Tharu Youth National gathring 02

दाङमा आयोजना हुने थारु युवाहरुको राष्ट्रिय भेलालाई सफल बनाउन जिम्मेवारी बाँडफाड गरिएको छ। सिंहदरवारमा बसेको विभिन्न संगठनका युवाहरुको बैठकले भेला सफल पार्न जिम्मेवारी बाँडफाड गरिएको छ। थारु एराउन्ड दी वर्ल्डको आयोजनामा हुने भेलामा थरुहट थारुवान संयुक्त संघर्ष समितिको जिल्ला संयोजकसहित थारु युवा सभा, थारु विद्यार्थी समाजलगायत संगठनका युवा प्रतिनिधिहरु सहभागी हुने बैठकले जनाएको छ। 

बैठकमा थारु विद्यार्थी समाजका सल्लाहकार शैलेन्द्र चौधरीले राष्ट्रिय भेला मर्यादितरुपमा सफल बनाउनुपर्ने बताए। उनले सो भेलाले नेतृत्वलाई घच्घच्याउनका निम्ति युवाहरुमा तयार पार्नुपर्ने बताए। थारु विद्यार्थी समाजका महासचिव चन्द्रप्रसाद चौधरीले पनि युवाहरुको राष्ट्रिय भेला आवश्यक रहेको बताए। उनले यो बेलाले थारु आन्दोलनलाई थप बल पुग्ने बताए।

त्यस्तै थारु युवा सभाका निवन चौधरीले भेला मुद्दा केन्द्रीत हुनुपर्ने बताए। नेतृत्वकर्ताहरु विभिन्न धारमा बगेको भन्दै उनीहरुलाई यो भेलाले एकीकृत गराउने प्रयास गराउनुपर्ने बताए।

बर्दियाली विकास मञ्चका अध्यक्ष सीताराम चौधरीले अबको नेतृत्व युवाहरुको काँधमा आएको भन्दै यो भेलालाई ऐतिहासिक बनाउनुपर्ने बताए।

बैठकमा थारु एराउन्ड दी वर्ल्डका अध्यक्ष महावीर चौधरीले कार्यक्रमको उद्देश्यबारे युवाहरुलाई जानकारी गराएका थिए। उनले थारु युवालाई एकीकृत गर्नु नै यसको प्रमुख उद्देश्य रहेको बताए।

Tharu Youth National gathring 01




Leave a Reply

Your email address will not be published. Required fields are marked *