मेटमणि चौधरीविरुद्ध ५ करोड ४० लाखको बैंकिङ कसुरमा जाहेरी

नेकपा एसका सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ। जाहेरीपश्चात प्रहरीले मुद्दा दर्ताको प्रक्रिया थालेको छ। चौधरी पार्टी उपमहासचिव एवं प्रमुख सचेतकसमेत हुन्। चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरमा मुद्दा प्रक्रिया अघि बढेको हो।

उनी दाङ-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले सांसद चौधरीविरुद्ध हुलाक मार्फतबाट चेक अनादरमा जाहेरी आएको बताए। जाहेरीमाथि अनुसन्धान भइरहेको र मुद्दा दर्ताको प्रकृयामा रहेको तिमिल्सिनाले बताए।

स्रोतका अनुसार प्रहरीले चौधरीविरूद्ध बैंकिङ कसुर र ठगीमध्ये कुन मुद्दा चलाउने भन्नेबारे कानुनी परामर्श थालेको छ। प्राप्त उजुरीका बारेमा थप छानबिन गरेर मुद्दा दर्ता प्रक्रिया अघि बढाइने प्रहरी स्रोतको भनाइ छ।

उजुरी कसले हालेको भन्ने बारे प्रहरीले केही खुलाएको छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *