बाराको जितपुर सिमरा-४ स्थित औरहामा माघी महोत्सव हुने

बाराका थारू समुदायले जितपुर सिमरा-४ स्थित औरहामा माघी महोत्सव गर्ने भएको छ। थारू कल्याणकारीणी सभा जिल्ला कार्यसमितिले मंगलबार कलैयास्थित थारु सेवा सदनको सभाहलमा बैठक बसेर सो निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार पुस २९ गते सोमबार र माघ १ गते मंगलबार दुई दिन महोत्सव हुनेछ। थारू समुदायको संस्कृती झल्किने लगनी, बिरहनी, घाटो, समाचकेवा, थारु लोकगीत, थारु ठकरा डान्स, घैला डान्सलगायत विभिन्न किसिमको झाकी महोत्सवमा प्रस्तुत गरिने निर्णय भएको सभापति रामप्रसाद चौधरीले बताए। थारू समुदायमा रहेको विकृति र विसंगतिलाई उन्मुलन गर्न र थारु समुदायको कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिने उनको भनाइ छ।

बैठकमा सभापति रामप्रसाद चौधरी, उपसभापति सुमिन्त्रा देवि थरुनी,उपसभापति लक्ष्मीकान्त प्यारेलाल चौधरी, कोषाध्यक्ष बासु प्रसाद चौधरी, सचिव यादव कृष्ण चौधरी, सहसचिव राजकुमार चौधरी, केन्द्रीय सदस्य हृदयनारायण चौधरी, सदस्यहरू रामबाबु चौधरी, कृष्णबाबु चौधरी, रामकृपाल चौधरी, राधा चौधरीलगायतको उपस्थिति थियो।

धिरेन्द्र पनुहर/बारा




Leave a Reply

Your email address will not be published. Required fields are marked *