नेपालले क्यानडाविरुद्धको एक दिवसीय शृङ्खला क्लीन स्वीप गरेको छ। अनिल साह र भीम सार्कीको कीर्तिमानी साझेदारीसँगै नेपालले क्यानडाविरुद्धको अन्तिम खेलमा ९ विकेटको शानदार जित हात पारेको हो। Continue reading “नेपालले क्यानडाविरुद्धको शृङ्खला गर्यो क्लिन स्वीप”
Author: Madan Kumar
२७८ बिलियन डलर गर्चिँदासमेत उत्पादन वृद्धि बढाउन चीन असफल
‘ट्रेडिङ इकोनोमिक्स’का अनुसार सन् १९९० देखि २०२३ सम्म चीनमा निक्षेपको ब्याजदर औसत १.०३% थियो। सबैभन्दा उच्च जुलाई १९९३ मा ३.१५% थियो र अहिले ०.३५% मा शासन गरिरहेको छ। यो विकसित राष्ट्र जस्तै हो। तर, चीन विकसित राष्ट्र होइन । Continue reading “२७८ बिलियन डलर गर्चिँदासमेत उत्पादन वृद्धि बढाउन चीन असफल”
थारू साहित्य सम्मेलनमा रामसागर चौधरी र शान्ति चौधरी सम्मानित
सुनसरीको गढीमा आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन सुरु भएको छ। गढी गाउँपालिकास्थित गढी वन सामुदायिक भवनमा सुरु भएको थारू राष्ट्रिय साहित्य सम्मेलनको उद्घाटन एमाले नेतृ एवं सांसद भगवती चौधरीले गरिन्। Continue reading “थारू साहित्य सम्मेलनमा रामसागर चौधरी र शान्ति चौधरी सम्मानित”
अध्यक्ष बनेकोमा रेशम चौधरीलाई प्रधानमन्त्रीले दिए बधाई, भयो महत्वपूर्ण छलफल
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो।
पार्टीको प्रथम महाधिवेशनबाट अध्यक्षमा निर्वाचित बनेका चौधरीलाई प्रधानमन्त्री दाहालले सफल कार्यकालको शुभकामना दिएका थिए। पार्टीको अध्यक्ष चयन भएपछि आउनसक्ने कानुन जटिलताका विषयमा पनि उनीहरूबीच छलफल भएको स्रोतले जानकारी दिएको छ।
टीकापुर घटनामा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका चौधरीलाई नैतिक पतन देखिने भन्दै अध्यक्ष बन्न नसक्ने तर्कहरू सार्वजनिक भइरहेका छन्। निर्वाचन आयोगले यसअघि नै अद्यावधिकका लागि निवेदन आएपछि यस विषयमा मन्त्रिपरिषद्लाई पत्र काट्ने जानकारी दिइसकेको छ। मन्त्रिपरिषद्बाट कस्तो खालको प्रतिक्रिया आउने विषयमा पनि अध्यक्ष चौधरीले चासो राखेको स्रोतको भनाइ छ। यद्यपि प्रधानमन्त्री दाहालले यस विषयमा एकीन जवाफ नदिएको बालुवाटार स्रोतको भनाइ छ।
अध्यक्ष चौधरीले मधेस-थरुहट आन्दोलनका विषयमा छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गरेका थिए। टीकापुर घटनाको यथार्थ प्रतिवेदनमै खुलेको भन्दै उनले प्रधानमन्त्री दाहाललाई सार्वजनिक गर्न दाबाब दिएका थिए।
अध्यक्ष चौधरीले भने समसमायिक विषयवस्तुमा छलफल भएको बताए। उनले टीकापुर विमानस्थल निर्माण र पार्टीले पाएको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको कामकारबाहीबारे चर्चा गरेका थिए। रेशम पत्नी रञ्जिता श्रेष्ठ भूमी व्यवस्था मन्त्री रहेकी छन्।
क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित
कप्तान रोहित पौडेल चम्किँदा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित हात पारेको छ। कप्तान पौडेलले ४ विकेट लिएपछि नेपालले क्यानडालाई ७ रनले हराएको हो। टियु क्रिकेट मैदानमा सुरुवातदेखि दबाबमा परेको नेपालले अन्त्यतिर उत्कृष्ट पुनरागमन गरेको हो। ८.५ ओभर खेलेका कप्तान पौडेलले २२ रन दिएर ४ विकेट लिएका थिए। उनले दुई मेडन ओभर फालेका थिए। त्यस्तै ललित राजबंशी २ र सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले एक-एक विकेट लिए।
२२५ रनको विजय लक्ष्य पाएको क्यानडाले सुरुवातदेखि नेपालालई दबाबमा राखेको थियो। क्यानडाका लागि निकोलश किर्टोन र पर्गत सिंहले अर्धशतक प्रहार गरेर नेपाललाई दबाबमा राखेको थियो। निकोलश ६८ र पर्गत ५० रनमा पेभेलियन फर्किएका थिए। त्यस्तै हर्स थाकेरले ३२ र आरुन जोह्नसनले २० रन बनाए भने अन्यले दोहोरो अंकको रन जोड्न सकेनन्।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा अलआउट हुँदै २२४ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए।
त्यस्तै आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सर्राफले १५ र सूर्य तामाङले अविजित १० रन बनाए।
नेपालले क्यानडासँग एक दिवसीय तीन खेल खेल्दैछ।
माल्दिभ्सको संसदीय चुनाव राष्ट्रपति मुइज्जुका लागि हुनेछ परीक्षा
माल्दिभ्सको २०१९ संसदीय चुनावमा, माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) ले ८७ सिट भएको संसदमा ६५ सिट जितेको छ। इब्राहिम मोहम्मद सोलिहको नेतृत्वमा माल्दिभ्सको इतिहासमा एउटै पार्टीले संसदमा यति ठूलो संख्यामा सिट जित्न सफल भएको यो पहिलो पटक हो। २०२४ माल्दिभ्सको संसदीय चुनाव १७ मार्च २०२४ को लागि तय गरिएको छ। माल्दिभ्सको निर्वाचन आयोग (EC) ले १० जनवरी २०२४ मा यो खुलासा गरेको थियो। Continue reading “माल्दिभ्सको संसदीय चुनाव राष्ट्रपति मुइज्जुका लागि हुनेछ परीक्षा”
थारू कोटासम्बन्धी सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन गर्न सांसद चौधरीको माग
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले थारू कोटासम्बन्धी सर्वोच्च अदालतले दिएको परमादेश कार्यन्वयन गर्न माग गरेका छन्। संसद बैठकको शून्य समयमा बोल्दै उनले यथाशिघ्र संघीय निजामती विधेयकलाई पारित गरेर थारू आरक्षणको व्यवस्था गर्न माग गरेका हुन्। Continue reading “थारू कोटासम्बन्धी सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन गर्न सांसद चौधरीको माग”
सहकारीलाई छानबिनको दायरमा ल्याउन सांसद अमनलाल मोदीको माग
नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले देशभरकै सहकारी संस्थालाई छानबिनको दायरमा ल्याउन माग गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन्। Continue reading “सहकारीलाई छानबिनको दायरमा ल्याउन सांसद अमनलाल मोदीको माग”
प्रभु शाहको पार्टीले बनायो थारू मोर्चा
प्रभु शाह नेतृत्वको आम जनता पार्टीले १५ संगठनमा नेतृत्व चयन गरेको छ। केन्द्रीय समितिको बैठकले १५ संगठनको इन्चार्ज र अध्यक्ष तोकेको प्रवक्ता चन्द्र भुषण शाहले बताए। आम जनता पार्टीले आम थारु मोर्चासमेत गठन गरेको छ। जसको इन्चार्जमा पलट चौधरी र संयोजकमा सरोज चौधरी तोकिएका छन्। Continue reading “प्रभु शाहको पार्टीले बनायो थारू मोर्चा”
‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक नेपालबाट निष्कासित
चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट संस्थाकी मुख्य निर्देशक सोउ सिच्याङ नेपालबाट डिपोर्ट भएकी छिन्। उनी अवैध रूपमा नेपाल बसेको पुष्टी भएसँगै डिपोर्ट भएकी हुन्। Continue reading “‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक नेपालबाट निष्कासित”