संविधान घोषणाको अवसरमा असोज ३ र ४ गते सार्वजनिक विदाको प्रस्ताव
नेपालको संविधान २०७२ जारी हुने अवसरमा ३ दिन विदा दिने तयारी गरिएको छ। असोज ३ र ४ गते सार्वजनिक विदा दिने तयारी भएको हो। संविधान सभा सचिवालयले तीन दिने सार्वजनिक विदाको प्रस्ताव गरेको हो। संविधान सभा सचिवालय स्रोतका अनुसार तीन दिन विदा दिने निर्णय गरिएको छ यसलाई कार्यान्वयनका लागि मन्त्रिपरिषद बैठकले औपचारिकता दिनेछ। ‘मन्त्रिपरिषदले निर्णय गर्ने हो’, स्रोतले भन्यो, ‘त्यसमा थप घट पनि हुनसक्छ।’
तीन दिन लाएर संविधान सभाले नयाँ संविधानका सबै ३०८ धारा पारित गरिसकेको अवस्थामा नयाँ संविधान जारी गर्ने दिनका लागि विदा प्रस्ताव गरिएको हो।

Facebook Comment