किशोरीको डिम्ब व्यापार गर्नेलाई कारबाही गर्न सांसद चौधरीको माग, मलिनी चौधरीसहित ५ जनाविरुद्ध चल्दैछ मुद्दा

किशोरीको डिम्बको अवैध व्यापार भइरहेको भनेर यो विषय संसद्‍मा उठेको छ। बुधबारको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद रुपा सोशी चौधरीले यस विषयमा कुरा उठाएकी हुन्।

किशोरीको डिम्ब ब्यापारको विषयमा आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न उनको माग छ। १६ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूलाई प्रलोभनमा पारेर डिम्ब निकाल्ने काम भइराखेको उल्लेख गर्दै उनले यो विषयमा सरकारको कठोर निगरानी आवश्यक रहेको बताइन्।

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का अनुसार ५ जनालाई बालबालिका ऐन २०७५ को दफा ६६ बमोजिम मुद्दा दर्ता गरिएको छ। सीआईबीका प्रवक्ता युवराज खड्का अनुसार डा. स्वस्ति शर्मा, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानलाई मुद्दा चलाइएको छ।

१८ वर्ष नपुगेका किशोरीलाई आर्थिक प्रलोभन देखाएर कारोबार गरेको भन्दै सूचना आएपछि प्रहरीले अनुसन्धान गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *