नेपालगञ्जको जमुनाह नाकामा प्रहरी र धर्नाकारीबीच झडप
नेपालगञ्जको जमुनाह नाकामा प्रहरी र धर्नाकारीबीच झडप भएको छ। सीमा नाकामा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले हटाउन खोजेपछि झडप सुरु भएको हो। अहिले पनि सीमा नाकामा तनाव कायमै छ।
धर्नाकारीले भारतीय भूमितिर गएर समेत प्रहरीलाई ढुंगा हानेका छन्। ढुंगा प्रहारबाट एक प्रहरीले घाइते भएका छन्।
प्रहरीले धर्नाकारीले नाकामा राखेको टेन्ट उठाएका छन्। आन्दोलनकारीले प्रहरीलाई लक्षित गरेर पेट्रोल बम प्रहार गरेको बाँकेका प्रमुख जिल्ला बेदप्रकाश लेखकले बताएका छन्।
Facebook Comment