नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन सुरु भएको छ। कैलालीको टीकापुरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नाउपा अध्यक्षसमेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले महाधिवेशनको उद्घाटन गरेका हुन्। Continue reading “प्रधानमन्त्री नआएपछि माधव नेपाल र रञ्जिता श्रेष्ठले गरे महाधिवेशनको उद्घाटन”
Author: Madan Kumar
टुँडिखेलमा २ दिन माघी महोत्सव हुने, यस्तो छ तयारी
थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक प्रेमिलाल चौधरीले जानकारी दिए । Continue reading “टुँडिखेलमा २ दिन माघी महोत्सव हुने, यस्तो छ तयारी”
नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन टीकापुरमा सुरु
नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आजदेखि कैलालीको टीकापुरमा सुरु भएको छ। पुस २६, २७ र २८ गते हुने महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने छ।
पार्टीका संरक्षक रेशमलाल चौधरीका अनुसार महाधिवेशनको उदघाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित राजनीतिक दलका शीर्ष नेताहरूलाई बोलाइएको छ। भारतीय जनता पार्टी (भाजपा)को प्रतिनिधित्वसमेत उदघाटन समारोहमा हुने उनको भनाइ छ। महाधिवेशनमा ५२ जिल्लाबाट प्रतिनिधिहरु सहभागी भएका छन्।
महाधिवेशनको उद्घाटन समारोहका लागि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल टीकापुर पुगिसकेका छन्। बाबुराम भट्टराईलगायतका नेताहरू पनि सहभागी हुँदैछन्।
जातीय विभेदविरूद्ध उभिनुपर्छ थारू समुदाय
अन्जु चौधरी।
“आज म घोंगी खान तिम्रो घर जान्छु,” एक दिन स्कूलमा दिउँसोकोे खाजा खाने वेला साथी शोभाले भनिन्।
क्षेत्री समुदायकी थिइन् शोभा। हामी कक्षा ५ सम्म कैलालीको कैलारी गाउँपालिका-७, रामपुरस्थित जनता प्राविमा सँगै पढेका थियौं। हामी कक्षामा असाध्यै मिल्ने साथी थियौं। उनको परिवार पहाडबाट बसाइँ सरेर कैलाली आएको थियो। Continue reading “जातीय विभेदविरूद्ध उभिनुपर्छ थारू समुदाय”
सरकारसँग माघीमा चार दिन बिदा दिन माग
माघ (माघी)मा चार दिन बिदा दिन माग गरिएको छ। थारू संघ-संस्थाका प्रतिनिधिहरूले मुख्यमन्त्री कमलबहादुर शाहसँग माघमा चार दिन बिदा दिन माग गरेका हुन्। थारू समुदायले महान तथा नयाँ वर्षको रूपमा मनाउने माघ पर्वमा बिदा मागसहित उनीहरूले प्रदेश सकारलाई ध्यानाकर्षण पत्र बुझाइएका छन्। Continue reading “सरकारसँग माघीमा चार दिन बिदा दिन माग”
आर्थिक मन्दीले सीपीसीलाई तनाव, प्रान्तीय र सहरी प्रशासनमा व्यापक कटौति
चीनमा अहिले आर्थिक संकट चलिरहेको छ र त्यसलाई सम्बोधन गर्न चीनले विभिन्न उपायहरू खोजिरहेको छ। तर, यी मध्ये कुनै पनि उपायले यसको आर्थिक समस्या समाधान गर्न प्रभावकारी सावित भएको देखिँदैन । Continue reading “आर्थिक मन्दीले सीपीसीलाई तनाव, प्रान्तीय र सहरी प्रशासनमा व्यापक कटौति”
बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय
क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन्। बलात्कार कसुरमा लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको छ। Continue reading “बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय”
नवौं खिचरा महोत्सवमा खिचरा डान्स आइडल हुने
नवौं खिचरा महोत्सवमा गत वर्ष झैं यसवर्ष पनि खिचरा डान्स आइडल-२०८० हुने भएको छ। बालबालिकाहरूमा अन्तर्निहित प्रतिभालाई उजागर गरी दर्शकमाझ ल्याउनका लागि खिचरा डान्स आइडलको आयोजना गर्न लागिएको नवौं खिचरा महोत्सव मूल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले बताए। Continue reading “नवौं खिचरा महोत्सवमा खिचरा डान्स आइडल हुने”
तीन-चार जना शीर्ष नेताको निर्णयमा ताली पिट्ने मात्र काम भयो : तेजुलाल चौधरी
नेपाली कांग्रेसका नेता एवं सप्तरीको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तेजुलाल चौधरीले पार्टीको अनुशासनमा पनि रहनुपर्ने र नताको भावनाको आवाज पनि उठाउनुपर्ने भएका कारण जनप्रतिनिधिले सोचेअनुसार कानुन बनाउन नसकेको स्वीकार गरेका छन्। Continue reading “तीन-चार जना शीर्ष नेताको निर्णयमा ताली पिट्ने मात्र काम भयो : तेजुलाल चौधरी”
टुँडिखेलमा माघी महोत्सव, प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौंको टुँडिखेलमा आयोजना हुने थारू राष्ट्रिय माघी महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन्। थारू कल्याणकारिणी सभासहित काठमाडौंमा रहेका थारू संघसंस्थाद्वारा संयुक्त आयोजना हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री दाहालले गर्ने भएका हुन्। यसअघि पनि महोत्सवको उद्घाटन प्रधानमन्त्रीले गर्दै आएका थिए। Continue reading “टुँडिखेलमा माघी महोत्सव, प्रधानमन्त्रीले उद्घाटन गर्ने”