रङ्गेली घटनाका मृतकका सन्तानलाई सहयोग
मोरङको रङ्गेली र डाइनियामा यही माघ ७ गते मधेसी मोर्चाको प्रदर्शनका क्रममा आफ्ना अभिभावक गुमाएका दुई परिवारका सात बालबालिकाको पठनपाठनका लागि आज साइसेवा समाज निधिले छात्रवृत्तिस्वरुप आर्थिक सहायता प्रदान गरेको छ।
रङ्गेलीमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष डा सुन्दरमणि दीक्षितले रु दुई लाख ५० हजार आर्थिक सहायता प्रदान गरेका हुन्। सोमध्ये महादेव ऋषिदेवका छोराछोरीको अध्ययनका लागि रु एक लाख ५० हजार र शिवु माझीको छोराछोरीको अध्ययनका लागि रु एक लाख सहायता प्रदान गरिएको हो।
सो अवसरमा सविता अग्रवाल मेमोरियल ट्रष्टका सञ्चालक अशोक अग्रवालले शिवु माझीका एक सन्तानलाई कक्षा ११ सम्मको निःशुल्क अध्ययनका लागि सहयोग गर्ने घोषणा गरे। रासस

Facebook Comment