नाउपा सांसद कैलाश चौधरीले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएपछि…
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टीले असार १९ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले बिहीबार दोस्रो पटक विश्वासको मत लिएका हुन्।
उनले नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीको समेत १ गरी ३० मत पाए। नाउपाका ६ जना प्रदेश सभा सदस्य भने अनुपस्थित थिए। एक जना कैलाश चौधरी उपस्थित भएकोमा उनले मुख्यमन्त्री शाहको पक्षमा मतादान गरे।
५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ प्रदेश सभा सदस्यको बहुमत आवश्यक पर्छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदले भने विपक्षमा मतदान गरे।
सुदूरपश्चिम प्रदेश सभामा अहिले ५२ जना प्रदेश सभा सदस्य छन्। समाजवादीका दीर्घबहादुर सोडारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि उनको पद निलम्बनमा छ। प्रदेश सभामा नेपाली काग्रेसका १८, एमालेका उपसभामुखसहित ११, नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ३, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य छन्।
Facebook Comment