रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय, नाउपाबाट गएकाहरू केन्द्रीय समितिमा मनोनीत

सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही ३ को उपनिर्वाचनमा धनीराम चौधरीलाई उम्मेदवार बनाउने भएको छ। चौधरीलाई उम्मेदवार बनाउने तय भएको जनमतका प्रवक्ता डा. शरद यादवले बताए ।

उनलाई गत आइतबार मात्रै चौधरीलाई नागरिक उन्मुक्ति पार्टीबाट जनमतका अध्यक्ष राउतले भित्र्याएका थिए। उनी गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही १ बाट उम्मेदवार बनेका थिए ।

सङ्घीय लोकतान्त्रिक मोर्चाबाट साझा उम्मेदवार अघि सार्ने भएपछि असन्तुष्ट भएर जनमत अलग भएर आफ्नै उम्मेदवार तय गरेको हो ।

गएको चुनावमा प्रत्यक्षतर्फ रुपन्देही ३ मा जनमतका प्रमोदकुमार राउत ३ हजार ३१७ मत ल्याउँदा समानुपातिकतर्फ ३ हजार ७३२ मत ल्याएको थियो ।

यसैबीच नाउपाबाट जनमत प्रवेश गरेका धनिराम चौधरीसहित सरस्वती थारु, शैलेशकुमार चौधरीलगायतलाई केन्द्रीय समितिमा मनोनीत गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *