अष्ट्रेलियाका थारूहरूले मनाए माघी (फोटो फिचर)

तक्दीर अधिकारी/सिड्नी

थारु समाज सिड्नीले भव्य रुपमा माघी पर्व मनाएको छ । १५ जनवरी अर्थात् सोमबार इन्द्रेणी फंक्सन सेन्टरमा विशेष कार्यक्रमको आयोजना गरी माघी भव्यरुपमा मनाइएको हो । विगतका वर्षहरुमा खुल्ला पार्कमा आयोजना गरिँदै आएको कार्यक्रम यसवर्ष भने मौसमका कारण ईन्द्रेणी फंक्सन सेन्टरमा गरिएको हो । यसमा छुट्टै अनुभव समेटिएको थियो ।

थारु समाज सिड्नी महिला संयोजक मिश्रा चौधरीको स्वगत मन्तव्य वाट सुरु भएको कार्यक्रममा नेपालको दाङबाट आएका अभिभावक एवम् जेष्ठ नागरिक श्री प्रसाद चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथि चौधरीले माघी पर्वले थारु समुदायमा सामाजिक सहिष्णुता तथा समझदारी पूण सम्बन्धको विकास गराउने बताए । उनले विदेशमा रहेर पनि आफ्नो पहिचान झल्काउने गरी आयोजना गरिएको कार्यक्रमले भावी पुस्तालाई समेत संस्कृति बचाईराख्न मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा थारु समाज सिड्नीका अध्यक्ष दिपनारायण चौधरीले कार्यक्रम प्रत्येक वर्ष झन झनै उत्कृष्ट बन्दै गईरहेको बताए । उनले कार्यक्रम सोचे भन्दा पनि सफल भएको भन्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने थारु समाजका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै थारु समाजले आगमी दिनमा पनि नेपालकै झल्को दिने गरी कार्यक्रम गर्ने बताए ।

कार्यक्रममा बोल्दै एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले आफु पनि थारु समुदायको बसोबासी रहेको क्षेत्रमा हुर्किएकाले थारु समुदायको रितिरिवाजसंग नजिक रहेको बताए । उनले विदेशमा रहेर पनि आफ्नो पहिचान झल्काउने गरी आयोजना गरिएको कार्यक्रमले भावी पुस्तालाई समेत संस्कृति बचाईराख्न मद्धत पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा निम्फा अध्यक्ष सुदर्शन थापा मगरले भौगोलिक विविधता संगै सांस्कृतिक र सांस्कारिक विविधता बोकेको नेपालमा रहेको थारु समुदायहरुको मुख्य पर्वको रुपमा मनाईने माघी पर्व अस्ट्रेलियामा समेत देख्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा नेपालको पूर्व देखि पश्चिम सम्मका थारु परिकार तथा पहिरनहरुले सजिएर ईन्देणी फंक्सन सेन्टर रगींबिरगीं भएको थियो भने पूर्व देखि पश्चिमसम्मका थारुका परिकार र पहिरनको प्रदर्शनी गरिएको थियो । थारु समुदायको संस्कृति झल्काउने थारू लाठी नाच, क्याटवक प्रस्तुतले कार्यक्रम लाई रौनकता दिनुका साथै मौलिकता झल्काएको थियो । क्याटवकमा नवलपरासी, चितवन, दाङ, सप्तरी, मोरङ र कपिलवस्तु लगायतका ठाउँका पहिरनमा सजिएका युवा युवती क्याटवक गर्दा दर्शकहरुको ध्यान तानेको थियो । त्यस्तै युवा पुस्ताबीच रुचाईएका डिजे नटकेशको संगीतले कार्यक्रमको माहोल ततायो ।

क्याटवकमा नवलपरासी, चितवन, दाङ, सप्तरी, मोरङ र कपिलवस्तु लगायतका ठाउँका पहिरनमा सजिएका युवा युवती क्याटवक गर्दा दर्शकहरुको ध्यान तानेको थियो । माघी पर्व थारुहरूको सबैभन्दा ठूलो पर्व रहेकोले यसलाई परापूर्वकालदेखि नै धुमधामका साथ मनाउँदै आइरहेका छन् । आ-आफ्नो ठाउँ अनुसार यसलाई, नयाँवर्षको रूपमा, उन्मुक्ति दिवसको रूपमा, सद्भाव र मेलमिलापको रूपमा तथा आफ्ना दिदीबहिनीहरूलाई कोशेली स्वरूप निस्राउ प्रदान गर्ने आदि विविध रूपमा मनाउने चलन रहेको छ । यस पर्वमा धुमरु गीत गाउने, दफ मादल बजाउने र मघौटा गीत गाउँदै विभिन्न नाचहरू नाच्ने गरिन्छ । थारु समुदायले माघलाई नयाँ वर्षको रूपमा लिने गरेको छ ।

कार्यक्रममा जगदम्बा चौधरी, निम्फाका पूर्व अध्यक्ष अरुण के तामाङ, तमु समाजका कार्यवहाक अध्यक्ष हिउपति गुरुङ, चित्र तुम्बाहाम्फे, निम्फाका महासचिव अविरल तामाङ , महेन्द्र घिमिरे , सूर्य खनाल, विस्वास श्रेष्ठ, छिरिङ लामा, लक्ष्मण गुरूङ, ईथान शाक्य, संतोष थुलुंग राई, सिमा सुब्बा बासु घिमिरे, लगायत विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

थाकस कतार च्याप्टरले मनायो भब्य माघी, नयाँ सभापति बने हरिबहादुर महतो

थारू कल्याणकारिणी सभा (थाकस) कतार च्याप्टरले भब्यरूपमा माघी कार्यक्रम मनाएको छ। ‘जातीय पहिचानको संरक्षण प्रवर्द्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण’ मूल नारासहित माघी कार्यक्रम आयोजना गरिएको थियो।

संस्थाका सभापति श्यामलाल चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा थारू सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। सभापति चौधरीले कार्यक्रम सफल पार्न भूमिका खेल्ने तमाम थारूहरू, आर्थिक सहयोग गर्ने निमन्त्रणा स्वीकार्दै कार्यक्रममा आउनेलाई धन्यवाद दिएका थिए। उनले संघ संस्थाहरूसँग यसरी नै हातेमालो गर्दै जाने र थारूहरूको हक अधिकार र पहिचानका मुद्दामा अग्रपंक्तिमा रहेर संस्थाले काम गर्ने उनले बताए।

त्यस्तै कार्यक्रममा संस्थाको नयाँ कार्यसमिति चयन गरेको थियो। संस्थाको सभापतिमा हरिबहादुर महतो, प्रथम उपसभापति भगवती चौधरी, द्वितीय उपसभापति घनश्याम चौधरी, महामन्त्री रामानन्द चौधरी, सहमहामन्त्री जितेन्द्रकुमार चौधरी, कोषाध्यक्ष दिनेशकुमार चौधरी, सचिव ओम नारायण चौधरी र सांस्कृतिक संरक्षक अरुणकुमार चौधरी निर्वाचित भए।

त्यस्तै सदस्यहरूमा पर्वतीकुमारी चौधरी, आशा चौधरी, ललिताकुमारी धामी, सुनिता चौधरी, कञ्चन चौधरी, गीताकुमारी चौधरी, हीराकुमारी चौधरी, विनिताकुमारी चौधरी, रुबिना चौधरी, वविताकुमारी महतो, रविना महतो, राजकमल चौधरी, वीरेन्द्रप्रसाद चौधरी, अर्जुनप्रसाद शाह ‘मानार्थ’, मनोजकुमार चौधरी, जगदिशनारायण चौधरी, नविन चौधरी, पुलकित चौधरी, रघुनन्दन चौधरी, जयदेव चौधरी, दिनेशकुमार चौधरी, दिनेशकुमार चौधरी (ख), राम तिलक चौधरी, निर्मल कुमार थारु, हरेराम चौधरी, शत्रुधन चौधरी, हेम नारायण चौधरी, सूर्यप्रसाद चौधरी, गोबिन्द चौधरी, रामचारण चौधरी, गोबिन्द चौधरी (ख), तारानन्द चौधरी, फुलचन्द चौधरी, बलिराम चौधरी, रञ्जितकुमार चौधरी, इन्दल चौधरी, सोमित चौधरी, सुरेशकुमार चौधरी, वीरेन्द्रकुमार चौधरी, दिप नारायण चौधरी, विमलकुमार चौधरी, पशुपती चौधरी, रामध्यान चौधरी, छेदी चौधरी, निरोज चौधरी, सञ्जीवकुमार चौधरी, श्यामा नन्दनप्रसाद चौधरी, देवकुमार चौधरी, नगेन चौधरी, सोमित चौधरी, दिपनारायण चौधरी, गौरवकुमार चौधरी, सुरेन्द्रकुमार चौधरी, श्यामकुमार चौधरी, गंगा नारायण चौधरी, वीरेन्द्रकुमार चौधरी, महेशकुमार चौधरी, रघुनन्दन चौधरी, दीपेन्द्र चौधरी, सवनमकुमार चौधरी, दिलकुमार चौधरी, सुन्दर चौधरी, सन्जय चौधरी, रन्जित चौधरी, कल्कतु चौधरी, मोहनारायण चौधरीलगायत सम्पूर्ण निर्वाचित भए।


कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष डीएन मगरको प्रमुख आतिथ्यमा, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका द्वितीय उपाध्यक्ष केशव कार्की, समाजसेवी तथा बुद्धिजीवी श्री कमलमणि गुरागाई, थारु कल्याणकारिणी सभा कतार च्याप्टरका प्रमुख सल्लाहकार अरविन्द कुमार चौधरी, संरक्षक ई. सिताराम चौधरी, संयोजक सल्लाहकार तथा नेपाल आदिवासी जनजाति महासंघ कतारका पूर्व अध्यक्ष सियाराम चौधरी, विशेष सल्लाहकार ई. अन्जनी पंजियार, सलाहकारहरू, सत्यनारायण चौधरी, शम्भुनारायण चौधरी, शान्ति चौधरी, देवनारायण चौधरी, हरिबहादुर चौधरी, कार्यक्रम संयोजक ओम नारायण चौधरी, नेपाली जनसम्पर्क समिति कतारका उपसभापति ठाकुरकुमार परियार, प्रवासी नेपाली मञ्च कतारका सचिव विनेश तामाङ, जनप्रगतिसिल मञ्च कतारका उपाध्यक्ष प्रकाश आले मगर, नेपाली समाज कतारका इन्चार्ज मनिष यादव, संघीय लिम्बुवान सामाजिक मञ्च कतारका उपाध्यक्ष कुमार योङहाङ, नेपाल आदिवासी जनजाति महासंघ कतारका विशेष सल्लाहकार शिवकुमार भुजेल, नेपाल आदिवासी जनजाति महासंघ कतारका सल्लाहकार राजेन्द्र साम्याङखामलगायत सहभागी थिए।

त्यस्तै नेपाल मगर सघं शाखा कतारका प्रथम उपाध्यक्ष श्री देवी मगर ज्यू, किँरात याक्थुम चुम्लुङ्ग कतारका अध्यक्ष श्री सागर तुम्बाहंग्फे लिम्बु ज्यू, तमु ९गुरुङ्ग० समाज कतारका प्रथम उपाध्यक्ष तेज गुरुङ्ग, किँरात राई यायोख्या शाखा कतारका अध्यक्ष श्री जिवन राई ज्यू, नेपाल प्रवासी तामाङ्ग सेवा समाज कतारका अध्यक्ष श्री सुबास तामाङ ज्यू, सुनुवार सेवा समाज शाखा कतारका महासचिव श्री गङ्गा सुनुवार ज्यू, प्रवासी भुजेल समाज कतारका अध्यक्ष श्री युवराज भुजेल ज्यू, नेवा पुःच कतारका अध्यक्ष श्री राजु महर्जन ज्यू, नेपाली धानुक सेवा समाज कतारका महासचिव श्री तेजिलाल मन्डल ज्यू, शेर्पा किदुक दोहा कतारका अध्यक्ष श्री पेम्बा शेर्पा ज्यू, नेपाली महिला समाज कतारका महासचिव श्रीमती सन्ध्या अर्याल ज्यू, राष्ट्रिय लोकदोहरी गित प्रतिस्थान कतार शाखाका अध्यक्ष श्री शिव राम ढकाल ज्यू, नेपाल आदिवासी जनजाति महासंघ कतारका महिला बिभाग प्रमुख श्रीमती लीला राई ज्यू, थारु कल्याणकारिणी सभा कतार च्याप्टरका महिला बिभाग संयोजक श्रीमती पर्वती चौधरी ज्यू, रामेछाप सेवा समिती कतारका महासचिव श्री आशीष मोक्तान ज्यू, सिरहा सेवा समिती कतारका सल्लाहकार मो। शाकिर अलि ज्यू, सर्लाही प्रवासी सेवा समाजका महासचिव श्री नैन भुजेल ज्यू,गुल्मी सेवा समाज कतारका अध्यक्ष श्री कमल अर्याल ज्यू, रामेछाप सेवा समिती कतारका सचिव कविता खत्री ज्यू, नेपाल इंजीनियर एसोसिएशन कतारका अध्यक्ष ई।सफ्दर इमाम ज्यु, यसै गरी नेपाल इंजीनियर एसोसिएशन कतारका क्रमस पूर्व(अध्यक्ष ई।पदम नारायण शाह ज्यू, पूर्व(अध्यक्ष ई।अर्जुन प्रसाद भट्टराई ज्यू, सल्लाहकार ई। अरुण भगत ज्यू, सल्लाहकार ई।रुस्तम सिद्दीकी ज्य साथै समाजसेवी तथा बुद्धिजीवी श्री चानक प्रोखेल ज्यू, श्री सुर्य प्रसाद गुरागाई, कार्यक्रम सह–संयोजक श्री नबिन कुमार चौधरी ज्यू, सांस्कृतिक संयोजक श्री अरुण कुमार चौधरी ज्यू, सांस्कृतिक सह(संयोजक श्री जितेन्द्र कुमार चौधरी ज्यू, स्वयमसेवक संयोजक श्री राज खवास थारु ज्यू, स्वयमसेवक सह–संयोजक श्री सन्जिव चौधरी ज्यू, आर्थिक संयोजक श्री नबिन कुमार चौधरी ज्यू, खान(पिन ब्यवस्थापक संयोजक श्री बिरेन्दर चौधरी ज्यू, सह–संयोजक श्री राजकमल चौधरी ज्यू, पत्रकारहरु ,कलाकारहरु लगायत थारु तथा गैर थारु दाजु भाई तथा दिदी बैहिनीहरुको बाक्लो उपस्थितीमा कार्यक्रम भब्य र सब्यका साथ ऐतिहासिक रुपमा सम्पन्न भएको थियो । कार्यक्रमको शुरुवातमा प्रमुख अतिथी, सभापति तथा बिशेष व्यक्तित्वहरुलाई फेटा लगाएर सम्मान गरिएको थियो । प्रमुख अतिथि तथा विशेष अतिथिहरुद्धारा संयुक्त रुपमा दिप प्रज्वलन तथा ब्यानर अनावरण गरी औपचारिक रुपमा कार्यक्रम उद्धघाटन पश्चात राष्ट्रिय गीतवाट शुरु भएको थियो । संस्थाका उपाध्यक्ष श्री घनश्याम चौधरी ज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो भने माघी पर्व तथा थारु सम्बत् २६४७ का बारेका संस्थाका पुर्व(महामन्त्री श्री भगवती प्रसाद चौधरी ज्यूले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि डी। एन। मगर ज्यूले माघी पर्व ( थारु संवत २६४७ को शुभकामना संगै थारु समुदायको संगठनको लामो इतिहास हुँदै गर्दा पनि राजनैतिक पहुच नहुनुको कारणले थारु समुदायको संस्कृति र सम्पदा संरक्षणमा राज्यबाट उचित सम्बोधन नगरिएको साथै अव राजनैतिक चेतना विकासहुदै देशको मुल राजनितीमा आउदै गरेका थारुहरुलाई अगाढी बढ्न राज्यबाट पनि उचित किसिमको सहयोग थारुहरुमा रहनुपर्छ भन्ने अभिव्यत्ति राख्नु भएको थियो साथै वहाँले थरु समुदाय र मगर समुदायमा थुप्रै सस्कारहरु मिल्दो जुल्दो भएको र माघी पनि थारु र मगर दुबै समुदायले विशेष गरी मनाउने पर्वको उदाहरण दिदै सातौ अधिवेशनको शुभकामना दिनु भयो। त्यसै गरि सामाज सेवी तथा बुद्धिजिबी कमलमणि गुरागाई ज्यूले कतारमा थारुहरु धेरै जसो शिक्षित वर्ग रहेको र प्राविधिक रुपमा कतारमा ईन्जिनियहरु संख्या तुलनात्मक रुपमा अरु समुदाय भन्दा बढी भएको तथापी थारु समुदायबाट अन्य संघ संस्थामा नेतृत्वरप्रतीनिधी कम भएको हुँदा अन्य संघ संस्थामा पनि नेतृत्व लिनको लागी अग्रसर हुनु पर्ने सुझाव दिनु भएको थियो ।

त्यसै गरि गैर आवसिय नेपाली संघ राष्ट्रिय परिषद्कतारका द्वितीय उपाध्यक्ष श्री केशब कार्की ज्यूले थारुहरु आदिवासी जनजाति भित्रको अन्य जातिय संस्था जस्तै आफनो सांस्कृतिक, मौलिक, परम्परा तथा रितिरिवाज र भेषभुषा जगेर्ना गर्ने बिषयमा अग्रपङ्तिमा रहि आएका वास्तवमै थारुहरुको पहिचान पृथक रहेको बताउनु भएको थियो।
त्यसै गरि बैचारिक सस्थाहरु बाट नेपाली जनसम्पर्क समिति कतारका उपसभापती श्री ठाकुर कुमार परियार ज्यू, प्रवासी नेपाली मंच कतारका सचिव श्री बिनेश तामाङ्ग ज्यू, जनप्रगतिसिल मंच कतार कतारका उपाध्यक्ष श्री प्रकाश आले मगर ज्यू, नेपाली समाज कतारका ईन्चार्जरप्रतीनिधी श्री मनीष यादव ज्यू, संघिय लिम्बुवान सामाजिक मंच कतारका उपाध्यक्ष श्री कुमार योङहाङ ज्यूहरुले शुभकामना मनतव्य राख्नु भएको थियो भने मातृसंस्थाहरु नेपाल मगर सघं शाखा कतारका प्रथम उपाध्यक्ष श्रीमती देवी मगर ज्यू, किँरात याक्थुम चुम्लुङ्ग कतारका अध्यक्ष श्री सागर तुम्बाहंग्फे लिम्बु ज्यू, तमु ९गुरुङ्ग० समाज कतारका प्रथम उपाध्यक्ष तेज गुरुङ्ग ज्यू, किँरात राई यायोख्या शाखा कतारका अध्यक्ष श्री जिवन राई ज्यू, नेपाल प्रवासी तामाङ्ग सेवा समाज कतारका अध्यक्ष श्री सुबास तामाङ ज्यू, सुनुवार सेवा समाज शाखा कतारका महासचिव श्री गङ्गा सुनुवार ज्यू, प्रवासी भुजेल समाज कतारका अध्यक्ष श्री युवराज भुजेल ज्यू, , नेपाली धानुक सेवा समाज कतारका महासचिव श्री तेजिलाल मन्डल ज्यू, शेर्पा किदुक दोहा कतारका अध्यक्ष श्री पेम्बा शेर्पा ज्यूहरुले शुभकामना मनतव्य राख्नु भएको थियो ।

त्यसै गरि नेपाली महिला समाज कतारका महासचिव श्रीमती सन्ध्या अर्याल ज्यू, सर्लाही प्रवासी सेवा समाजका महासचिव श्री नैन भुजेल ज्यू, नेपाल इंजीनियर एसोसिएशन कतारका पूर्व(अध्यक्ष ई।पदम नारायण शाह ज्यूहरुले शुभकामना मनतव्य राख्नु भएको थियो ।

कतारमा सघं सस्थाहरु मा आपसी भाई चारा सदभाब प्रकट गर्दै आदिवासी जनजातीहरुको रितिरिवाज अनुसार नेपाल मगर संघ शाखा कतार तथा प्रवासी भुजेल समाज कतारद्धारा थारु कल्याणकारिणी सभा कतार च्याप्टरलाई शुभकामना सहित माघिको कोशेली हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा विविध थारु पहिचान झल्कने दर्जनौ कलाकारहरुले सास्कृतिक प्रस्तुति दिनु भएको थियो भने शुरुवातमा स्वागत

श्री जितेन्द्र कुमार चौधरी ज्यूले गितबाट अतिथीहरु लाई स्वागत गर्नु भएको थियो । थारु कल्याणकारिणी सभा कतार च्याप्टरको” माघी पर्व(थारु संवत २६४७ तथा सातौ अधिवेशन” कार्यक्रम सफलपार्न आर्थिक सहयोग गर्नुहने सहयोगीहरु तथा कलाकारहरुलाई समेत कदर‐पत्र तथा प्रशंशा–पत्र प्रदान गरिएको थियो ।
श्री अर्जुन प्रसाद शाह ज्यूलाई थारु कल्याणकारिणी सभा कतार च्याप्टरमा पुर्याउनु भएको योगदानको मुल्याकंन गर्दै मानार्थ सदस्य(पत्र प्रदान गरिएको थियो ।

कलाकारहरु श्री अरुण कुमार चौधरी९संयोजक० श्री जितेन्द्र कुमार चौधरी ९सह– संयोजक तथा प्रमुख नृत्य निर्देशक ०, श्री बिमल चौधरी ९नृत्य निर्देशक०, श्रीमती पार्वती चौधरी , श्री पुल्कित चौधरी, श्रीमती सुनिता चौधरी, श्री कैलाश चौधरी, श्रीमती ललिता कुमारी धामी, श्रीमती आशा चौधरी, श्री दिनेश चौधरी, श्री हेम नरायण चौधरी, श्री जगदीश नारायण चौधरी, श्री रामतिलक चौधरी, श्री हरे राम चौधरी , श्रीमती रितु श्रेष्ठ , श्री मन्नु चौधरी, श्री सुन्दर चौधरी , श्री सुरेश चौधरी, श्री सुर्या चौधरी, श्रीमती रेखा चौधरी , श्री मनोज चौधरी, श्री संजय चौधरी, श्रीमती रुबिना चौधरी, श्रीमती रबिना चौधरी, श्रीमती बबीता चौधरी श्री किशोर चौधरी कलाकारहरुले आफ्नो मौलिक थारु भेष भुषामा उत्कृस्ट प्रस्तुतीहरु प्रस्तुत गर्नु भयका थिए । भने सास्कृतिक कार्यक्र्म सह्( संयोजक श्री जितेन्द्र कुमार चौधरी ज्यूले सन्चालन गर्नु भएको थियो ।
थारु कल्याणकारिणी सभा कतार च्याप्टरका संरक्षक ई।सिताराम चौधरी ज्यूले सस्थाको बारेमा तथा कार्यक्रम भब्य र सब्यका साथ ऐतिहासिक रुपमा सम्पन्न भएकोमा सम्पूर्ण लाई बधाई तथा धन्यवाद ज्ञापन गर्नु भयको थियो ।

खिचरा डान्स आइडलको फाइनलमा ८ जना छनौट

नवौं खिचरा महोत्सवमा आयोजना भएको डान्स आइडलमा आठ जना प्रतियोगीहरू फाइनलमा प्रवेश गरेका छन्। दोस्रो राउण्डमा प्रवेश गरेका प्रतियोगीहरूमध्ये फाइनलमा प्रवेश गर्नेहरू जेसिका चौधरी, किमस महतो, खुशी खरेल, सपुन सिरमल, लक्ष्मी सुनार, सुष्मिता गिरी, दिपिका गिरी, सरस्वती गिरी छनौट भएको डान्स आइडलका कार्यक्रम संयोजक हरिशरण चौधरीले जानकारी दिए।

डान्स आइडलको फाइनल माघ ६ गते हुने जनाइएको छ। फाइनलमा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले क्रमशस् ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

आजको राउण्डमा निर्णायकको भूमिकामा थारू कलाकार सभा चितवनका अध्यक्ष तथा निर्देशक सुरेश चौधरी, थारू कलाकार सभाका उपाध्यक्ष तथा निर्देशक हिरा चौधरी र मोडल मुस्कान चौधरी रहेका थिए।

माघ ४ गते चर्चित गायक कमल खत्री, गायिका मेलिना मैनाली, थारु कलाकार विश्व चौधरी तथा थारू साँस्कृतिक नाचगीत र यात्रा ब्याण्डको प्रस्तुति रहने साँस्कृतिक कार्यक्रम संयोजक जयश चौधरीले जानकारी दिए। महोत्सव खैरहनी-५, जबकौली गौचरनमा माघ १० गतेसम्म हुनेछ।

अमेरिकाको टेक्सासमा मनाइयो भब्य माघी, थारू समाजको अध्यक्षमा राम चौधरी निर्वाचित

अमेरिकाको टेक्सासमा भब्यरूपमा माघी कार्यक्रम मनाइएको छ। टेक्सास थारु समाजको आयोजनामा माघी कार्यक्रमसँगै समाजको दोस्रो साधारणसभासमेत सम्पन्न गरिएको छ।

संस्थाका कार्यबाहक अध्यक्ष शशीकपुर चौधरीको अध्यक्षता तथा थारु विज्ञ प्रेमनारायण चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा दीपक दीप, करिस्मा चौधरी, दिनेश चौधरी र दिब्या अनुपमा चौधरी र महेश चौधरीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा संस्थाका पदाधिकारी र सुभेच्छुकहरूलाई धन्यवाद तथा सम्मान पत्र प्रदान गरिएको थियो।

अध्यक्ष राम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा माघीको बारेमा पब्लिक स्पिकिङका उत्प्रेरक सान्भी चौधरी र खगेन्द्र चौधरीले प्रस्तुत दिएका थिए।

कार्यक्रममा संस्थाका आर्थिक सल्लाहकार योग चौधरी, मधेसी समाज डी एफ डल्लुका अध्यक्ष बिर्जेन्द्र शाह, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्दका सचिव दिनेश ज्ञवाली, विशिस्ट अतिथि रहेका नेपाली समाज टेक्सास (एनएसटी)का अध्यक्ष राजेन्द्र वाग्लेलगायतले सम्बोधन गरेका थिए भने नेत्र सागर चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए।

त्यसैगरी टेक्सास थारु समाजको दोस्रो साधारण सभाले राम चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा शशी कपुर चौधरी, उपाध्यक्षमा मनिषा चौधरी, महासचिवमा नेत्र सागर चौधरी, कार्यकारी सदस्यमा दिनेश चौधरी, सन्तोष चौधरी र महिला संयोजक जुनु दहित निर्वाचन भएका थिए। संस्थाले सचिव, कोषाध्यक्ष र सदस्यहरूलाई मनोनीत गरी पूरा गरिने निर्वाचन समितिका संयोजक सुशील चौधरी र सदस्य विजय सरदारले जानकारी गराए।

अन्तरिक्षमा भारत : सावधानीपूर्वक योजनादेखि ग्यालेक्टिक महत्वाकांक्षासम्म

महीप
चन्द्रयान-३ र आदित्यको हालैका सफलताहरू संयोग मात्र होइनन्। ती दशकौंको सावधानीपूर्वक योजना, ग्राउन्डब्रेकिंग प्राविधिक प्रगति र हजारौं वैज्ञानिक र इन्जिनियरहरूको अटल समर्पणको परिणति हुन्। Continue reading “अन्तरिक्षमा भारत : सावधानीपूर्वक योजनादेखि ग्यालेक्टिक महत्वाकांक्षासम्म”

खिचरा महोत्सव : चित्रकला प्रतियोगितामा निरज चौधरी प्रथम

नवौं खिचरा महोत्सव परिसरमा महोत्सवद्वारा आयोजना भएको चित्रकला प्रतियोगितामा होली गार्डेन मोर्डन स्कुलका निरज चौधरी प्रथम भएको प्रतियोगिताका कार्यक्रम संयोजक मञ्जु चौधरीले जानकारी दिए।

त्यस्तै स्काई राइडर स्कुलका आर्यन चौधरी द्वितीय र सैनिक आवासीय माविका त्रिसन आलेमगर तृतीय भएका छन्। ग्लोसाइन एकाडेमीका सयल नहर्की र श्री जनप्रीय पब्लिक स्कुलका राहुल महतोले सान्तवना स्थान हासिल गरेका छन्।

विजेता प्रतियोगीहरूलाई पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पुरस्कार वितरण गरे। प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान हासिल गर्ने प्रतियोगीहरूलाई क्रमशः रु.४००० र रु. ३००० र रु.२००० र रु. १००० र नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको हो। प्रतियोगिताको निर्णायकको भूमिकामा थारू पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा साहित्यकार एवं चित्रकार मनोज चौधरी रहेका थिए।

आजै महोत्सव परिसरमा केयर पोलिक्लिनिकको संयोजनमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको कार्यक्रम संयोजक भोला चौधरीले जानकारी दिए।

भोलि ३ गते भोजपुरी गायक सुनिल पण्डित, चर्चित डान्सर प्रिती पासवान, थारू गायिका शारदा महतो र स्थानिय कलाकार रूविना चौधरी लगायत स्थानिय ब्याण्डको प्रस्तुति रहनुका साथै थारू साँस्कृतिक नाचगीतहरू र खिचरा डान्स आइडलको दोश्रो राउण्डको प्रतियोगिता हुने जनाइएको छ। महोत्सव माघ १० गतेसम्म खैरहनी-५, गौचरनमा सञ्चालन हुनेछ।

भ्रष्टाचारबीच संघर्ष गर्दै चिनियाँ जनमुक्ति सेना, राष्ट्रपति सीसामु चुनौतीका पहाड

चिनियाँ जनमुक्ति सेना (पीएलए) भित्रको भ्रष्टाचारले चीनको सैन्य शक्तिमा अँध्यारो र चिन्ताजनक छाया छाडिरहेको छ, हालैका बर्खास्तगीहरूले भ्रष्टाचार विरोधी अभियानहरूको वर्षौंको बावजुद व्यापक मुद्दामा प्रकाश पारेको छ। Continue reading “भ्रष्टाचारबीच संघर्ष गर्दै चिनियाँ जनमुक्ति सेना, राष्ट्रपति सीसामु चुनौतीका पहाड”

खिचरा महोत्सवमा चिच्चरको प्वाकाको अत्यधिक माग

कारी महतो/चितवन

पुस २८ देखि माघ १० गतेसम्म चल्ने खिचरा महोत्सवमा जाडोको मौसममा खाने चिच्चरको प्वाकाको अत्यधिक माग बढेको छ । महोत्सव अवलोकन गर्न आउने दर्शकहरूले महोत्सवको होटल परिसरमा चिच्चरको प्वाका र घोङ्घी स्वाद लिने गरेका छन् । कोहिकोहिले नतताएको प्वाका किनेर घर लैजाने गरेका छन् । महोत्सवको होटल परिसरमा एक दर्जन स्टलमा प्वाका किन्न पाइन्छ । दिपज्योति खाजाघर, थारू खाजा घर, थारू किचन, रोयल थारू रेष्टुरण्ट, लक्ष्मी रेष्टुरेण्ट, गोइरा खाजा घर, कोजी मम, कुमरोज रेष्टुरेण्ट, सामुदायिक होटल, एस।ए। मम ल्याण्ड, चितवन थारू खाजा घर, कपिया खाजा घर सबैमा चिच्चर र चिच्चरको प्वाका पाइन्छ । प्वाकाको साइज अनुसार प्वाकाको मूल्य एक सयदेखि तीन सय पचास रूपैयाँसम्म रहेको छ ।

खिचरा पर्वमा थारूहरूले खाने मुख्य परिकार चिच्चरको प्वाका हो । थारू समुदायले खिचरा पर्व लगायत जाडो मौसममा खाई जाडो भगाउने खान्गी चिच्चर र चिच्चरको प्वाकालाई प्रवर्द्धन गर्न खिचरा महोत्सव गर्दै आएको थारू कल्याणकारिणी सभा ९थाकस० चितवन क्षेत्र नं। ७ का सभापति रामेश्वर चौधरीले बताउनु भयो । महोत्सवको मुख्य गेट प्रवेश गर्नासाथ प्वाका र घोङ्घीको सालिक राखिएको छ । यसका साथै मुख्य अतिथिलाई पनि प्वाका र घोङ्घीकै मूर्ति मायाको चिनोको रूपमा प्रदान गर्ने गरिएको छ ।

अनदी चामललाई दश(बाह्र घण्टा भिजाई दुई घण्टासम्म बाफमा उसिनेपछि चिच्चर तयार हुन्छ । चिच्चरलाई डल्लो बनाई भोर्लाको पातमा बरूवाले कलात्मक तरिकाले बेरेपछि प्वाका तयार हुन्छ । भोर्लाको पातको अभावमा केराको पात ओइलाएर पनि प्वाका बनाइने गरिन्छ । यसरी बनाएर राखेको प्वाका दुई हप्तासम्म खान मिल्छ ।

प्वाका खानु भन्दाअघि यसलाई ‘घौरा’मा तताएर पकाइन्छ । घौरामा भुसको आगोको तातो खरानीले पुरेर राख्दा प्वाका पाक्छ । पाकेको प्वाकाको बाहिरपट्टिको धुलो टक्टकाएर पात उघारी त्यसभित्र रहेको प्वाकालाई प्लेट वा थालमा पस्केर माछा, मासु वा अन्य तरकारीसँग खाइन्छ ।

उहिले बाजेको पालामा विभिन्न मरमसला मिसाएको नुनखुर्सानीसहितको प्वाका बनाइने गरेको थाकस चितवन क्षेत्र नं। ६ का सभापति राधा चौधरीले बताउनुभयो । उनले भने, ‘कोहिकोहिले प्वाकाभित्र माछाको परिकारसमेत राखी प्वाका बनाउथ्यो । तर यसरी बनाएको प्वाका छिट्टै बिग्रिने भएकोले हिजोआज शुद्ध चिच्चरको डल्लो मात्र राखिन्छ।’

जाडो मौसममा प्वाका खाँदा यसले शरीरलाई निकै न्यानो बनाउने सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतोले बताउनु भयो । चिच्चर बढी खाएर तुरून्त पानी खाएमा अत्यधिक ताप उत्पन्न भई ज्वरो अर्थात् ूपोक्जरू समेत आउनसक्छ ।

चितवन र नवलपुरका थारू समुदायले खाने गरेको चिच्चर र चिच्चरको प्वाकाको स्वाद लिने स्थलको रूपमा स्थापित भएको खिचरा महोत्सवको प्रभावले स्थानिय जातको अनदी धान उत्पादन गरी महङ्गो मूल्यमा चामल समेत उल्लेख्य रूपमा बिक्री हुने गरेको छ । बजारमा स्थानिय जातको अनदी चामलको मूल्य दुई सय पचास रूपैयाँ प्रतिकिलो रहेको छ ।

जनयुद्धमा मलाई सबैभन्दा धेरै थारू समुदायले सहयोग गरे : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकार संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन्। Continue reading “जनयुद्धमा मलाई सबैभन्दा धेरै थारू समुदायले सहयोग गरे : प्रधानमन्त्री”

माघी महोत्सव स्थल टुँडिखेलमा भागदौड, दुई थारूसहित १६ जना घाइते

माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबीच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको छ। माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले टुँडिखेलमा आयोजना गरेको छुट्टा-छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।

घाइतेहरूको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उनको भनाइ छ। महोत्सवस्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरू घाइते भएको प्रहरीको भनाइ छ।

घाइते भएकामा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी, १६ वर्षीया अनिसा केसी छन्। साथै २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मिना थापा, १९ वर्षीया रिजा रेस्मी मगर, प्रहरी जवान पृथ्वी बुढामगर, २५ वर्षीया निशा राना थापा, २२ वर्षीया निर्मला श्रेष्ठ, २७ वर्षीया रश्मी नेपाल, ११ वर्षीया युनिका बराल, १४ वर्षीया करिश्मा मगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताए।