नेदरल्यान्ड्सविरुद्ध नेपालको रोमाञ्चक जित

नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको छ। आइसीसी लिग २ अन्तर्गत स्कटल्यान्डमा मंगलबार भएको खेलमा नेपालले तेस्रो जित दर्ता गरेको हो।

डुन्डीमा टस हारेर ब्याटिङ गरेको नेपालले २३६ रन बनाएको थियो। तर, पेनाल्टीका कारण १० रन नेदरल्यान्ड्सलाई उपहार दिँदा पनि नेदरल्यान्ड्सले २२७ रनमात्र बनाउनुपर्ने थियो। तर, नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रन बनाउँदै अलआउट भयो।

नेदरल्यान्ड्सका लागि विस्ले वारेसीले सर्वाधिक ३६ रन बनाए। उनले ६० बलमा ३ चौका प्रहार गरे। ३.२ ओभरमा म्याक्सलाई ललित राजवंशीको हातमा क्याच गराउँदै नेपालका लागि डेब्युटेन्ट नन्दन यादवले पहिलो सफलता दिलाएका थिए।

नेदरल्यान्ड्सले ८.३ ओभरमा नेदरल्यान्ड्सले १ विकेटको क्षतिमा ५० रन पूरा गरेको थियो। पावरप्ले सकिँदा डच साइडले १ विकेटको क्षतमिा ६१ रन बनाएको थियो। पावरप्लेमा नेपालभन्दा अगाडी रहेको नेदरल्यान्ड्सले ११.३ ओभरमा सन्दीप लामीछानेले माइकल लेभिटलाई एलबीयडब्ल्यू आउट गरे। नेदरल्यानड्सले ६५ रन बनाउँदा दोस्रो विकेट गुमायो।

२०.२ ओभरमा नेदरल्यान्ड्सका लागि तेस्रो विकेट गयो। नेदरल्यानड्सले ३ विकेटको क्षतिमा ९६ रन बनाएको थियो। ४५.२ ओभरमा नेदरल्यान्ड्सले २०० रन पूरा गर्‍यो। कप्तान स्कट इड्वार्डले ३० रन बनाए। ओपनर मिचेल लेभिटले २७ रन बनाए। तेजा निदामानुरुले १७, नोरा क्रसले २२, केल केलिनले २५ र मान डेरले १६ रन बनाए। अन्य ब्याटरको ब्याट चल्न नसक्दा डच नेपाली टिमको अगाडि कमजोर परेको हो।

नेपालका लागि बलिङतर्फ डेब्यु गरेका नन्दन यादव र अनुभबी लेग स्पिनर सन्दीप लामिछानेले समान ३-३ विकेट लिए। ललित राजवंशीले २ विकेट लिए भने कुशल भुर्तेल र करण केसीले १-१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले उत्कृष्ट पारी खेलेका थिए। आरिफले मिडल अर्डर सम्हाल्दै ८४ रनको उत्कृष्ट पारी खेले। उनले ८५ बलमा ७ चौका २ छक्का प्रहार गरे।

पावरप्लेमा नै दुवै ओपनरलाई गुमाउँदै नेपालले ३७ रन बनाएको थियो। तेस्रो विकेटको लागि कप्तान रोहित कुमार पौडेल र भीम सार्कीले ५१ रनको अर्धशतकीय साझेदारी गरे। दुवै ब्याटरले ३५/३५ रन बनाए। दीपेन्द्र सिंह ऐरीले १६ रन बनाए। बसिर अहमद र करण केसीले ११-११ रन बनाए। नेदरल्यान्ड्सका लागि पल भान मिकरानले सर्वाधिक ४ विकेट लिए। मिचेल लेभिटले ३ विकेट र आर्यन दत्तले १ विकेट लिए।

नेपालले पहिलो खेलमा स्कटल्यान्ड्समाथि १ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो। यससँगै नेपालले स्कटल्यान्ड सिरिजको ४ खेलमा ३ जितसहित सुखद अन्त्य गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *