जनमत पार्टीसँग एकता गर्ने नाउपाको औपचारिक निर्णय
नागरिक उन्मुक्ति पार्टीले सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता गर्ने औपचारिक निर्णय गरेको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नाउपाको अन्तिम केन्द्रीय समितिको बैठकले वैशाख १७ गते जनमत पार्टीसँग एकता गर्ने औपचारिक निर्णय गरेको हो।
त्यस्तै बैठकले पार्टी एकतापछि केन्द्रीय कमिटीको ५० प्रतिशत केन्द्रीय सदस्य समायोजन हुने सहमति पनि गरेको छ। केन्द्रीय कार्यकारिणी समितिमा भने ५१ सदस्यीय बन्ने भएको छ। दुवै पार्टीबाट २५-२५ जना र संरक्षकरूपमा रहने रेशम चौधरी गरी ५१ सदस्यीय समिति बन्न लागेको हो।
त्यस्तै १७ गते पार्टी एकतापछि प्रज्ञा प्रतिष्ठानमै पहिलो संयुक्त केन्द्रीय समितिको बैठक बसेर निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय गरिएको छ। १८ गते बिदा परेकाले वैशाख १९ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय भएको हो।
Facebook Comment