थाकसको राष्ट्रिय भेला आजदेखि
थारु कल्याणकारिणी सभाको दुई दिने राष्ट्रिय भेला आजदेखि नवलपरासीको डन्डामा सुरु हुँदैछ। थारु आन्दोलनलाई अझ सशक्तरुपले उचाइमा पुर्याउन राष्ट्रिय भेला बोलाएको सभाले जनाएको छ।
भेलामा काठमाडौं उपत्यका र तराईका हरेक जिल्लाका थारु आन्दोलन परिचालन समितिका संयोजक र कमान्डरहरु सहभागी हुनेछन्। भेलामा करिब डेढ सय जनाको सहभागिता रहने सभाले जनाएको छ।
भेलामा थारु आन्दोलनलाई अझै सशक्तरुपले अगाडि बढाउनेबारे रणनीति बनाउने र संयोजक तथा कमान्डरहरुलाई त्यहीअनुरुपको प्रशिक्षण दिने थारु कल्याणकारिणी सभा आन्दोलन परिचालन समितिका संयोजक राजकुमार लेखीले जानकारी दिए। उनले अबको आन्दोलन सीमा नाकामा कडाइ गर्ने रहेको बताए। ‘आन्दोलनको स्वरुप र रणनीति तय गर्न राष्ट्रिय भेला डाकेका हौं,’ लेखीले भने, ‘सहभागी जिल्ला संयोजक र कमान्डरहरुलाई सीमाकेन्द्रीत आन्दोलनाई सशक्त बनाउनेबारे प्रशिक्षणसमेत दिइनेछ।’

Facebook Comment