अष्ट्रेलियामा छायाँकन भएको थारू म्युजिक भिडियो सार्वजनिक (भिडियो)

अष्ट्रेलियामा छायाँकन भएको थारू म्युजिक भिडियो सार्वजनिक भएको छ। झुम्की प्रोडक्सनले आफ्नो युट्युबमा पन्छी दिवाना नामक थारू गीत सार्वजनिक गरेको हो। गीतको म्युजिक भिडियो अष्ट्रेलियाको सिड्नीलगायत क्षेत्रमा छायाँकन गरिएको हो।

अरुण आर्यन चौधरीको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा स्वयं चौधरीको मुख्य अभिनय रहेको छ। उनलाई पूजा चौधरीले अभियनमा साथ दिनेछिन्। भिडियोलाई ज्योती चौधरी र जेसन चौधरीले निर्माण गरेका हुन्।
त्यस्तै भिडियोलाई अस्मिता खोज्वार र मनैल क्षेत्रीले कोरियोग्राफी गरेका छन् भने सन्तोग गुरुङको सिनेमेटोग्राफी गरेका छन्।

भिडियोमा अस्मिता खोज्वार, स्वेता चौधरी, विनिता चौधरी, नेज्मा चौधरी, भावना चौधरी र निकिता चौधरीले नृत्यमा साथ दिएका छन्। आरके थारु र अन्नु चौधरीको स्वर रहेको गीतलाई आरके थारू शब्द संयोजन गरेका छन् भने गणेश चौधरी संगीत भरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *