यस्तो छ गठबन्धन कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रम

सत्ता गठबन्धनको कार्यदलले सरकारका नीति तथा कार्यक्रम सरकारलाई बुझाएको छ । करिब २ साता लगाएर तयार पारिएको कार्यक्रमको सरकारलाई बुझाइएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ७ नेताहरुको कार्यदलले कार्यकक्रम तयार गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई कार्यक्रम बुझाइएको हो । अब गठबन्धनको शीर्ष तहमा छलफल गरी अन्तिम रुप दिइने छ । Continue reading “यस्तो छ गठबन्धन कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रम”

थारु आयोगको वेवसाइट खोल्दा अटोमेटिक पोर्न साइट खुलेपछि…

थारु समुदायको उत्‍थानका लागि संविधानले दिएको अधिकारबमोजिम थारु आयोगको गठन भएको छ। हालसालै थारु आयोगको पाँच सदस्यीय पदाधिकारीले पूर्णता पाएको थियो। जसको अध्यक्षमा विष्णु चौधरी र सदस्यहरुमा भोलाराम चौधरी, सुबोध सिंह थारु, डा. उमाशंकर प्रसाद चौधरी र शान्ती मोदी रहेका छन्। Continue reading “थारु आयोगको वेवसाइट खोल्दा अटोमेटिक पोर्न साइट खुलेपछि…”

भूमिसम्बन्धी आयोग खारेजीको विरोधमा शान्ता चौधरीद्वारा आन्दोलनको घोषणा

ओली सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग देउवा सरकारले खारेज गरेको विरोधमा नेपाल भुमिहिन सुकुम्वासी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संगठनकी अध्यक्ष शान्ता चौधरीले बिहीबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् । Continue reading “भूमिसम्बन्धी आयोग खारेजीको विरोधमा शान्ता चौधरीद्वारा आन्दोलनको घोषणा”

उपेन्द्र यादवले १८ महिना केही गर्न सकेनन्, मैले १८ दिनमै गरेर देखाएँ : महन्थ ठाकुर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओली नेतृत्वको सरकारमा १८ महिनासम्म बस्दा मधेशको माग मुद्दामा उपेन्द्र यादवले गर्न नसकेका काम आफूहरुले १८ दिनमै पूरा गरेर देखाएको बताएका छन्। Continue reading “उपेन्द्र यादवले १८ महिना केही गर्न सकेनन्, मैले १८ दिनमै गरेर देखाएँ : महन्थ ठाकुर”

माधव कमरेड ! मिशन पूरा भएपछि तपाईँलाई लात हान्नेछन् : गंगा थारु

नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौंवाले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई १४ बुँदे सुझाव दिएकी छन्। उनले सामाजिक सञ्जालमार्फत् नेता नेपाललाई विशाल पार्टी एमालेलाई फुटको संघारमा नपुर्‍याउन आग्रह गरेकी छन्। Continue reading “माधव कमरेड ! मिशन पूरा भएपछि तपाईँलाई लात हान्नेछन् : गंगा थारु”

साढे ३ लाख क्षतिपूर्ति माग गर्दै जोतपुरको युवाले प्राधिकरणलाई बुझाए ज्ञापनपत्र

गत असार ३० गते राजापुर नगरपालिका वडा नं. २ जोतपुरमा विद्युतका कारण सिर्जित क्षतिको जोतपुर सम्बद्ध विभिन्न संघसंस्थाले क्षतिपूर्तिको माग गरेका छन्। आज दिउँसो दिउँसो १ बजे जोतपुर बरघरको नेतृत्वमा ३ लाख ४० हजार ६ सय १५ रुपैया बराबरको क्षतिपूर्ति माग गरिएको छ। Continue reading “साढे ३ लाख क्षतिपूर्ति माग गर्दै जोतपुरको युवाले प्राधिकरणलाई बुझाए ज्ञापनपत्र”

भूमिसम्बन्धी आयोग खारेज भएपछि ओली पक्षीय थारु सांसदहरुको विरोध

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग र त्यसको देशभरका संरचना खारेज गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्न भन्दै चितवनका एमाले नुता देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो। Continue reading “भूमिसम्बन्धी आयोग खारेज भएपछि ओली पक्षीय थारु सांसदहरुको विरोध”

संसदमा थारु सांसदहरु यसरी जंगिए, सांसद पद करौंडामा विक्री भइरहेको खुलासा

शैक्षिक विकासका लागि बर्दियाका राइसाद्वारा ५ बुँदे माग

‌बर्दियाको राजापुर नगरपालिकामा वर्तमान शैक्षिक अवस्था र संस्थागत विद्यालयका समस्याहरुको बारेमा छलफल गरिएको छ। नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा आज सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ६ का वडाध्यक्ष महेश चौधरी र शिक्षा शाखाका प्रमुख दल बहादुर चौधरी तथा संस्थागत विद्यालयका सञ्चाललकको उपस्थितिमा छलफल गरिएको हो। Continue reading “शैक्षिक विकासका लागि बर्दियाका राइसाद्वारा ५ बुँदे माग”

कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन ऊर्जा मन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन्। Continue reading “कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रधानमन्त्रीको निर्देशन”