४ जिपिए ल्याउने प्रिशिला थारू र तेजिना चौधरीसहित थारू विद्यार्थीहरू थाविसद्वारा सम्मानित (फोटो फिचर)

थारू विद्यार्थी समाज (थाविस)ले एसईईमा उत्तीर्ण थारू विद्यार्थीहरूलाई सम्मान गरेको छ। शनिबार नाइटिङ्गेल कलेजमा आयोजित विशेष समारोहमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यमा एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको हो। उनीहरूलाई प्रमाण पत्र र खादा ओढाएर सम्मान गरिएको थियो।

त्यस्तै एसईईमा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याउने तीन जना विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको थियो। जसमा कपिलवस्तुका प्रिशिला थारू र सप्तरीका तेजिना चौधरी कार्यक्रममा सहभागी भई सम्मानित भएका थिए। ४ जिपिए ल्याउने कैलालीका एक जना विद्यार्थी अनुपस्थित भएका थिए। उनको सम्मानपत्र कैलाली जानकी गाउँपालिकाका प्रशासकीय अधिकृत आशिष चौधरीमार्फत प्रदान गरिएको थारू विद्यार्थी समाजले जानकारी दिएको छ।

त्यस्तै कार्यक्रममा थारू विद्यार्थी समाजका पूर्व पदाधिकारीसमेत रहेका आशिषले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई ‘मोटिभेशन स्पिच’मार्फत् प्रशिक्षित गरेका थिए। थारू विद्यार्थी समाजका अध्यक्ष विमल चौधरीले सम्मानित विद्यार्थीहरूलाई बधाई दिँदै आगामी शैक्षिक यात्राको शुभकामना दिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले आफूहरूले उनीहरूको आगामी शैक्षिक यात्राका लागि प्रोत्साहनस्वरुप सम्मान गरेको बताएका थिए।

कार्यक्रममा थारू कल्याणकारिणी सभाका सभापति प्रेमीलाल चौधरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी, कांग्रेस नेता जनकराज चौधरीलगायत सहभागी थिए।

तस्बिरहरू : रजनीकान्त जसराज (थप तस्बिर हेर्न यहाँ क्लिक गर्नुस्:)

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *