मेटमणिविरूद्व जाहेरी दिने व्यक्ति प्रहरी सम्पर्कमा आएनन्, पठाए जाहेरी फिर्ताको अर्को पत्र

प्रतिनिधिसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध चेक अनादरको जाहेरी फिर्ताको पत्र जिल्ला प्रहरी कार्यालय दाङ पुगेको छ। रोल्पाका धात बुढामगरलाई चौधरीले ५ करोड ४० लाख रुपैयाँको चेक काटेका तर नसाटिएको भन्दै साउन ६ गते प्रहरीमा हुलाकबाट जाहेरी दिएका थिए।

उनै बुढाले आइतबार दिउँसो हुलाकबाट चेक अनादरको जाहेरी फिर्ताको पत्र पठाएका र प्राप्त भएको दाङ प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बताए। ‘सुरुमा आएको उजुरी र आज उजुरी फिर्ताको पत्र दुबै सक्कली हुन् होइनन् सनाखत गरेर मात्र यकिन गर्न सकिन्छ’, एसपी तिमिल्सेनाले भने, ‘उजुरीबारे सनाखत गर्न बोलाएको उहाँ आउनुभएन, हामी उहांलाई ल्याएर सनाखत गराउंछौं त्यसपछि सत्य के हो थाहा हुन्छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *