नेपालबाट निष्कासित हुनेमा सबैभन्दा धेरै चिनियाँ

गृह मन्त्रालयले सन् २०२३ मा २०९ जना चिनियाँ नागरिकसहित ४५८ जना विदेशी नागरिकलाई निष्कासन गरेको छ। गृह मन्त्रालयले लागुपदार्थ दुर्व्यसनी, जाली राहदानी, विदेशी मुद्रा अपचलन, ओभर स्टेलगायत मुद्दामा ४५८ जनालाई निष्कासन (डिपोर्ट) गरेको हो। Continue reading “नेपालबाट निष्कासित हुनेमा सबैभन्दा धेरै चिनियाँ”

सीके राउतको राजनीतिक प्रतिवेदन : रेशम चौधरीलाई जतिखेर पनि जेलमा हाल्दिने डर छ

जनमत पार्टीका अध्यक्ष सीके राउतले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई जतिखेर पनि पुन जेलमा हाल्दिने डर रहेको उल्लेख गरेका छन्। अध्यक्ष राउतले पार्टीको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा सोही कारणले गठबन्धनका बैठकहरूमा होस् कि सरकारमा, नागरिक उन्मुक्ति पार्टी बोल्नसमेत असमर्थ रहेको उल्लेख गरेका छन्।

यिनै कारणले नयाँ पार्टीलाई पुराना पार्टी वा ती पार्टीका नेताहरूविरुद्ध जान नसक्ने बाध्यात्मक परिस्थिति रहेको उनको निष्कर्ष छ। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पासपोर्ट काण्ड, अडियो प्रकरण, सहकारी काण्डजस्ता अनेकौं काण्डमा मुछिँदा यसको नेत्तृत्व पुराना पार्टीको चक्रव्यूह र घेरामा परिसकेको अवस्था आएको उल्लेख गरेका छन् भने आफू स्वयं गठबन्धविरुद्ध उभिँदा बारामा प्रहरी लगाएर घेरा हालेको बताएका छन्। उनले राष्ट्रिय पोशाक दिवसको अवसरमा आफूसहित संघीय मन्त्रीलाईसमेत लछारपछार गरेर प्रहरी पक्राऊ गर्न पछाडि नपरेको उल्लेख गरेका छन्। तसर्थ नयाँ पार्टीहरूले वर्तमान संसद् वा व्यवस्थाबाटै केही गरिहाल्ने अवस्था नभएको उनको निष्कर्ष छ।

‘नागरिक उन्मुक्ति पार्टीको हालत पनि उस्तै छ- सरकार वा पुराना पार्टीको विरोधमा अलिकति कुरा उठाउने वित्तिकै माओवादी नेतृत्वको सरकारको सिफारिसमा आममाफी पाएका संरक्षक श्री रेशम चौधरीलाई जतिखेर पनि पुनः जेलमा हाल्दिने डर छ। सोही कारणले गठबन्धनका बैठकहरूमा होस् कि सरकारमा, नागरिक उन्मुक्ति पार्टी बोल्नसमेत असमर्थ छ र गठबन्धनका निर्देशहरू खुरुखुरु पालन गर्न बाध्य छ,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एजेण्डामा भने समानता देखिएको उनको भनाइ छ। तर, नागरिक उन्मुक्ति पार्टीले ‘गणतन्त्र नेपालको घोषणासँगै ५८ वर्ष पहिले सुरु एको नेपालको पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो र नेपाली समाज समाजाद निर्माणको चरणमा प्रवेश गर्‍यो’ भन्ने गलत निष्कर्ष अरू पार्टीको घोषणापत्रहरूबाट कपी गरेको राउतले उल्लेख गरेका छन्। राज्यको शासकीय स्वरूपमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनुपर्ने, सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू हुनुपर्ने, राइट टू रिकल राइट टू रिजेक्टजस्ता नागरिक उन्मुक्ति पार्टीका धेरै एजेण्डाहरू जनमत पार्टी जस्तै भएको उनले उल्लेख गरेका छन्।

त्यस्तै रास्वपाले मधेसी, आदिवासी, थारू, सीमान्तिकृत समुदायको मुद्दा सम्बोधन गर्न नसक्ने उल्लेख गरेका छन्। उनले संघीयता र प्रदेशको विरोध, मधेसका नेता र दलहरूको विरोध, थरुहट आन्दोलनको मर्म रास्वपाले नबुझेको निष्कर्ष निकालेका छन्।

थारू साहित्य राष्ट्रिय सम्मेलनको तयारी पूरा, दुई जना स्रष्टा सम्मानित हुँदै

थारू साहित्य राष्ट्रिय सम्मेलनको ८औं संस्करण शुक्रबादेखि सुनसरीमा आयोजना हुँदैछ। हौली परिवार सुनसरी, मोरङ तथा थारू लेखक संघ नेपालको संयुक्त आयोजना र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सुनसरीको गढी गाउँपालिका-२ स्थित गढीथानमा  माघ २६ र २७ गते सम्मेलन हुन लागेको हो। सम्मेलनमा देशभरिबाट साहित्यप्रेमीहरू उपस्थित हुने आयोजकले जनाएको छ।

सम्मेलनमा थारु साहित्यकारबाहेक देशभरिका थारू समुदायसँग आवद्ध संघसंस्थाका तीन सयजना प्रतिनिधिहरुको सहभागिता रहने आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा हौली परिवारका अध्यक्ष श्रवण सुतिहार थारूले बताए‍। सम्मेलनको उद्‍घाटन एमाले नेतृ एवं सांसद भगवती चौधरीले गर्नेछिन्।

सम्मेलनमा थारू समुदायको पुस्तक विमोचन, थारू भाषा साहित्यका लेखक तथा थारु महिला सशक्तिकरणको अभियन्तालाई सम्मान गर्ने कार्यक्रम छ। सम्मेलनमा थारू भाषाको मानकता, थारू समुदायको इतिहास, धर्म र संस्कृति, थारु साहित्यमा अनुवाद कार्य, सुनसरी, मोरङको थारु साहित्यको अवस्था, थारु सामूहिक भवनको औचित्य, थारूकेन्द्रित विकासका लागि जनप्रतिनिधिको बहस लगायतबारे  विज्ञसँग प्यानल छलफल हुने जनाइएको छ।

यसैबीच थारू साहित्य राष्ट्रिय सम्मेलनमा दुई जना स्रष्टा सम्मानित हुने भएका छन्। लेखकद्वय रामसागर चौधरी र शान्ति चौधरी पुरस्कृत हुने आयोजकले जनाएको छ। रामसागरलाई थारु साहित्य पुरस्कार २०८० र शान्ति चौधरीलाई प्रतिभा महिला सशक्तीकरण पुरस्कार २०८० प्रदान गरिने थारु लेखक संघका केन्द्रीय संयोजक कृष्णराज सर्वहारीले बताए। पुरस्कारको राशि ३० हजार र १५ हजार रहेको छ।

नागरिक उन्मुक्ति पार्टीले स्थापना दिवस मनाउने

नागरिक उन्मुक्ति पार्टीले स्थापना दिवस मनाउने भएको छ। पार्टी केन्द्रीय अध्यक्ष रेशमलाल चौधरीको अध्यक्षतामा केन्द्रीय कार्यालयमा भएको केन्द्रीय उपाध्यक्षहरूको बैठकले आगामी फागुन ३ गते स्थापना दिवस देशभरि मनाउने निर्णय गरेको हो।

पार्टी महासचिव ठाकुरसिंह थारूका अनुसार, पार्टीको स्थापना दिवस फागुन ३ गतेका दिन केन्द्रीय, प्रदेश, क्षेत्रीय, जिल्ला, पालिका र वडाका प्रमुख चौकहरूमा पार्टीको नाम बीचमा उल्लेख गरी दीप प्रज्जवलन गर्ने निर्णय गरिएको छ। महासचिव थारुले स्थापना दिवसका दिन दीप प्रज्जवलन पछि भौगोलिक, सांस्कृतिक पहिचानसहितको सङ्घीयता जिन्दावाद, समुदायमा आधारित समाजवाद जिन्दावाद र नागरिक उन्मुक्ति पार्टी जिन्दावाद्को नारा लगाउनुका साथै पार्टीको गीत बजाएर खुशियाली साट्टासाट्ट गर्ने निर्णय गरेको बताएका छन्
स्था

पना दिवसका अवसरमा पार्टीको हरेक तहका कार्यसमितिले आ-आफ्नो पार्टी कार्यालयमा जलपान कार्यक्रमको आयोजना गर्ने निर्णय पनि गरिएको महासचिव थारुले जानकारी दिए।

मधेसमा चिनियाँ नागरिकको प्रवेशलाई कडाई गर्न माग

पछिल्लो समय नेपालमा चिनियाँ नागरिकहरू विभिन्न अपराधमा संलग्न हुँदै आएका छन्। अवैधरूपमा बसोबास गरी चिनियाँ नागरिकहरू ठूल्ठूला काण्डहरूमा समेत मुछिदै आएका छन्। जसको ज्वलन्त उदाहरण हो, सुन तस्करी प्रकरण। सुन तस्करी मुद्दामा करिब १० जना चिनियाँलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। Continue reading “मधेसमा चिनियाँ नागरिकको प्रवेशलाई कडाई गर्न माग”

नेपाल-भारत ‘पावर ट्रेड’ सम्झौतामा ‘चिनियाँ हस्तक्षेप’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत जेठमा गरेको भारत भ्रमणकाक्रममा दुई देशबीच दीर्घकालीन विद्युत व्यापार सम्झौता भयो। जसलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत भारत र नेपालबीच दीर्घकालीन ‘पावर ट्रेड एग्रिमेन्ट’ भएको जानकारी गराएका थिए। Continue reading “नेपाल-भारत ‘पावर ट्रेड’ सम्झौतामा ‘चिनियाँ हस्तक्षेप’”

दक्षिणी समुन्द्रमा चिनियाँ हस्तक्षेपप्रति फिलिपिन्सको कडा जवाफ

डा. महिप

राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको नेतृत्वमा फिलिपिन्सले विवादित दक्षिण चीन सागरमा आफ्नो सामुद्रिक प्रतिरक्षालाई बलियो बनाउने लक्ष्य राख्दै पहिलो पनडुब्बी सहितको ठूलो सैन्य स्तरवृद्धिलाई अनुमोदन गरेको छ, फेब्रुअरी ०१ मा साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित रिपोर्ट अनुसार। Continue reading “दक्षिणी समुन्द्रमा चिनियाँ हस्तक्षेपप्रति फिलिपिन्सको कडा जवाफ”

टेक्सास थारु समाजद्वारा कार्यसमिति विस्तार, दुई उपाध्यक्षसहित सदस्यहरू मनोनीत

टेक्सास थारु समाजले थप दुई उपाध्यक्षसहित कार्यकारिणी सदस्य बिस्तार गरेको छ। ह्यास्टेलमा भएको एक भेलाले उपाध्यक्षद्व्य गोपि महतो, योग चौधरी, सचीवमा दीपक दिप चौधरी त्यसैगरी कार्यकारिणी सदस्यमा शान्ती चौधरी, इन्द्रेणी चौधरी, बिक्रम चौधरी, सन्दीप चौधरी, जीवन चौधरी र सबिन चौधरी मनोनीत गरेको हो। Continue reading “टेक्सास थारु समाजद्वारा कार्यसमिति विस्तार, दुई उपाध्यक्षसहित सदस्यहरू मनोनीत”

पालिकाले सरावलमा थारु सांस्कृतिक पार्क बनाउँदै

पश्चिम नवलपरासीमा सरावल गाउँपालिकाले थारु र मधेस सांस्कृतिक पार्क बनाउने भएको छ। सरावलमा पालिकामा थारु र मधेसी सामुदायको बाहुल्यता छ। उनीहरु सांस्कृतिक र पहिचानलाई जगेर्ना हुने गरी पार्क निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए। Continue reading “पालिकाले सरावलमा थारु सांस्कृतिक पार्क बनाउँदै”

पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि गरेको हो। भारतबाट वृद्धि भएर मूल्यसूची आएपछि निगमले पेट्रोलमा ४, डिजेल र मट्टितेलमा २ र ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको हो। Continue reading “पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि”