संसदभित्रै अनसन बस्ने अमनलाल मोदीको चेतावनी

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले संसदभित्रै अनसन बस्ने चेतावनी दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद मोदीले हुलाकी राजमार्गको कटहरी खण्ड निर्माण हुन थालेको १० वर्ष हुन लाग्दासमेत सम्पन्न हुन नसकेको भन्दै यस विषयमा सभामुखबाट रुलिङ नभए सांसदमै अनसन बस्ने चेतावनी दिएका हुन्।

उनले आफूले पटक-पटक सदनमा उठाएको विषयमा सरकारले कुनै चासो नदेखाएको र कटहरी खण्डको सडकमा नै जनताले धान रोपाइ गर्न थालेको जिकिर गरे। सांसद मोदीले सरकारको ध्यान भ्रष्टाचार कमिसनमा मात्रै केन्द्रित भएको आरोप लगाए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *