निर्वाचन आयोगले लालवीर चौधरीलाई दिएन नाउपा अध्यक्षको मान्यता

निर्वाचन आयोगले लालवीर चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको मान्यता दिन अस्विकार गरेको छ। आयोगको बोर्ड बैठकले संस्थापक बहुमत सदस्यहरूको भेलालाई मान्यता दिन अस्विकार गरेको स्रोतले जानकारी दिएको छ।

पार्टी संरक्षक रेशम चौधरी पक्षधरको भेलाले साउन १६ गते लालवीर चौधरीलाई अध्यक्षतामा सर्वसम्त चयन गरेको थियो। त्यसलगत्तै निर्वाचन आयोगमा अद्यावधिकका लागि निवेदन दिइएको थियो। यता, संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठले पनि निर्वाचन आयोगमा निवेदन दिएकी थिइन्। विधान विपरीत भेला बोलाएर अध्यक्ष निर्वाचित गरेको भन्दै श्रेष्ठले आयोगमा निवेदन दिएकी थिइन्।

दुवैको निवेदन परेपछि आयोगले गत २० साउनमा अध्यक्ष लालवीर चौधरीलाई पत्र काटेर जवाफ मागेको थियो। आयोग स्रोतका अनुसार विधानको कुन धाराबाट अध्यक्ष बनेको भन्दै लालवीर चौधरीलाई पत्र काटिएको थियो।

यससँगै नााउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठ कायम भएकी छन्। यद्यपि विवादित अडियो कान्डमा मुछिएपछि रञ्जिताले कार्यवाहकको जिम्मेवारी पोखराका शिव बास्तोलालाई दिएकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *