भदौ ७ को सम्झनामा थारूहरूले मनाए विद्रोह दिवस
थारूहरूले आज विद्रोह दिवस मनाएका छन्। २०७२ भदौ ७ मा भएको टीकापुर घटनाको स्मरणमा थारूहरूले विद्रोह दिवस मनाएका हुन्। थारू कल्याणकारिणी सभा र थरुहट थारुवान राष्ट्रिय मोर्चाले संयुक्तरूपमा काठमाडौं लगायत थरुहट जिल्लामा विद्रोह दिवस मनाएका हुन्।
काठमाडौंमा माइती घर मण्डलामा थारू कल्याणकारिणी सभाका सभापतिसहित केन्द्रीय पदाधिकारीहरू र थारू संघसंस्थाका प्रतिनिधिहरूले संयुक्तरूपमा थारू विद्रोह दिवस मनाए।
त्यस्तै कैलालीको टीकापुरमा पनि थारू कल्याणकारिणी सभा कैलाली शाखा र थरूहट थारूवान राष्ट्रिय मोर्चाले विद्रोह दिवस मनाए। कार्यक्रममा नेपाली कांग्रेसका नेता रामजनम चौधरी, गोपाल दहित र अभियन्ता सुरेन्द्र चौधरीलागतय सहभागी थिए।
त्यस्तै बाराको जितपुरस्थित बकुलिया गाउँमा विद्रोह दिवस मनाइयो। उक्त कार्यक्रममा थरूहट नेता लक्ष्मण थारू पनि सहभागी थिए। कृषि कर्मका लागि बाराको सिमरामा बस्दै आएका लक्ष्मण थारू विद्रोह दिवसमा सहभागी बनेका थिए।
त्यस्तै सुनसरीको इटहरीमा पनि थारूहरूले विद्रोह दिवस मनाए। कोशी प्रदेशमा थारू भाषालाई कामकाजको भाषा बनाउनुपर्ने मुख्य मागसहित त्यहाँका थारू अगुवाहरूले विद्रोह दिवस मनाएका थिए।










Facebook Comment