थारू सांसदले उठाए संसदमा स्वर्गद्वारी गुठीको समस्या

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले नेपाली खेलाडीले विभिन्न खेलकुदमा कीर्तिमान राखिरहेको अवस्थामा सरकारले ती खेलाडीलाई आवश्यक प्रोत्साहन गर्न नसकेको बताएका छन्। उनले पुरुष र महिला खेलाडीबीच विभेद गर्न नहुने बताए।

त्यस्तै एमाले सांसद आस्माकुमारी चौधरीले स्वर्गद्वारीमा गुठीको समस्याले किसान धर्नामा बसेकाले उनीहरूको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन्।

नेपाली कांग्रेसका सांसद कल्पना चौधरीले राष्ट्रिय गौरवको आयोजना कार्यान्वयनमा प्रभावकारीताका लागि ध्यानाकर्षण गराइन्। नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले विकास निर्माणका योजना वितरणमा पक्षपात देखिएको भन्दै आगामी दिनमा त्यस्तो हुन नहुने बताए।

नेपाली क्रिकेटरले पाउने भए एक लाखसम्म तलब, को को परे?

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीहरूको ग्रेड छुट्याएको छ। क्यानले पुरुषतर्फ ३० जना र महिलातर्फ १९ जना खेलाडीको ग्रेड छुट्याएको हो। ए, बी, सी, डी र इमर्जिङ क्याटोगरी गरी पाँच वर्गमा छुट्याइएको पुरुषतर्फका खेलाडीहरूको तलब पनि एक लाख पुर्‍याइएको छ। Continue reading “नेपाली क्रिकेटरले पाउने भए एक लाखसम्म तलब, को को परे?”

लोसपा परित्याग गरी बहुराष्ट्रिय राज्य स्थापनाका लागि अभियानमा हिंडे राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्। नेता महतले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। बहुराष्ट्रिय राज्य स्थापनाका लागि भन्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियानको घोषणा समेत गरेका छन्।

उनले अभियानमा आउन लोपसालाई पनि आह्वान गरेका छन् । बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको नाममा बृहत् प्रशिक्षण कार्यक्रमको समेत सुरुवात गरिएको उनले जानकारी दिए। पहिचानवादीहरू एकल आयामिक गोलचक्करमा फसेकै कारण विगत चार दशक अगाडि सुरु भएको पहिचानावादी आन्दोलन साशकीय षडयन्त्रको शिकार भइ अधुरो रहन गएको उनको भनाइ छ।

उनले हिमाल, पहाड, तराईका अधिकार तथा पहिचानवादी उत्पीडित राष्ट्रियताहरू तथा देशमा सुशासन र समृद्धि चाहनेहरू सबै संयुक्त रुपमा एकताबद्ध भइ बहुल राष्ट्रिय राज्य निर्माणको निम्ति राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेको बताए । अहिले अभियानको मात्रै घोषणा गरिएको र पार्टीको रुप ग्रहण नगरेको उनको भनाइ छ ।

महतोले देशमा एकल राष्ट्रिय राज्यको चिन्तन र सोचबाट संविधान निर्माण र राज्यको संचालन भइरहेको कारणले नेपाल सवै नेपालीको लागि बन्न नसकेको तर्क गरे।

सुरक्षा घेरा तोड्दै संसद् भवनभित्र नाराबाजी

सुरक्षा घेरा तोडेर संसद भवनभित्र लघुवित्त पीडितहरू प्रवेश गर्नू गम्भीर सुरक्षा लापरबाही भएको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ। तर, घटना किन र कसको लापरबाहीले भयो भन्ने कुरा थाहा पाउनचाहिँ छानबिन समितिको प्रतिवेदन कुर्नुपर्ने भएको छ।

घटनामा गम्भीर लापरबाही भएको निष्कर्ष निकालेको गृह मन्त्रालयले त्यहाँ खटिएका ३२ जना प्रहरी अधिकारीहरूलाई हटाउने निर्णयसमेत गरेको छ। गृहको निर्णयलगत्तै प्रहरी प्रधान कार्यालयले त्यहाँ खटिएका ३२ जना प्रहरीलाई हटाएर संसद भवनको सुरक्षार्थ नयाँ टोली खटाएको छ।

घटना भएपछि सोमबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह सचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरूको आकाश्चिमक बैठक डाकेका थिए। गृह मन्त्रालयमा भएको उक्त बैठकले निषेधित क्षेत्र तोडेर संसद भवनभित्र लघुवित्त पीडितहरू प्रवेश गर्नुले ठूलो सुरक्षा चुनौती खडा गरेको निष्कर्ष निकालेको स्रोतले बताएको छ। तर, गृह मन्त्रालयले चाहिँ गृह मन्त्रीले सुरक्षा प्रमुखहरूसँग गरेको छलफललाई नियमित भनेको छ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सुरक्षा प्रमुखहरूसँग नियमित बैठकअन्तर्गत छलफल भएको बताए। उनले सोमबार संसद भवनमा भएको घटनाका विषयमा गम्भीर समीक्षा भएको बताए। ‘संसदजस्तो संवेदनशील क्षेत्रमा कसरी सुरक्षा लापरबाही भयो भन्ने विषयमा समीक्षा भयो। प्रहरीले यस विषयको छानबिन गर्दैछ। छानबिनपछि गृहले अन्य प्रक्रिया अगाडि बढाउँछ,’ अन्नपूर्णसँग उनले भने।

सुरक्षामा खटिएकाहरूबाटै लापरबाही भएपछि मन्त्री श्रेष्ठले नेपाल प्रहरीका आइजीपी बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासँग छलफल गरेका हुन्। बैठकमा गृह सचिव दिनेश भट्टराई र काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत पनि सहभागी थिए।

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका लघुवित्त र मिटरव्याज पीडितहरूले सोमबार निषेधित क्षेत्र तोडेर संसद भवन प्रवेश गरेका थिए। उनीहरूले न्याय माग गर्दै संसद भवन प्रवेश गरेका थिए। संसद भवनमा उनीहरूलाई प्रहरी र मर्यादापालकहरूले रोकेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले निषेधित क्षेत्र तोडेको आरोपमा ४९ जनालाई नियन्त्रणमा लिएको बताए।

घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालयका डीएसपी छन्।

यसैबीच प्रहरी प्रधान कार्यालयले संसद भवनको सुरक्षार्थ खटिएका ३२ जना प्रहरीलाई त्यहाँबाट हटाएको छ। संवेदनशील क्षेत्रमा गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले त्यहाँ खटिएका प्रहरी अधिकारीहरूलाई हटाएको हो। यस विषयमा सभामुख देवराज घिमिरेले पनि चासो राखेका छन्। उनले गृहमन्त्री श्रेष्ठ र आइजीपी कुँवरसँग घटनाबारे जानकारी लिएका थिए।

रेशम चौधरीलाई निर्वाचन आयोगको १० प्रश्न, महाधिवेशन र अध्यक्ष पद वैधानिक हो कि होइन भन्दै मग्यो जवाफ

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन र अध्यक्ष रेशम चौधरीको सदस्यतामाथि प्रश्न उठाएको छ। गत पुस २६-२८ मा भएको पार्टीको प्रथम महाधिवेशनबाट रेशम चौधरी अध्यक्षमा सर्वसम्मत भएका थिए। नागरिक उन्मुक्ति पार्टीले रेशम नेतृत्वको नयाँ कार्यसमितिको अद्यावधिकका लागि गत माघ २९ गतगे निर्वाचन आयोगमा निवेदन दिएको थियो। रेशम चौधरी अध्यक्ष निर्वाचित भएलगत्तै गत माघ ३ गते निर्वाचन आयोगमा उनीविरुद्ध दुई वटा उजुरी परेको थियो। सोही उजुरीका आधारमा आयोगले अध्यक्ष चौधरी र नागरिक उन्मुक्ति पार्टीलाई छुट्टा छुट्टै पत्र काटेको हो। आयोगले ७ दिनभित्र पत्रको जवाफ पठाउन भनेको छ।

आयोगले सोधेका मुख्य प्रश्नहरू यी हुन्?
– रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीको सदस्यता कुन मितिमा लिएका हुन्? रेशम चौधरीलाई पदाधिकारी बनाएको देखिएको हुँदा उक्त विषय विधान सम्मत हो कि होइन? नागरिक उन्मुक्ति पार्टीको अन्तरिम विधान २०७८ को धारा १५ मा पदाधिकारी हुन कम्तिमा एक कार्यकाल केन्द्रीय कमिटीको सदस्य हुनुपर्नेछ व्यवस्था छ।

– रेशम चौधरी केन्द्रीय समितिमा कहिले र कुन कार्यकाल केन्द्रीय कमिटीमा रहेका थिए? सो विवरण खुल्ने कागजात के छन्? त्यसका आधार र कारण के-के छन्?

– २०८०/०९/२६ देखि २८ सम्म गरेको प्रथम महाधिवेशन राजनीतिक दल सम्बन्धी ऐन २०७३ र पार्टीको विधान बमोजिम भएको हो कि होइन?

– मिति २०८०/०६/१३ गतेको केन्द्रीय समितिको बैठकको निर्णयले रेशम चौधरीलाई महाधिवेशन आयोजक समितिको संयोजक बनाउने गरी गरेको निर्णय विधानसम्मत छ कि छैन? निज संयोजक भई सम्पन्न गरेको दलको महाधिवेशनलाई वैधानिकता दिन मिल्छ कि मिल्दैन? आधार र कारण के छन्?

– कर्तव्य ज्यान समेतको कसूरमा जन्मकैदको सजाय पाएको व्यक्तिलाई दलको सदस्यता प्रदान गर्न मिल्छ कि मिल्दैन ? त्यसका आधार र कारण के छन्?’

-तपाईं रेशम चौधरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १४ बमोजिम राजनीतिक दलको सदस्य बन्न योग्य हो वा होइन? त्यसका आधार र कारण के हुन्?

– तपाईंले मुद्दा नम्बर ०७७-सिआर-१०७५ को कर्तव्य ज्यान समेतको कसूरमा दोषी ठहरिई सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएको हो कि होइन? कर्तव्य ज्यान समेतको कसुर नैतिक पतन देखिने फौजदारी कसुरमा पर्छ वा पर्देन?

– कर्तव्य ज्यान समेतको कसूरमा अदालतबाट भएको जन्मकैदको सजायमा नेपालको संविधानको धारा २७६ बमोजिम राष्ट्रपतिबाट सजायको माफी भएको हो वा होइन? उक्त माफीविरूद्ध अदालतमा कुनै मुद्दा परेको छ वा छैन? मुद्दा परेको छ भने कुन अवस्थामा छ?

– तपाईंले कर्तव्य ज्यान समेतको कसूरमा अदालतबाट भएको सजायमा माफी पाएको आधारमा कर्तव्य ज्यान समेतको कसूर नगरेको वा कर्तव्य ज्यान समेतको कसूरमा सजाय नपाएको भन्न मिल्छ वा मिल्दैन? त्यसका आधार र कारण के छन्?

– राष्ट्रपतिबाट भएको माफी बमोजिम लगतकट्टा भए/नभएको जानकारी गराउनुहोला?

 

टियुमा स्नातक कार्यक्रम फेरि तीन वर्षे बनाउने तयारी

त्रिभुवन विश्वविद्यालय (टीयु)का नवनियुक्त उपकुलपति प्राडाकेशरजंग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने जानकारी भएको छ। त्रिविले २०७१ /०७२ सालदेखि व्यवस्थापन संकाय तर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुआत गरेको थियो। Continue reading “टियुमा स्नातक कार्यक्रम फेरि तीन वर्षे बनाउने तयारी”

भुटानमाथि चीनको दादागिरी, जबर्जस्ती सीमा मिचेर गाउँ बसाल्दै

चीनका प्रायः सबै छिमेकीहरूसँग क्षेत्रीय विवाद भएको देश भएकोले, यसको विस्तारवादी एजेन्डा, विशेष गरी तिब्बतसँग जोडिएका क्षेत्रहरू हिमालय क्षेत्रका देशहरूका लागि चिन्ताको विषय बनेको छ। Continue reading “भुटानमाथि चीनको दादागिरी, जबर्जस्ती सीमा मिचेर गाउँ बसाल्दै”

लुम्बिनी प्रदेशको विज्ञापन रद्द गर्न थारूसहित संवैधानिक आयोगको माग

विभिन्न संवैधानिक आयोगहरूले लुम्बिनी प्रदेश लोक सेवा आयोगले निकालेको विज्ञापनप्रति आपत्ति जनाउँदै रद्द गर्न माग गरेका छन्। मुस्लिम आयोग, थारु आयोग, जनजाती आयोग, समावेशी आयोग, मधेशी आयोग, दलित आयोग र महिला आयोगले बुधबार ललितपुरमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपालको संविधान विपरीत र समानुपातिक समावेशिताको सिद्धान्त विपरीत लुम्बिनी लोक सेवा आयोगले पदपूर्तिको सूचना निकालेको भन्दै रद्द गर्न माग गरेको हो।

लुम्बिनी प्रदेश लोक सेवा आयोगबाट गत माघ २६ गते प्रकाशित स्थानीय सरकारी सेवाअन्तर्गत सहायकस्तर पाँचौ तहका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन र फागुन ३ गते प्रकाशित उक्त पदहरूकै संशोधित विज्ञापनमाथि गम्भीर ध्यानाकर्षण भएको संवैधानिक आयोगहरूको भनाइ छ।

उक्त विज्ञापन नेपालको संविधानको प्रावधान र लुम्बिनी प्रदेश निजामती सेवा ऐनको व्यवस्था विपरीत रहेको थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले बताए। उनले प्रदेश निजामती सेवा ऐनलाई कार्यान्वयन नगरी समानुपातिक समावेशीताको सिद्धान्तका साथै समग्र संवैधानिक प्रावधान एवं कानुनी व्यवस्था विपरीत भएकाले रद्द गर्नुपर्ने बताए।

त्यस्तै मुस्मिल आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कानुनसम्मत ढंगले पुनः विज्ञापन आह्वान गर्नका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराए। उनले आरक्षणका लागि पटक-पटक आवाज उठाए पनि पूर्णरूपमा कार्यान्वयन हुन नसक्नु दुःखद रहेको बताए।

भारत भ्रमणमा जाँदा नेपालीले अब सहजै सिम कार्ड पाउने

नेपालीहरू भारत भ्रमणमा जाँदा अब सजिलै त्यहाँको सिम कार्ड खरिद गर्न पाउने भएका छन्। भारत सरकारले सोमबार नेपाल र भुटानी नागरिकका लागि सजिलै सिम कार्ड खरिद गर्न सकिने व्यवस्था ल्याएको हो। भारतको सञ्चार मन्त्रालयले सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो।

भारत भ्रमणमा जाँदा नेपालीले नागरिकता, भोटर कार्ड, पासपोर्टमध्ये कुनै एकबाट त्यहाँको सिम कार्ड खरिद गर्न पाउने भएका हुन्। त्यस्तै भारतस्थित नेपाली दूतावासले जारी गरेको फोटोसहितको प्रमाणपत्रले पनि सिम कार्ड खरिद गर्न सकिनेछ।

भारत भ्रमणमा गएका नेपालीले सिम कार्ड नपाउँदा सास्ती भोग्दै आएका थिए। सिम कार्ड नपाएर सास्ती भोग्न थालेपछि काठमाडौंस्थित भारतीय दूतावासमा नेपालीहरूले गुनासो टिपाएका थिए। दिनहुँ गुनासो आउन थालेपछि नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपालीहरूका लागि सिम कार्ड वितरणमा सहजता प्रदान गर्न भारत सरकारसँग पहल गरेका थिए। राजदूत श्रीवास्तवको निरन्तर प्रयासपछि भारत सरकारले नेपाली र भुटानी नागरिकका लागि सिम कार्ड वितरणमा सहजता ल्याएको हो।

नेपालीहरूले सहजरूपमा सिम कार्ड पाउने भारत सरकारले निर्णय गरे पनि यसको कार्यान्वयनका लागि भने केही समय लाग्ने बताइएको छ।

यसअघि विदेशीहरूका लागि सिम कार्ड पाउन पासपोर्टमा भिसा स्ट्याम्पको आवश्यकता अनिवार्य रहेको थियो। आधार कार्ड नभएका र पासपोर्टमा भिसा नभएका विदेशीहरूले भारतीय सिम कार्ड नपाउने भएपछि त्यसको प्रत्यक्ष मारमा नेपाली र भुटानीहरू परेका थिए।

चौतरिया बघडिया पटिदारीको २३औं सम्मेलनमा थारू जातिको उत्पति र उदगमबारे बहस 

चौतरिया बघडिया पटिदारी चितवनको २३औं वार्षिक सम्मेलन रत्ननगर-८, सौराहास्थित होटल जंगल प्यालेसमा सम्पन्न भएको छ। थारू कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलनमा थारू पत्रकार संघ नेपालका केन्द्रीय कोषाध्यक्ष कारी महतोले थारू जातिका पटिदारी बारे एक अवधारणा पत्र प्रस्तुत गरेका छन्।

अवधारणा पत्रमा थारू समुदायको उत्पत्ति र उदगमको इतिहास खोतल्ने प्रयास गरिएको छ। दुईवटा छुट्टाछुट्टै वैज्ञानिक समूहले चितवन लगायत नेपाल र भारतका थारूहरूको डिएनए परिक्षणको नतिजाअनुसार थारू समुदाय दक्षिण एशियाको उत्तरी भूभागबाट उत्पत्ति भएको र यस क्षेत्रको पहिलो बासिन्दा रहेको तथ्य उजागर गरेका छन्। उनका अनुसार सन् १९८६ र २०१० मा विश्वभरका वैज्ञानिक डाक्टरहरूका दुई समूहले थारूहरूका डिएनए परिक्षण गरी नतिजा निकालेका छन्।

जंगली युगमा समूह समूहमा रहने आदिमानवहरूको विकसित रूप नै थारू समुदायको पटिदारी समूह हो भनेर अवधारणा पत्रमा उल्लेख छ। पहिला काजक्रियामा मात्र भेला हुने सयौंको संख्यामा रहेको पटिदारी समूहहरू अहिले वार्षिक भेला गर्ने र बचत संकलन गर्ने गर्छन्। ती सबै पटिदारी समूहलाई थारू कल्याणकारिणी सभाले भातृसंस्थाको दर्जा दिई आबद्ध समूहहरूको अन्तर पटिदारी सञ्जालू निर्माण गरी संकलित रकमहरूलाई कानूनी मान्यता प्राप्त हुने वित्तीय संस्था सञ्चालन गर्नुपर्ने अवधारणामा उल्लेख छ।

सम्मेलनको समुदघाटन समारोहका प्रमुख अतिथि थारू कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीलगायत विशेष अतिथि रत्ननगर नगरपालिका वडा-८ का वडाध्यक्ष कृष्ण चौधरी, थारू पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष सन्त कुमार चौधरी, थारू कल्याण महासंघ पश्चिम चम्पारण, जम्हौली तापाका अध्यक्ष तथा सहारा दैनिकका सम्पादक भूपेश प्रसाद राय, पटलहरा वंशावली सेवा समाजका केन्द्रीय अध्यक्ष विक्रम चौधरीले मन्तव्य व्यक्त गरे साथै पट्दार लिलावती चौधरीले स्वागत मन्तव्य व्यक्त गरे।

कार्यक्रममा चौतरिया बघडिया पटिदारीका कोषाध्यक्ष आदिराम महतोले आर्थिक प्रतिवेदन र सचिव यसराम महतोले प्रगति प्रतिवेदन प्रस्तुत गरे। सम्मेलन चौतरिया बघडिया पटिदारीका अध्यक्ष मागर महतोको सभाध्यक्षतामा सम्पन्न भएको थियो।