खप्तड क्याम्पसको स्ववियु सभापतिमा सागर चौधरी निर्वाचित

कैलालीको गौरीगङ्गा नगरपालिका-७ मसुरियामा रहेको खप्तड बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका सागर चौधरी निर्वाचित भएका छन्।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ८१ मत ल्याएर सभापति पदमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका राजेश विश्वकर्माले ७६ , नेविसंघ विवेक ओझाले ७२ अनेरास्ववियू प्रेम जोशीले ४६ मत प्राप्त गरेका थिए। क्याम्पस स्ववियु सचिवमा अखिल क्रान्तिकारीका नरेश भुल ८९ मत सहित निर्वाचित भएका छन्।

उनको प्रतिस्पर्धी अनेरास्ववियुका ललिता कुमारी धानुकले ३८, नेविसंघकी किरण कुमारी चौधरीले ८६ र अनेरास्ववियूका मनोज सापकोटाले ६४ मत प्राप्त गरे। कोषाध्यक्षमा भने अनेरास्ववियुकी चन्द्रा साउँद निर्वाचित भएकी छन्। उनी ९५ मत ल्याएर निर्वाचित भएकी निर्वाचन समितिले जनाएको छ। उनका प्रतिद्वन्द्वी नेविसंघकी सुष्मा भुलले ७१ र अखिल क्रान्तिकारीकी सृजना पुनमगरले ९२ मत प्राप्त गरिन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *