डन्डामा हुने थाकस राष्ट्रिय भेलाको तयारी पूरा
नवलपरासीको डण्डामा कात्तिक ८ र ९ गते हुने थारु कल्याणकारिणी सभाको राष्ट्रिय भेलाको तयारी पूरा भएको छ। मञ्च व्यवस्थापनदेखि अतिथि सत्कारसम्म सबै तयारी पूरा भएको नवलपरासी संयोजक गणेश थारुले बताए। ‘भेलाका लागि आवश्यक तयारी पूरा भएको छ,’ उनले भने।
भेलामा थारु कल्याणकारिणी सभाको २४ जिल्लाका अध्यक्षहरु, केन्द्रीय समितिका पदाधिकारी, २४ जिल्लाकै आन्दोलन समितिका संयोजक, क्षेत्रीय पदाधिकारी र गाविस स्तरिय संघर्ष समितिका संयोजक सहभागी हुनेछन्।
थारु कल्याणकारिणी सभा आन्दोलन परिचालन समितिका संयोजक राजकुमार लेखीका अनुसार राष्ट्रिय भेलामा थारु युवा सभा र थारु महिला सभाका अगुवाहरु समेत सहभागी हुनेछन्।
भेलामा अहिलेसम्म थारु समुदायका लागि भएका आन्दोलनको विषयमा समिक्षासहित भाबी कार्ययोजनासहित रणनीतिक योजना तयार गरिनेछ। पछिल्लोपटक तराई क्षेत्रमा थारु समुदायले गरेको आन्दोलनलाई निर्णायक बनाउन थारु कल्याणकारिणी सभाले राष्ट्रिय भेला आह्वान गरेको आन्दोलन परिचालन समितिका संयोजक लेखीले बताए।
यो पनि पढ्नुस्:

Facebook Comment