रेशम पक्राउबारे सुरेन्द्र चौधरीले भने- ओलीको यो कदमको घोर निन्दा गर्दछु
काठमाडौं : थरुहट अभियन्ता सुरेन्द्र चौधरीले रेशम चौधरी पक्राउको निन्दा गरेका छन्। उनले केपी ओली नेतृत्वको सरकारले गरेको उक्त कदमप्रति आपत्ति पनि जनाएका छन्।
‘म रेशम चौधरीको अनुयाय पनी होइन, न म उनलाई नेता नै मान्छु उनी कानुन र संविधानअनुसार राजनीति गर्न अयोग्य पनी छन। तर यसो भनिंरहँदा उनको गिरफ्तारी ठीक हो भन्न सकिँदैन। केपी ओली दाहिने हुँदासम्म केही नहुने, केपी ओलीलाई मन नपर्दा जेल जानुपर्ने? यो कानुनी राज्यको उपहास हो। विधिको शासनमाथिको प्रहार हो। यदि उनको कैद भुक्तान बाँकी थियो भने यत्तिका दिन सम्म किन गिरफ्तार गरिएन? आजै किन गिरफ्तार गरियो? कानुन भनेको के ओलीको अनुकुलतामा चल्नु पर्ने औजार हो? ओलीको यो कदमको म घोर निन्दा गर्दछु,’ उनले भने।
Facebook Comment