चीनको नव-साम्राज्यवाद : बीआरआईको शिकारी रणनीतिहरू

डा. महिप
चीनको महत्वाकांक्षी पूर्वाधार परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत विकासोन्मुख देशहरूमा १.३ ट्रिलियन डलर पम्प गरेपछि, पुल र सडक निर्माणबाट यो ठूलो ऋणको बोझ व्यवस्थापनमा ध्यान केन्द्रित भएको छ। Continue reading “चीनको नव-साम्राज्यवाद : बीआरआईको शिकारी रणनीतिहरू”

विवाहको संकट गहिरिएपछि चीनले घोषणा गर्‍यो नवदम्पतीलाई पुरस्कार

चीनमा लैङ्गिक असन्तुलन सबैभन्दा प्रष्ट बन्दै गएको र अविवाहित पुरुषको संख्या बढ्दै गएपछि धेरै प्रान्तका स्थानीय सरकारहरूले अविवाहित पुरुषहरूलाई सफलतापूर्वक विवाह गराउन मद्दत गरेमा मेलमिलापकर्ताहरूलाई नगद पुरस्कार र अन्य प्रोत्साहनहरू प्रदान गर्दै समस्याको समाधान खोज्न अनौठो दृष्टिकोण अपनाएका छन्। Continue reading “विवाहको संकट गहिरिएपछि चीनले घोषणा गर्‍यो नवदम्पतीलाई पुरस्कार”

कांग्रेसको थारू संघमा थारू विद्यार्थी समाजका पूर्वअध्यक्षसहित ९८ जना मनोनीत (सूचीसहित)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल थारू संघमा ९८ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्। थारू संघको केन्द्रीय तदर्थ समितिमा सभापति देउवाले आइतबार ९८ जनालाई मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। Continue reading “कांग्रेसको थारू संघमा थारू विद्यार्थी समाजका पूर्वअध्यक्षसहित ९८ जना मनोनीत (सूचीसहित)”

रोमाञ्चक खेलमा अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा

रोमाञ्चक खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल यु-१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ। दक्षिण अफ्रिकामा शुक्रबार भएको खेलमा अफगानिस्तानले दिएको लक्ष्य ४४.४ ओभरमा पूरा गर्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो। Continue reading “रोमाञ्चक खेलमा अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा”

भारतीय दूतावासले मनायो ७५औं गणतन्त्र दिवस

नेपालस्थित भारतीय राजदूतावासले भारतको ७५औं गणतन्त्र दिवस मनाएको छ। काठमाडौंस्थित भारतीय दूतावासामा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गरे। Continue reading “भारतीय दूतावासले मनायो ७५औं गणतन्त्र दिवस”

राष्ट्रियसभामा पूजा चौधरीको इन्ट्री

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेस प्रदेशबाट दुई पदका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनतर्फका दुवै उम्मेदवार विजयी भएका छन्। मतपरिणामअनुसार अन्य (खुला) समूहबाट नेपाली कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुंगाना र महिला समूहबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पूजा चौधरी निर्वाचित भए। ढुंगानाले ७ हजार तीन ७० मतभार प्राप्त गरे भने चौधरीले७ हजार नौ सय २३ मतभार प्राप्त गरिन्।

नेकपा (एमाले) बाट खुलातर्फका उम्मेदवार कुमारी विजेता झाले प्रदेशसभाबाट २५ र पालिकाबाट ६१ गरी दुई हजार चार सय ८४, जनमत पार्टीका रामशंकर महासेठले प्रदेशसभाबाट १४ र पालिकाबाट चार गरी आठ सय १८ मतभार प्राप्त गरे।

त्यसैगरी महिला समूहतर्फ एमाले उम्मेदवार उषादेवी थरुनीले प्रदेशसभाबाट २५ र पालिकाबाट ५९ गरी दुई हजार चार सय ४६ मतभार प्राप्त गरे। यहाँ अन्यतर्फ पालिकामा एक मत र महिला समूहमा प्रदेशसभाका पाँच तथा पालिकाका दुई गरी आठ मत बदर भएका छन्।

एसियाली मुलुकबाट चीनमा महिला बेचबिखन बढ्दै

चीनको जनसांख्यिकीय संकटको नकारात्मक प्रभाव छिमेकी देशहरूमा परेको छ किनभने दक्षिण एसिया र दक्षिण पूर्व एसियाका गरिब युवतीहरूलाई चिनियाँ पुरुषसँग विवाह गर्न तस्करी गरिन्छ। अहिले खारेज गरिएको एक सन्तान नीतिका कारण हुने लैङ्गिक असन्तुलनका कारण चीनमा दुलहीको अभावले पाकिस्तान, म्यानमार, नेपाल, कम्बोडिया, इन्डोनेसिया, लाओस, उत्तर कोरिया र भियतनाम जस्ता देशबाट महिला बेचबिखनलाई बढावा दिएको छ ।

ह्युमन राइट्स वाच (HRW) ले ती देशहरू कसरी चीनमा महिला बेचबिखनको स्रोत बन्न पुगे भन्ने बारे “आवश्यक प्रमाण” सङ्कलन गरेको बताएको छ। “केटाहरूका लागि चीनको परम्परागत प्राथमिकतासँग जोडिएको, एक बच्चा नीतिले अनुमानित 30 देखि 40 मिलियन ‘बेपत्ता महिला’ सिर्जना गर्‍यो र बेचबिखन गरिएका महिला र केटीहरूको मागलाई बढावा दियो, जसले एसिया र चीन भित्रका देशहरूमा मानव बेच्ने व्यवसायलाई प्रोत्साहित गर्यो।” यसले भन्यो। एक पटक चीनमा तस्करी भएपछि यी गरिब एसियाली महिलाहरूलाई चिनियाँ परिवारलाई करिब USD3,000 देखि USD13,000 सम्म बेचिन्छ।

पाकिस्तान चीनमा दुलही तस्करीको प्रमुख स्रोत हो। क्रिस्चियन वा मुस्लिम समुदायका गरिब युवतीहरू चीनमा तस्करीको सिकार भएका छन्, ब्रुकिन्स इन्स्टिच्युटकी रिसर्च फेलो मदिहा अफजलले बताइन्। “पीडितहरूलाई परिवारलाई भुक्तानी र चीनमा राम्रो जीवनको वाचाको प्रलोभनमा राखिएको थियो, तर उनीहरूले चीन पुगेपछि दुर्व्यवहार, कठिन जीवन अवस्था, जबरजस्ती गर्भावस्था वा जबरजस्ती वेश्यावृत्तिको रिपोर्ट गरे,” उनले भनिन्।

अफजलले बेल्ट रोड इनिसिएटिभ (बीआरआई) को एक हिस्सा चीन-पाकिस्तान इकोनोमिक करिडोर (CPEC) वरपर महिला बेचबिखन भएको तथ्यलाई प्रकाश पारे। अमेरिकी विदेश विभागको पाकिस्तानमा तस्करीसम्बन्धी २०२३ को प्रतिवेदनले पनि चिनियाँ तस्करहरूले पाकिस्तानमा गरिब क्रिस्चियन समुदायको शोषण गरेकोमा चिन्ता व्यक्त गरेको छ। “चीन पुगेपछि, सयौं पाकिस्तानी महिलाहरूले उनीहरूका ‘पतिले’ उनीहरूलाई व्यावसायिक यौनसम्पर्क गर्न बाध्य पारेको बताए। बेल्ट एन्ड रोड इनिसिएटिभसँग सम्बद्ध कार्यस्थलहरूमा पाकिस्तानमा कार्यरत चिनियाँ नागरिकहरू जबरजस्ती श्रमको जोखिममा छन्,” रिपोर्टमा भनिएको छ।

चीन र पाकिस्तानका अधिकारीहरूले महिला बेचबिखनलाई रोक्न प्रयासहरू गरेको बताउँदै आएका छन्, तर वास्तविकताले गरिब महिलाहरू अझै पनि चीनमा तस्करी भइरहेको देखाउँछ। एक पाकिस्तानी अधिकारीले गरिब केटीहरूलाई जोगाउने प्रयासको कमीका कारण महिला बेचबिखनको र्याकेट बढ्दै गएको स्वीकार गरे। “अधिकारीहरूले पछ्याउँदैनन्, सबैलाई अनुसन्धान नगर्न दबाब दिइन्छ। अहिले तस्करी बढ्दै गएको छ,’ नाम न छाप्ने सर्तमा अधिकारीले भने । लैङ्गिक असन्तुलनले सन् २०३० सम्ममा करिब २५ प्रतिशत चिनियाँ पुरुष अविवाहित हुने भएकाले भविष्यमा चीनतर्फ महिलाको तस्करी बढ्ने सम्भावना रहेको एचआरडब्ल्यूले जनाएको छ ।

2021 मा, चीनमा प्रति 1000 महिलाहरूको लागि पुरुषहरूको संख्या बढेर 112 पुगेको छ। लैङ्गिक असन्तुलनले छिमेकी देशहरूबाट महिलाहरूको मागमा तीव्र वृद्धि भएको छ। जेनेभामा रहेको बालअधिकार संगठन ह्युमनियमले चिनियाँ पुरुषले विवाहभन्दा पनि श्रीमतीसँग बच्चा जन्माउन बढी चासो राखेकाले बेचबिखनमा परेका महिलाहरू कसरी दुर्व्यवहारको शिकार हुन्छन् भन्ने कुरा सार्वजनिक गरेको छ। “विवाहको उद्देश्यका लागि बेचबिखन र यौन शोषण, महिलाहरूलाई बलात्कारको जोखिममा राख्ने, अन्य जघन्य दुर्व्यवहारहरू बीचको बलियो ओभरल्याप छ,” यसले भन्यो।

बीआरआई कोष प्राप्त गर्ने मध्येको एक नेपालले चीनमा महिला बेचबिखनको घटना सार्वजनिक गरेको छ । नेपाल प्रहरीले पछिल्लो समय तस्करीमा संलग्न केही चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महिला तथा बालबालिका बेचबिखन विरुद्धको गठबन्धनका अध्यक्ष अञ्जना शाक्यले तस्करहरूले कानुनी बाटो अपनाएर नेपाली महिलालाई झुटो बहानामा चीन लैजाने र त्यसपछि शोषण गर्ने गरेको बताइन् । ‘चिनियाँ नागरिकले नेपाली महिलालाई सबै कानुनी प्रक्रिया अपनाएर लैजाने भए पनि यी महिलालाई यौनदासी वा बेतलबी कामदारको रूपमा प्रयोग गर्ने उच्च जोखिममा छ,’ उनले भनिन्।

खोज पत्रकारिता रिपोर्टिकाले एसियाली महिलाको चीनमा हुने तस्करी र उनीहरुको शोषणबारे विस्तृत प्रतिवेदन तयार गरेको छ । म्यानमारका भित्ता र ल्याम्पपोस्टहरूमा चिनियाँ पुरुषहरूका लागि चाहिने ‘बहुरी’ र ‘सरोगेट आमाहरू’ को विज्ञापनहरू देख्न सकिन्छ। लाओस, भियतनाम जस्ता देशहरूमा पनि यस्तै अवस्था छ, जहाँ कोभिड-१९ महामारीले ग्रामीण क्षेत्रमा गरिबी र आर्थिक मन्दी बढेपछि चीनतर्फ महिला बेचबिखन बढेको छ। लाओस सरकारले सन् २०२२ मा तस्करीको सिकार भएका ४४८ महिलाको पहिचान गरेको छ ।

थारूवान डटकम संवाददातासहित दुईजना सम्मानित

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले पूर्वी चितवनमा क्रियाशिल दुई जना पत्रकारलाई बुधबार सम्मान गरेको छ। खैरहनीमा आयोजना गरिएको नवौं खिचरा महोत्सव २०८० को समापनको अवसर पारेर जननिकास डटकमका सञ्चालक दिलिप डल्लाकोटी र थारुवान डटकमका चितवन संवाददाता कारी महतोलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो। Continue reading “थारूवान डटकम संवाददातासहित दुईजना सम्मानित”

खाडी मुलुक घुम्न जाँदै हुनुहुन्छ? यस्तो छ स्वघोषणा गर्नुपर्ने ६ बुँदे पत्र

सरकारले भिजिट भिसाको यसअघिको १७ बुँदे प्रावधान खारेज गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। गृह मन्त्रालयले सोमबार १३ बुँदे एडभाइजरी जारी गर्दै नयाँ व्यवस्था ल्याएको हो। यो नयाँ व्यवस्था भिजिट भिसामा जाने नेपाली यात्रुहरूका लागि हो। यो माघ १० गतेदेखि कार्यान्वयनमा आउने गृहले जानकारी दिएको छ।

१७ बुँदे प्रावधानअनुसार भिजिट भिसामा यात्रा गर्न १२ कक्षा उत्तीर्ण हुनैपर्ने, अंग्रजी भाषा जान्नुपर्ने, न्यूनतम दुई वर्षभन्दा बढी समय विदेशी मुलुकमा व्यतित गरेको हुनुपर्नेलगायत झन्झटिला १७ फरक-फरक प्रावधानहरू राखिएका थिए। जसले गर्दा सर्वसाधारणलाई भिजिट भिसामा कुनै पनि मुलुक जान कठिन बनेको थियो।

बुधबारदेखि भिजिट भिसामा विदेश जाने यात्रुहरूले ६ महिनाको वैध राहदानी, दुईतर्फी हवाई टिकेट, होटल बुकिङ र ५ सय अमेरिकी डलरको सटही अनिवार्य बोक्नुपर्ने छ। कसैको निमन्त्रणा भएमा डलर सटही आवश्यक छैन। संयुक्त अरब इमिरेटस्, बहराईन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा तोकिएबमोजिम स्व:घोषणा गर्नुपर्ने एडभाइजरीमा उल्लेख छ।

भिजिट भिसाका लागि बनाइएको यसअघिको १७ बुँदे घोषणा खारेज गरेपछि गृहमन्त्रालयले ट्राभल एडभाइजरी जारी गरेको हो। भिजिट भिसामा जाने यात्रुहरूले गन्तव्य मुलुकमा अपनाउनुपर्ने विवरणहरु राखेर गृहमन्त्रालयले ट्राभल एडभाइजरी जारी गरेको हो।

संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा यात्रुले अनिवार्य स्वघोषणा फारम भर्नुपर्नेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका अधिकारीहरूले ती मुलुक घुम्न जाने यात्रुहरूलाई स्वघोषणा फारम उपलब्ध गराउनेछ।

शिवानीसिंह थारूकी आमा : थोरै गुरु धेरै साथी

दीपक सापकोटा/कान्तिपुरबाट

अपहरणमा परेकी एक छोरी कस्तो मानसिक अवस्थाबाट गुज्रिन्छिन् ? वृद्ध आमालाई कसरी सुनाउन सक्लिन्, आफू अपहरणमा परेको खबर ? ‘खतरा’ हरूबाट घेरिएको खबर ? आँसुले भिजेका आँखा लिएर बन्दुकहरूबीच निरीह टोलाइरहेको खबर ? आफूमाथि कठोरतम केरकार भइरहेको खबर ? ‘हामी दुश्मनलाई छाड्दैनौं’ भनिरहेका माओवादी सरदारहरूका खबर ?

५० को दशकमा नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘मेरो गीत, मेरो सन्देश’ टेलिभिजन कार्यक्रमकी प्रस्तोता, ‘जब सन्ध्या हुन्छ…’ म्युजिक भिडियोकी मोडल, ‘काठमान्डुमा एक दिन’ उपन्यासकी लेखक शिवानीसिंह थारू नै हुन्– बन्धक बनाइएकी ती छोरी । छोरी हुनुको धर्मअनुसार, उनले आमालाई सुनाउनैपर्थ्यो त्यो ‘खतरा’ खबर ! तर, उच्च रक्तचापले भयानक थलिएकी, ओछ्यानमा पल्टिएर सिलिङतिर टोल्हाइरहेकी आमालाई कसरी सुनाउनु– ‘आमा ! म बन्दुकहरूले घेरिएकी छु, कुनै पनि बेला मारिन सक्छु !’

माघको एक चिसो बिहान बाफ उडिरहेको चिया–कपअघि अछामका ती ठिहिर्‍याउने, फासफुस गइजाने पुसे–दिनहरूका स्मृतितिर विचरण गरिरहेकी थिइन्– शिवानी । अहिले उनका स्मृतिमा ती दिन धमिला भएका छन्  । तर, बिस्तारै सिग्नल टिपिरहेको रेडियोजस्तै उनका मस्तिष्कमा ओहोरदोहोर गरिरहेको थियो, त्यो अपहरण–प्रकरण । ‘ममीलाई आफू अपहरणमा परेको खबर सुनाउने मनस्थितिमा म त्यसबेला छँदै थिइन्, किनभने ममी उच्च रक्तचापकी रोगी हुनुहुन्थ्यो । त्यो घटना सुनाएको भए उनलाई जे पनि त हुन सक्थ्यो !’ त्यो ‘जे पनि’ भित्र एक छोरीको आमाप्रति भव्य प्रेम बाँचिरहेको छ  उच्चस्थानमा ।

बन्धक भएकै बखत शिवानीलाई खाना दिइरहेकी, आफ्नै आमा उमेरकी कसैले कानेखुसी गरेकी थिइन्, ‘किन आयौ नि बा बाघका मुखाँ ?’ ती आमाको त्यो प्रेमपूर्ण–सहानुभूति उनको चित्तमै गढेको थियो । रुद्रघण्टी नै गाँठो परेर नमिठोसँग घुँक्क–घुँक्क रोएकी थिइन्, शिवानी । भन्छिन्, ‘त्यो बिरानो ठाउँमा, त्यो चिसो रातमा मलाई मेरै आमाको वात्सल्य याद आयो ।’

२०६१ पुस पहिलो साता माओवादीबाट अछाममा अपहरणमा परेकी थिइन्, शिवानी । जुन विन्दुमा ‘आफू मारिने भएँ’ भन्ने लागेको थियो, त्यही विन्दुमा माओवादीका सरदार लेखराज भट्टले स्याटलाइट फोन दिँदै शिवानीसँग भनेका थिए, ‘घरमा म यहाँ छु भन्नु !’ त्यसबेला भट्टसँग शिवानीले बोलेको एउटै वाक्य थियो, ‘बरु मलाई गोली ठोकेर मार्नुस्, तर म आफू अपहरणमा परेको खबर आमालाई सुनाउन सक्दिनँ ।’ राष्ट्रिय अनुसन्धान विभागकी गुप्तचरको आशंकामा समातिएकी उनी कालको आँखासँग आँखा जुधाई रिहा भएर काठमान्डु फर्किंदा भित्रैदेखि हल्लिएकी थिइन्, मानसिक रूपमा थिलथिलो भएकी थिइन् । भन्छिन्, ‘आमाको यादले फतक्कै गलेकी थिएँ ।’

***

आमा–हजुरआमा–नेपालगन्ज उनका दृष्टिमा उत्तिकै प्रिय बाँचेकै छन् । शिवानीले आमाभन्दा पहिले हजुरआमालाई जानिन् । उनको ओछ्यानको शिरानमाथि भित्तामा झुन्डिएको छ– हजुरआमाको फोटो । आमा कल्पना शाह थारू (७५) शिवानीलाई बरोबर भनिरहन्छिन्– मृतक मान्छेको फोटो सिरानमा राख्नु हुँदैन । सायद हजुरआमालाई ‘भूतप्रेत’ ठानिएको हुनुपर्छ । ‘तर, मेरी हजुरआमा भूतप्रेत होइन, मेरो जीवन हो,’ शिवानी भन्छिन् । उनलाई आमा चिनाइदिएकी हजुरआमाले हो ।

शिवानीका बुबा, पूर्वमन्त्री फत्तेसिंह थारूका दुइटी श्रीमती । धम्बोझी घर भएका, बर्दियाका जमिनदार फत्तेसिंहसँग २१ वर्षको छँदा २०३१ सालमा प्रेम–बिहे भयो, कल्पनाको । शिवानी कान्छी आमापट्टिकी । आमा र बुबाको अन्तरजातीय विवाह । शिवानीको आमा–घर नेपालगन्जको धम्बोझी, मामा–घर गगनगन्ज । तर, मामाघरमा मामा थिएनन् । थिइन् त असाध्यै प्रेम गर्ने हजुरआमा । शिवानीकी हजुरआमाको कथा त होइन यो । तर, हजुरआमाको कथा नभनी आमाको मात्रै भनियो भने यो आलेख अपूरो–अधुरो हुन सक्छ । आउनुस्, एकछिन हजुरआमाको समयतिर चियाऔं, शिवानीको स्मृति–झ्यालबाट !

शिवानी जन्मिइन्– नेपालगन्जको भेरी अस्पतालमा । घरमा किचलो भएकैले हजुरआमाले ९ महिनाकी नातिनी लिएर गइन्, गगनगन्ज । छोराकै आसमा ६ छोरी जन्मिएका थिए हजुरआमा सरस्वती शाहको कोखबाट । कल्पना काइँली छोरी । कल्पना सानै छँदा बुवा बिते । श्रीमान् पनि नभएको, छोरा पनि नभएको गगनगन्जको खपरैल (टायल) घरमा हजुरआमासँग हुर्किइन् शिवानी । आर्थिक अवस्था निकै कमजोर थियो, हजुरआमा रक्सी बेच्थिन् । आमा कल्पना बेलाबखत धम्बोझीबाट शिवानीलाई भेट्न आउँथिन्– हर्लिक्स बोकेर । उनलाई घर लैजाने कोसिस गर्थिन् । शिवानी सोच्थिन्– यही हो मेरो घर । ‘घर जान्न’ भन्दै भुइँमा खुट्टा बजारेर रुन्थिन् । आमालाई चिन्ता थियो, छोरीले घर नचिन्ने भई, बाउको नाम पनि थाहा नपाउने भई भन्ने । जबर्जस्ती घिसार्दै घर पुर्‍याएपछि ‘तेरो बाउको नाम यो, आमाको नाम यो’ भनेर कराइरहन्थिन् । ‘तर, म कहिल्यै सुध्रिनँ, हजुरआमाकै घरमा बसिरहें, दिउँसो धम्बोझी गए पनि राति गगनगन्ज आइहाल्थें,’ शिवानी भन्छिन् । जीवनका सुरुवती दिनमा शिवानीले जसलाई ‘आमा’ भनेर चिनिन्, तिनी हजुरआमा थिइन् । आमा आउँदा शिवानी सोच्थिन्– यी अपरिचित मलाई किन भेट्न आउँछे ?

आमासँग अनेक अनुस्मरण छन्, शिवानीका । हजुरआमाले आमालाई बोलाउने नाम थियो– ‘माया’ । शिवानीको कानले जब ‘माया’ सुन्यो, सोचिन्– सबै आमाको नाम माया हुँदोरहेछ । त्यसपछि आमा सधैंभरि उनको सम्बोधनमा ‘माया’ भइन् । परिवारको अनुशासनमा नहुर्किएकै भएर ‘मेरो फरक हुर्काइ छ,’ भन्छिन् शिवानी, ‘मैले आमाको दूध खाइनँ, गाई–भैंसीको दूध खाएर हुर्किएँ– त्यसैले आमासँग मेरो सामीप्यता नै छैन ।’ हो शिवानीसँग भव्य सामीप्यता भएकी, सेतो धोती, सेतै बर्को ओडिरहने, समाजले ‘विधवा’ भन्ने कडा मिजासकी हजुरआमा सरस्वती महुवा फूलको रक्सी बेच्थिन् । शिवानीको मस्तिष्कका पत्रहरूमा थपक्कै बसेका छन्, नेपालगन्जको गर्मी, लु, शीतलहर, बूढो जामुनको रूख, मध्यदिनको आरिघोप्टे वर्षा हेर्दै दैलोमा उदास उभिएकी, फ्रक लगाएकी सानी केटी अनि मत्याउने, च्यापच्याप लाग्ने त्यो महुवाको फूल !

आमा–हजुरआमाको स्मृति–लोकतिर पदयात्रा गर्दा शिवानीलाई बाँकेको थरूहट मेलाको सम्झना आउँछ (जुन कथा आमाले सुनाइन्) । कल्पना आफ्नी आमा सरस्वतीसँग थरूनीले लगाउने बनारसबाट ल्याइएको गिलटको सस्तो गहना बेच्न मेला पुग्थिन् । गाईका बथानले धुलो उडाउँदै गोठतिर पसिरहेको गोधूलिमा मेलाबाट फिर्दा अरू–अरू उखुको लाँक्रो र बरफ चुसिरहेका हुन्थे । गहना नबिकेका दिन आमा–छोरी भने भोकै लडियामा उदास घर फिर्थे । दिनैभरि गहना बेच्न हाट बसे पनि नबिक्दा आमा–हजुरआमाको मनोदशा कस्तो हुन्थ्यो होला ! शिवानी त्यो मनोदशा लेख्न चाहन्छिन् आख्यानमा । गगनगन्जमा केही मानिस चरेस पैठारी गर्थे । छोरीहरू हुर्काउन हजुरआमाले पनि चरेस पैठारी गरिन् । हिमाली जिल्लाबाट हटेरुहरूले बोकेर ल्याएका चरेस जंगलै जंगल भारत पुर्‍याउँथिन् उनी– नेपालगन्जदेखि मुरादाबादसम्म । घरका नानीहरूलाई चरेस खुवाएर, लट्ठै पारेर जान्थिन् र शरीरभरि चरेस पोको पारी फर्किन्थिन् ।

रुपैडिया बोर्डरमा, रहरको दाल लगाइएको खेतमा, घुँडासम्मै आउने ग्याजग्याजे हिलोमा लुकेर बसेका डाँकाहरू कहिलेकाहीं आक्रमण गर्थे र हजुरआमाको ‘माल’ लुट्थे । चरेसको पैठारीपछि उनले भारतबाट भन्सार छलेर क्राबिन चुरोट ल्याइन् र व्यापार थालिन् । हजुरआमाका बा–हजुरबा जाजरकोटबाट कोलकाता पुगेका थिए, बा त्यहाँको एक स्टेटका महाराजाका कारिन्दा थिए । जब भारत स्वतन्त्र भयो, महाराजाहरू खारेज भए । अनि कारिन्दाहरू पनि सदाका लागि बिदा भए । सरस्वती बासँग १५/१६ वर्षको छँदा नेपालगन्ज फिरिन् । यता आउँदाका ती दिनहरू सुनाउँथिन् उनी शिवानीलाई, ठण्डी दिनमा मकलमा आगो ताप्दै, ‘हामी नेपाल फर्केको दिन कलकाताको ट्रेन स्टेसनमा ठूलो दंगा भएको थियो, मान्छेहरू भागदौड गरिरहेका थिए । त्यो भागदौड किन थियो भने त्यसै दिन महात्मा गान्धीको हत्या भएको थियो ।’ हजुरआमाको अनेक संघर्षमा शिवानीकी आमा साक्षी छिन्, केही साक्षी शिवानी पनि । हजुरआमाको यो कथाले एक मधेशकी महिलाको दुर्दान्त जीवन–कथा भन्छ ।

१० वर्षको हुँदासम्म मामाघर बसिन्– शिवानी । बुवा फत्तेसिंह पञ्चायतकालमा सञ्चारमन्त्री भएर ०३८ सालमा काठमाडौं आउँदा उनकी आमा पनि सँगै आइन् । बुवाले त्यसबेला चुनावमा दशरथ चन्दका बुवा ललित चन्दलाई हराएका थिए । आमा काठमाडौंबाट बरोबर फोन गर्थिन्, गगनगन्जमा । टोलमा एउटै मात्र फोन थियो, पहिले हजुरआमा कुरा गर्थिन् । सन्चो–बिसन्चोभन्दा बढी शिवानीको गुनासो गर्थिन्– ‘यो खाली खुट्टा हिँड्छे, धुलोमा खेल्छे र लौंडा (केटा) सँग मात्र खेल्छे ।’ त्यसपछि आमा शिवानीलाई भन्थिन्– ‘चप्पल लगाऊ, धुलोमा नखेल र लौडासँग खेल्दै नखेल !’

मधेशी समुदायमा ११ वर्षको हुँदासम्म केटीलाई घरबाहिर निस्कन दिइँदैनथ्यो । शिवानीका दौंतरीहरूको ११ वर्षको छँदै बिहे भइसकेको हुन्थ्यो । अनि उनी लौंडासँग नखेले कोसँग खेल्थिन् त ? शिवानीकी सानीआमाको छोरा टुइनअटर चढेर काठमान्डुबाट नेपालगन्ज आउँथ्यो, मामाघरमा उसको इज्जत हुन्थ्यो, किनकि ऊ प्लेन चढ्थ्यो । शिवानीले सोच्न थालिन्– जुन देशबाट प्लेन आउँछ, त्यहाँ गएँ भने मेरो पनि इज्जत हुन्छ, म प्लेन भएको त्यो ठाउँ जान्छु । त्यसपछि शिवानीले आमासँग अनुरोध गरिन् र प्यारी हजुरआमा छोडेर काठमाडौं आइन्– २०४० सालमा । उनी पढ्न मन लागेर, आमाको यादले लखेटेर होइन, ‘इज्जत’ पाउन काठमान्डु आएकी थिइन् । पूरा पढ्नुस्