आदिवासी जनजाति महासंघ युएईको अध्यक्षमा भागरथी कुमार भगत निर्वाचित
नेपाल आदिवासी जनजाति महासंघ युएईको अध्यक्षमा भागरथी कुमार भगत निर्वाचित भएका छन्। दुबईमा सम्पन्न महासंघको भेलाले मोरङ निवासी भागरथीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। उनी थारू कल्याणकारिणी सभा युएईको सभापति पनि हुन्।
उनले आगामी २०२७ सम्मका लागि महासंघको अध्यक्षमा निर्वाचित भएका हुन्। विभिन्न जातीय संस्थाहरूको सहभागितामा आइतबार दुबईस्थित क्लब एसके सेभेनमा ३१औं आदिवासी दिवस पनि मनाइएको थियो।

नेपाली दूतावासका उपमहावाणिज्य दूत कृष्णप्रसाद चापागाईंले कार्यक्रमको उद्घाटन गरेका थिए। उनले आदिवासी जनजातिहरूले विश्वमै आफ्नो संस्कृति र कलाको जगेर्ना गर्दै आएको बताए। कार्यक्रममा जातीय संस्थाहरूले झाकी पनि प्रस्तुत गरेका थिए।
त्यसलगत्तै भएको भेलाबाट भागरथी आगामी सत्रका लागि अध्यक्षमा सर्वसम्मत बनेका थिए। सभापति भएपछि थाकस युएईले पनि बधाइसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
त्य्तै मिस्टर एन्ड मिस इन्डिजेनियस युएईको प्रतियोगितामा किसनलाल चौधरी र कशिा महतो सहभागी बनेका थिए। किसानल मिस्टर इन्डिजिनियसको उपाधि पनि जितेका थिए। मिसतर्फ भने देवीकमाया सुनुवारले उपाधि जितेकी थिइन्।

Facebook Comment