काठमाडौंमा यसरी मनाइयो अस्टिम्की (फोटो फिचर)
काठमाडौंका थारूहरूले अस्टिम्की पर्व मनाएका छन्। शनिबार बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा अग्रसान थारू महिला समाजको आयोजनामा अस्टिम्की पर्व मनाइएको छ। बर्तालु महिलाहरूले अस्टिम्की चित्रमा टिकेर पर्व मनाएका हुन्।
सो अवसरमा सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा प्रदेश सांसद लक्ष्मण जोगेठ्वा, थरुहट अभियन्ता सुरेन्द्र चौधरीलगायत सहभागी थिए। सहभागीहरूले अस्टिम्की पर्वको महत्त्वबारे प्रकाश पारेका थिए।




















Facebook Comment