बर्दियाको बन्द पाँच दिनसम्मका लागि स्थगित
थारु संयुक्त संघर्ष समितिले चार दिनका लागि बन्द स्थगित गरेको छ। समितिले सोमबार गरेको निर्णयमा २२ देखि २६ गतेसम्मका लागि शिक्षण संस्था, उद्योग, कलकारखाना, बजार, सम्पूर्ण क्षेत्र खुला रहने उल्लेख गरेको छ। लामो बन्दका कारण जनजीवन अस्तव्यस्त भएको पाएकाले बन्दका सम्पूर्ण कार्यक्रम स्थगन गरेको समिति संयोजक गोविन्द थारुले बताए।

Facebook Comment