नाउपा मन्त्रीको राजीनामा एक दिन पछि सर्यो
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का पर्यटन राज्यमन्त्री अरुण कुमार चौधरीको राजीनामा एक दिन पछि सरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यव्यस्तताका कारण समय नदिएपछि राजीनामा भोलि (सोमबार)का लागि सारिएको हो।
नाउपा मन्त्री चौधरीले आजै राजीनामा बुझाउने तयारी गरेका थिए। हुम्ला गएका प्रधानमन्त्री ओलीको काठमाडौं आगामनमा ढिलाइ भएपछि राजीनामा भोलिका लागि सारिएको हो।
नाउपाले यसअघि नै ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। नाउपा संसदीय दलका नेता गंगाराम चौधरीले सभामुख देवराज घिमिरे र संसद सचिवालयलाई पनि आफूहरू प्रतिपक्षीमा बस्ने जानकारी गराएको बताएका थिए।
त्यस्तै नाउपाले सुदूरपश्चम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ।
Facebook Comment