जनकपुरमा दुई दिने थारु अन्तर्राष्ट्रिय सम्मेलन सुरू

मधेस प्रदेशको राजधानी जनकपुरमा दुई दिने थारु अन्तर्राष्ट्रिय सम्मेलनमा सुरू भएको छ। सोमबार जनकपुरको महेन्द्रनारायण निधि साँस्कृतिक भवनमा अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको हो।

सम्मेलनमा नेपालका र भारतका थारूहरूको उल्लेख्य सहभागिता रहेको छ। सम्मेलनमा भारतका उत्तर प्रदेश, विहार र उत्तराखण्डबाट करिब ३ सय र नेपालबाट करिब ५ सय थारूहरूको सहभागिता रहेको छ।

‘मिलेर हामी धेरै कुरा पाउन सक्छौं’ मूल नारा राखिएको सम्मेलनमा दुई देशका थारू अगुवाहरूले थारु समुदायको हकहित र दुई देशबीचको आपसी हितका विषयमा छलफल गर्ने आयोजकले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *