गुलरियामा निषेधाज्ञा जारी
दोस्रो चरणमा मधेशी मोर्चासहित थरुहट संर्घष समितले बन्द आह्वान गरेको १५औं दिनमा प्रशासनले सदरमुकाम गुलरियामा निषेधाज्ञा जारी गरेको छ। प्रशासनले उत्तरमा मिलनचोक,कृषि विका स बैंक,सन्तोषी मन्दिर चोक दक्षिणमा भन्सार रोड र कृषि विकास कार्यालय चोक, पुर्वमाः निलो आयल पेट्रोल पम्प र पश्चिममाः बसपार्क देखि मतंगा चौक लाई निषेधाज्ञा जारी गरेको छ । बिहान ११ बजे देखि जारी गरेको निषेधाज्ञा अर्को आदेश जारी नभएसम्म लागि भएको प्रशासनले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।
उक्त आदेशको उल्लघंन गरेमा सुरक्षाको निम्ति खटिएका सुरक्षाकर्मीले गोली समेत चलाउन सक्ने पनि बिज्ञप्तिमा लेखिएको छ । स्थानीय प्रशासन ऐन,२०२८(संशोधित सहित)को दफा ६ को उपदफा ३ बमोजिम निषेशधाज्ञा जारी गरेको हो ।बिभिन्न ठाउँ वाट गुलरियामा प्रर्दशन गर्न आउँने तयारी गरिरहेकाले संबेदनशिल ठाउँमा निषेधाज्ञा जारी गर्न पर्न देखिएको प्रजिअ बिनोद बहादुर कुवरले वताए ।

Facebook Comment