काठमाडौंमा थारूहरूले साउन ३१ गते अस्टिम्की पर्व मनाउने

राजधानीबासी थारूहरूले अस्टिम्की पर्व मनाउने भएका छन्। अग्रासन थारू महिला समाजको अगुवाईमा साउन ३१ गते अस्टिम्की पर्व मनाउन लागिएको हो। बुधबार भृकुटीमण्डपमा बसेको बैठकले काठमाडौंकाे बुद्धनगरस्थित क्वमलिटी ब्यांकेटमा अष्टिम्की पर्व मनाउने निर्णय गरिएको सो संस्थाका अध्यक्ष चम्पा चौधरीले बताइन्।

चम्पा चौधरीकै संयोजकत्वमा मूल आयोजक समिति पनि बनाइएको छ। समितिमा रिता चौधरी, अन्जु चौधरी, शिव चौधरी, नन्दुराज चौधरी, बलराम चौधरी, नेपालु चौधरी र सीताराम चौधरी रहेका छन्। अस्टिम्की पर्वलाई भब्यरूपले मनाउन विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ।

आर्थिक समितिमा किरण चौधरी, प्रचार प्रसार समितिमा श्री चौधरी, मञ्च व्यवस्थापन समितिमा शान्ति चौधरी, सांस्कृतिक समितिमा कृष्णा चौधरी, प्रसाद व्यवस्थापनमा टीका चौधरी, स्वयंसेवक समितिमा थारू विद्यार्थी समाज, पूजा सामग्रीमा अन्जु चौधरी, साउन्ड व्यवस्थापनमा नन्दुराज चौधरी र हल व्यवस्थापनमा सीताराम चौधरी रहेका छन्।

त्यस्तै बैठकले ६ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ। समितिमा मिनराज चौधरी, शिव चौधरी, शत्रुघन चौधरी, नन्दुराज चौधरी, बलराम चौधरी र सीमताराम चौधरी रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *