santosh dahitप्रिय संजयजी
जय थरुहट, अभिावादन पनि।
थारुवान डटकममा शान्ता चौधरीलाई कहिलेसम्म एमालेको कम्लरी बस्नुहुन्छ? शीर्षकको पत्र पढ्न पाएँ। उक्त खुला पत्र पढ्न पाउँदा धेरै खुसी लाग्यो। उक्त पत्रमा मेरोपनि ध्यानाकर्षण भएकाले म यसको जवाफ दिन चाहन्छु। हुन त तपाईँले शान्ता चौधरीसँग जवाफ माग्नुभएको छ। उहाँलाई यसको जवाफ लेख्ने फुर्सद छ या छैन मलाई थाहाँ छैन। त्यो पत्रमा मलगायत अन्य दाङका थारुलाई पनि जोडेर लेखेको हुनाले केही जवाफ लेख्नैपर्छजस्तो लागेर जवाफ पठाएको छु।

संजयजी, तपाईँले आफ्नो पत्रमा केही पत्रकार भनेर उल्लेख गर्नुभएको छ। तर नाम किटान गरेर लेखेको भए अझै राम्रो हुनेथियो। तपाईँ लेख्नुभएको केही पत्रकारमध्ये म सन्तोष दहित पनि पर्छु। तपाईँले नाम किटान नगरेपनि मैले आफैँ यो पत्रमा नाम किटान गरेको छु।

दाङमा शान्ता चौधरीको नेतृत्वमा सदभाव र्याोली निकालियो भन्ने समाचार थारुवान डटकमा मैले लेखेपछि उक्त कुराको खण्डन गर्नुभएको रहेछ। यो तपाईँको अधिकार हो। अधिकार हो भन्दैमा जथाभाबी पनि लेख्न मिल्दैन होला। त्यो आफैँ विचार गर्नुहोला। रह्यो, सदभाव र्याअली को कुरा। सदभाव र्यााली किन निकालिन्छ भन्ने प्रश्नको उत्तर मैले दिनुपर्दैन। तपाईँहरु आफैँ पढेलेखेका विद्धान हुनुहुन्छ। सदभाव र्याईलीको अर्थ थाहा छैन भने तपाईँ विज्ञाता हुनुको कुनै फाइदा छैन। अनि शान्ता चौधरीले कहिलेसम्म एमालेको कम्लरी बस्नुहन्छ भन्ने प्रश्नमा पनि म केही उत्तर दिनैपर्छ मैले। उहाँ एक महान विचार र अडिग निर्णय लिएर हिँडने महिला हुनुहुन्छ। कसैको लहैमा हिँडने, कसैको विचारमा हिँड्ने महिला उहाँ होइन। अरु थारु नेताजस्तै दैनिक पार्टी फेर्ने, नाम फेर्ने, बोली फेर्ने, अरुको पुच्छर बन्ने पनि होइन। त्यसैले शान्ता चौधरीको जबसम्म सास रहन्छ तबसम्म एमालेका नेतृ भएर बसिरहनुहुन्छ। यो कुरामा तपाईँ ढुक्क हुनुस्।

संजयजी, अब रह्यो मेरो व्यक्तिगत जवाफ। म विगत लामो समयदेखि थरुहट आन्दोलनमा होमिरहेको छु। थारु विद्यार्थी समाजमा ८ वर्षसम्म नेतृत्वमको जिम्मेवारी बहन गरेको छु। थारु विद्यार्थी समाज दाङको ३ पटक अध्यक्ष भएको र थारु कल्याणकारिणी सभा दाङको वर्तमान जिल्ला सचिवमा रहेर काम गरिरहेको छु। थारु पत्रकार दाङका अध्यक्ष र थारु पत्रकार संघको मध्यपश्चिम इन्चार्ज पनि हुँ।

यतिमात्र नभएर अहिले भइरहेको थरुहट/थारुवान आन्दोलनको अगुवाइ दाङमा मलगायत तेजमान चौधरी, हीरालाल चौधरी, प्रकाश चौधरी, शरण चौधरीले नेतृत्व गरिरहेका छौं। काठमाडौंको एउटा गल्लीमा बसेर फेसबुक चलाएर आन्दोलन चल्दैन। तपाईँ साँच्चिकै आन्दोलनकर्ता हुनुहुन्छ भने सिंहदरबर, संविधानसभा भवन वा उपत्याका बन्द गर्नुस्। बन्द कोठामा बसेर आन्दोलन हुँदैन संजयजी। सक्नुहुन्छ भने जिल्लामा आएर आन्दोलन गर्नुस्।

अहिले भइरहेको आन्दोलन तपाईँहरुले गरेको आन्दोलन होइन, यो आन्दोलन त केवल हामीजस्ता गरिब तथा इमान्दार थारुले गरेको आन्दोलन हो। एउटा कमिटी परिचालन गर्न नसक्नेले आन्दोलनको कुरा गर्ने? एउटा संगठनको अधिवेशन गर्न नसक्नेले सिंगो थारुको कुरा गर्ने? थारुको नाममा दलाल गर्ने? थारुको राजा बन्ने खोज्नेहरुको काम छैन यहाँ। कुन थारु कस्तो छ भन्ने कुरा मलगायत सिंगो थारु समुदायले बुझेका छन्। त्यसैले ठुलो कुरा गर्नु पर्दैन। ‘आफ्नो टाउकोमा जुम्रा नदेख्ने, अरुको टाउको भैँसी दैख्ने’ काम नगर्नुस्।

हिजो एमाओवादी र कांग्रेसका थारु सभासदहरुको ठूलो पंशसा गरियो। आज हेरौं, उनीहरु त्यही संविधानसभामा फर्किए। हामीले एक महिनासम्म जिल्ला जिल्लामा गरेको आन्दोलनको उपलब्धि यही हो? काठमाडौंमा बसेर हल्ला गर्नेहरु तपाईँलगायत थारु अगुवाहरुले यसको जवाफ दिन सक्हुन्छ?
सन्तोष दहित
जिल्ला सचिव
थारु कल्याणकारिणी सभा दाङ




Leave a Reply

Your email address will not be published. Required fields are marked *