हात्तीको आक्रमणबाट बलिराम थारूको मृत्यु

बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको ठाकुरबाबा नगरपालिका-२ बलातीका ६० वर्षीय बलिराम थारुको हात्तीको आक्रमणबाट गएराति घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरले सेतोपाटीलाई बताए।

बुधबार राति करिब पौने १२ बजेतिर जंगलबाट आएको हात्ती घर नजिकको बारीमा पसेपछि धपाउन भनेर थारु एक्लै गएका थिए। धपाउन गएका थारुमाथि हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको डिएसपी मगरले बताए।

प्रहरीका साथै निकुञ्जको टोली पुगेको हुँदा केही बेरमा प्रक्रिया पुरा गरि शब पोष्टमर्टमका लागि अस्पताल पठाइने उनले बताए। बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हात्तीमध्य राति थारुको घर नजिकै बारीमा प्रवेश गरेको देखेपछि धपाउनका लागि थारु एक्लै गएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *