पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि

पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएकाे हाे। मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० डलर मूल्य बढेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *