रञ्जितालाई झट्का, रुपन्देही उपनिर्वाचनका लागि नाउपा अयोग्य ठहर

नागरिक उन्मुक्ति पार्टीले रुपन्देहीको उपनिर्वाचनमा भाग लिन नपाउने भएको छ। निर्वाचन आयोगले नाउपालाई रुपन्देही उपनिर्वाचनका लागि अयोग्य ठहराएको छ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी अद्यावधिकका लागि लेखा परीक्षणलगायत कागजातमा कैफियत देखिएको भन्दै आयोगले अयोग्य ठहराएको हो। आयोगले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम १७ को उपनियम (४) बमोजिम नाउपालाई उपनिर्वाचनका निम्ति अयोग्य ठहर गरेको हो।

उक्त दफामा राजनीति दलले पेस गरेका निवेदन, कागजात, विवरण तथा प्रमाणको जाँच गर्दा निर्वाचन प्रायोजनको लागि दल दर्ता गर्न मानसिब देखेमा त्यस्तो दललाई दर्ता गर्नेछ र दर्ता गर्न मिल्ने नदेखिएमा सम्बन्धित दललाई जानकारी गराइने उल्लेख छ। आयोगका प्रवक्ता नीता पोखरेलका अनुसार नाउपाले केन्द्रीय समितिको निर्णय लगायतका विवरण पेस गरेको थिएन।

यसैबीच २६ दलले भने रुपन्देही उपनिर्वाचनमा भाग लिन पाउने भएका छन्। रित पुगेका २६ दललाई योग्य घोषणा गरिएको आयोगले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *