एमाले पार्टी कार्यालयमा गुठी पीडित थारूको धर्ना

आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले एमाले मुख्यालय च्यासलमा धर्ना दिएका छन्। सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले मंगलबार च्यासलमा धर्ना गरेका हुन्।

मोही किसानहरूलाई मोही पुर्जा दिनुपर्ने उनीहरूको माग छ। उनीहरूले दुई बुँदे सहमति कार्यान्वयन गर, मोही हक खोस्न पाइँदैनलगायतका नारा लगाएका थिए।

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिका कोषाध्यक्ष शेरबहादुर चौधरीले पुस्तौंपुस्तादेखि भोग चलन गरिरहेको जमिनको स्वामित्व पाउन नसकेको भन्दै आन्दोलन गर्नुपरेको बताए। स्वर्गद्वारी आश्रमको एक हजार ३४ बिगाह १७ कट्ठा सात धुर जग्गामध्ये सात सय ५३ बिगाह जग्गामा मोही कायम छ। मोही कायम भएको जग्गाको स्वामित्व आफूहरूले पाउनुपर्ने मोही किसानको माग छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *