती सेवा विधेयकको दफा १० र ११ मा पदपूर्ति सम्बन्धी व्यवस्था छ । राजपत्र अनंकित पाँचौ श्रेणी, राजपत्र अनंकित द्वितीय श्रेणी (खरदार), राजपत्र अनंकित प्रथम श्रेणी (सुब्बा), राजपत्रांकित तृतीय श्रेणी (अधिकृत), राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव), राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) पदमा पदपूर्ति गरिने छ ।

संघीय निजामती सेवाको रिक्त पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्दा खुला प्रतियोगिताबाट पूर्ति हुने पदमध्ये ४९ प्रतिशत पद छुट्टाई सो प्रतिशतलाई शतप्रतिशत मानेर त्यसको ५० प्रतिशत पदमा महिलाहरुबीच मात्र प्रतिस्पर्धा गराइने छ । बाँकी पदमा अन्य समूहबीच प्रतिस्पर्धा गराइने छ ।

महिला उम्मेदवारहरु बीचमा मात्र हुने प्रतिस्पर्धामा खस आर्यका लागि २७ दशमलव ७ प्रतिशत, आदिवासी जनजातिका लागि २५ दशमलव ७ प्रतिशत, मधेशीका लागि १५ दशमलव ३ प्रतिशत, दलितका लागि १२ दशमलव ७ प्रतिशत र थारु समुदायका लागि ६ दशमलव ६ प्रतिशत आरक्षण प्रस्ताव गरिएको छ ।

यसैगरी मुस्लिम, पिछडिएको क्षेत्र र अपांगता भएका व्यक्तिका लागि समान ४-४ प्रतिशत आरक्षण प्रस्ताव गरिएको छ ।

महिलाहरु बीचमा मात्र प्रतिस्पर्धा हुने बाहेकका बाँकी ५० प्रतिशत पदलाई शतप्रतिशत मानी विभिन्न समूहका उम्मेदवारहरुबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिने छ ।

यसमा आदिवासी जनजातीका लागि ३२ दशमलव ५ प्रतिशत, मधेशीका लागि १९ प्रतिशत, दलितका लागि १५ दशमलव ५ प्रतिशत र विपन्न खस आर्यका लागि १० प्रतिशत कोटा निर्धारण गरिएको छ ।

यसैगरी थारुका लागि ९ प्रतिशत, मुस्लिम र पिछडिएको क्षेत्रका लागि समान ५-५ प्रतिशत तथा अपांगता भएका व्यक्तिका लागि ४ प्रतिशत कोटा प्रस्ताव गरिएको छ ।
निजामती सेवामा थारुको अलग्गै क्लस्टर नछ्ट्याई आदिवासी जनजाती क्लस्टरभित्र राखिएको थियो ।

संघीय निजामती सेवा ऐन २०४९ मा निजामती सेवालाई समावेशी बनाउन खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शतप्रतिशत मानी महिला, आदिवासी जनजाती, मधेशी, दलित, अपांग र पिछडिएको क्षेत्रको क्लस्टरमा छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति हुने व्यवस्था छ ।

महिलामा ३३ प्रतिशत, आदिवासी जनजातीमा २७, मधेसीमा २२, दलितमा ९, अपांगमा ५ र पिछडिएको क्षेत्रमा ४ प्रतिशत आरक्षणको व्यवस्था छ ।

थारु कल्याणकारिणी सभा लगायतले लोक सेवा आयोगले गर्ने कर्मचारी पदपूर्तिको विज्ञापनहरुमा जनसंख्याको आधारमा थारु समुदायलाई आरक्षणको व्यवस्था माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सर्वोच्चले पनि थारू समुदायलाई सरकारी सेवामा आरक्षणको व्यवस्था गर्न सरकारको नाममा परमादेश जारी गरेको थियो ।