न्यायाधीश खुसीप्रसाद थारूमाथि छानबिन सुरू

न्यायपरिषद्ले उच्च अदालत न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन गरेको छ। बिहीबारको परिषद् बैठकले सर्वोच्च अदालतका न्यायाधीश विनोदकुमार शर्माको एक सदस्यीय समिति गठन गरेको हो। अब उक्त समितिले न्यायपरिषद्मा परेका उजुरीमाथि छानबिन गर्नेछ।

न्यायपरिषद् ऐनको दफा १८ मा जिल्ला वा उच्च अदालतका न्यायाधीशमाथि छानबिन गर्दा न्यायपरिषद्का सदस्य वा सर्वोच्च अदालतका कुनै न्यायाधीशको समिति गठन गर्ने व्यवस्था छ। त्यही व्यवस्था अनुसार, बिहीबार समिति गठन भएको हो।

अब न्यायाधीश शर्माको एक सदस्यीय समितिले सम्बन्धित न्यायाधीश वा अन्य व्यक्तिसँग सोधपुछ गर्न पाउने व्यवस्था छ। समितिले तोकिएको समयभित्र राय सहितको प्रतिवेदन न्यायपरिषदमा बुझाउनुपर्नेछ।

कांग्रेस पूर्वसांसद मोहम्म्द आफताब आलमलाई ज्यान मुद्दाबाट उन्मुक्ति दिएको भन्दै न्यायाधीशद्वय थारु र महर्जन जिम्मेवारमुक्त भई छानबिमा तानिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *