रामानन्द सिंह थारू संस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्रलाई २५ लाख बजेट
थारू समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि सप्तरीमा ‘रामानन्द सिंह थारू संस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्र तथा थारू संग्रहालय’ स्थापना हुने भएको छ। मधेु प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले रामानन्द सिंह थारू संस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्र तथा थारू संग्रहालय स्थापनाका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
यस कदमलाई थारू समुदायको सांस्कृतिक पहिचान जगेर्ना गर्ने ऐतिहासिक प्रयासको रूपमा लिइएको छ। थारू समुदायका अगुवा रामानन्द सिंह थारूको नाममा केन्द्र स्थापना गर्ने योजना ल्याइएको हो। जनमत पार्टीले थारू समुदायसँगको ऐतिहासिक सम्बन्धलाई मूल्यांकन गर्दै सांस्कृतिक उत्थानका विषयलाई नीति तथा कार्यक्रममा समेटेको बताएको छ।
थारूको भाषा, कला, परम्परा र सामुदायिक इतिहासमाथि अध्ययन, अनुसन्धान र प्रदर्शनी गर्न सकिने संरचना निर्माण गरिने उक्त मन्त्रालयले जनाएको छ। सप्तरी क्षेत्र नम्बर १, अग्निकृष्णा सबरन गाउँपालिका- प्रसवनी निवासी सिंहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थारू, मधेसी र आदिवासी/जनजातिको हक–अधिकारका लागि उल्लेखनीय योगदान गरेका छन्।
रामानन्द सिंह थारूले थारू समुदायको पहिचानबारे लेखिएको “The Real Story of the Tharus” नामक अनुसन्धानात्मक पुस्तक लेखेका छन्। त्यस्तै गीता र बौद्ध धर्मसम्बन्धी एक दर्जन पुस्तकहरू थारू भाषामा अनुवाद गरेका छन्, जसले थारू भाषाको साहित्यिक कोषमा अभूतपूर्व योगदान पुर्याएको छ।म यो वर्षदेखि विधिवत् रूपमा अगाडि बढाइने छ।
Facebook Comment