इजरायलमा जुट्दैछन् थारूहरू
वैदेशिक रोजगारीका लागि इजरायल पुगेका थारू एकीकृत हुन थालेका छन्। विश्वभर छरिएका रहेका थारूहरू थारू संस्कृतिलाई प्रवर्द्धन गरिरहेका बेला वैदेशिक रोजगारीका लागि इजरायल पुगेका थारूहरू पनि एकीकृत हुन थालेका हुन्।
एकदमै न्युन संख्यामा थारूहरू इजरायल रहे पनि थारूको पहिचान र संस्कृति प्रवर्द्धनका निम्ती एकजुट भएको विष्ढु चौधरीले बताए। कैलाली निवासी विष्णु चौधरीका अनुसार थारूहरू इजरायलमा हुने नेपालीहरूको कार्यक्रममा पुग्ने गरेका छन्। त्यहाँ थारू समुदायको प्रतिनिधित्व पनि जनाउँदै आएका छन्।
हालै सम्पन्न आदिवासी जनाजाति महासंघको कार्यक्रममा पनि थारूहरू सक्रियरूपमा उपस्थित भएको र थारू नृत्य पनि प्रस्तुत गरिएको विष्णु चौधरीको भनाइ छ।
‘थोरै भए पनि एकजुट भएपछि भविष्यमा हुनसक्ने समस्या समाधान गर्न सकिन्छ। एकले अर्कोको समस्यामा काम लाग्न सक्छन्। यहाँका सार्वजनिक कार्यक्रममा पनि थारू समुदायको प्रतिनिधित्व जनाउँदै आएका छौं,’ थारूवानसँग उनले भने।


Facebook Comment