थापाथली क्याम्पसमा अध्ययनरत थारू विद्यार्थीलाई मन्त्री चौधरीको आर्थिक सहयोग
थापाथली क्याम्पसमा अध्ययनरत निरज कुमार चौधरीलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आर्थिक सहयोग प्रदान गरेका छन्। थारू विद्यार्थी समाजका अध्यक्ष विमल चौधरीको पहलमा मन्त्री चौधरीले २५ हजार रुपैयाँ सहयोग गरेका हुन्।
पुल्चोक क्याम्पसमा अटोमोबाइल इन्जिनियरिङको सातौं सेमेस्टरमा अध्ययनरत निरजलाई प्रोजेक्ट वर्कका लागि पैसाको खाँचो परेको थियो। आर्थिक अवस्था कमजोर रहेको निरजले जसरी पनि प्रोजेक्ट वर्कलाई राम्रो बनाउनुथियो।
त्यसैक्रममा निरजले आर्थिक सायहाताका लागि थारू विद्यार्थी समाजलाई पहल गरेका थिए। समाजका अध्यक्ष विमलले यस विषयमा मन्त्री चौधरीसँग पहल गरेका थिए। शैक्षिक अभियन्ताका रूपमा पनि आफूलाई चिनाउने मन्त्री चौधरीले निरजलाई आर्थिक सहयोग गरेका हुन्।
मन्त्री चौधरीले सतौन स्मृति ट्रस्टबाट पनि विभिन्न सहयोग गर्दै आएका छन्। उनले यसअघि गायक विकास चौधरीलाई आर्थिक सहयोग गरेका थिए। त्यस्तै थारू पत्रकारलाई पनि नगदराशिसहित मन्त्री चौधरीले पुरस्कार प्रदान गर्दै आएका छन्।

Facebook Comment