एसईई उत्तीर्ण थारू विद्यार्थीहरूलाई विद्यार्थी सभाले गर्‍यो सम्मान

थारू विद्यार्थी सभाले एसईईमा उत्तीर्ण थारू विद्यार्थीहरूलाई सम्मान गरेको छ। काठमाडौंको बुद्धनगरस्थित स्वप्न बाटिका कलेजमा आयोजित कार्यक्रममा दशभरिका थारू विद्यार्थीहरूलाई सम्मान गरिएको सभाले जनाएको छ।

सभाका अध्यक्ष सुशीला चौधरीले इसईई उत्तीर्ण भएका काठमाडौंसहित देशभरिका थारू विद्यार्थीहरूलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरिएको बताइन्। ‘अघिल्ला वर्षहरूजस्तै यसपटक पनि थारू विद्यार्थीहरूलाई सम्मान गरेका छौं। यसले उहाँहरूको आगामी शैक्षिक यात्रा प्रेरणा मिल्ने विश्वास ब्यक्त गरेका छौं,’ थारुवानसँग उनले भनिन्।

कार्यक्रममा पूर्वमन्त्री एवं एमाले सांसद भगवती चौधरी र मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी सहभागी थिए। उनीहरूले थारू विद्यार्थीहरूले आगामी शैक्षिक यात्रा राम्रो बनाउनुपर्ने बताएका थिए।

त्यस्तै बैठकमा थारू कल्याणकारिणीसभाका सभापति प्रेमीलाल चौधरी, समाज कल्याण परिषद उपाध्यक्ष नन्दलाल माझी, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरीलगायत सहभागी थिए। कार्यक्रममा गायक आरके चौधरी र गायिका समीक्षा चौधरीको पनि प्रस्तुती रहेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *