पथलैयामा हुने भनिएको थारु युवा स्वंयसेवकको भेला हाललाई स्थगित
पथलैयामा हुने भनिएको थारु युवा स्वैसेवकको भेला हाललाई स्थगित गरिएको छ। थरुहट थारुवान संयुक्त संघर्ष समितिको मेची-महाकाली अभियानले सबैजना व्यस्त भएका कारण तयारी नपुगेको भन्दै हाललाई स्थगित गरिएको केन्द्रीय संयोजक महावीर चौधरीले बताए। थरु एराउन्ड दी वर्ल्डका अध्यक्षसमेत रहेका चौधरीले भेलाको अर्को मिति छिट्टै तोकिने बताए।
दाङमा भएको थारु युवाको राष्ट्रिय भेलाले उनलाई केन्द्रीय संयोजक बनाएको थियो। यातायात अवरुद्धका कारण पूर्वका युवाहरुको सहभागिता न्यून भएपछि बाराको पथलैयामा भेला गर्ने कार्यक्रम तय भएको थियो।
यद्यपि बर्दिया, कैलाली र कञ्चनपुरका थारु युवाहरु यस संगठनमा सक्रिय भएका छन्।

Facebook Comment