बिर्सना चौधरीको कप्तानीमा साफ यु-२० महिला टोलीको बिदाइ
बंगलादेशमा आयोजना हुने साफ यु-२० महिला च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ। सादोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार एक कार्यक्रम आयोजना गर्दै एन्फाले यु-२० टिमलाई बिदाइ गरेको हो।
बिदाइ कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ महासचिव किरण राई लगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन्। साफ यु-२० महिला च्याम्पियनसिप जुलाई ११ देखि २१ सम्म बंगलादेशमा हुँदैछ। प्रतियोगितामा चार टिमले मात्र सहभागिता जनाएका छन्। डबल राउन्ड रोबिन लिगको आधारमा हुने खेलमा नेपालले पहिलो खेल जुलाई ११ मा भुटानसँग खेल्दैछ।
नेपाली टोली
बिर्सना चौधरी (कप्तान), लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सिता रोकाया, कविता गुरुङ, सुशीला के.सी., अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर
प्रशिक्षक: यम बहादुर गुरुङ
Facebook Comment